मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

तनहुँ । पृथ्वी राजमार्गको तनहुँमा पर्ने मुग्लिन–आँबुखैरेनी सडक खण्डमा शनिबार साना गाडी मात्र चलाउन पाइने भएको छ । आबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार बेलुकी ७ बजेदेखि… Continue reading मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने भएका छन् । शुक्रबार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै दुई बैंक गाभिने निश्चित बनेको छ । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता स्वाप रेसियो हुनेगरी मर्जर गर्ने प्रारम्भिक… Continue reading दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई… Continue reading रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुत्रलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

काठमाडौं । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ। अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो। गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो। त्यसको बजार मूल्यमा हिसाब गर्दा पाँच अर्ब बराबर थियो। यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन। सरकारको सार्थक… Continue reading विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । गत रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्कालाई उदृत गर्दै राससले लेखेको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने… Continue reading पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुका ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । यसअघि स्थानीय जनप्रतिनिधिसँग मात्र भएको चित्त नबुझाइ स्थानीयले निरनतर आन्दोलन गरिरहेका थिए । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण… Continue reading काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपैयाँ बढेको छ । १७० रुपैयाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ पुगेको छ । निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपैयाँ बढाएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् । गत सोमबार… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार पुनः भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप… Continue reading अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी… Continue reading प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था हटाएको हो। नयाँ व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर… Continue reading सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो

एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट

म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मारेको छ । त्यसक्रममा म्यानपावरका कर्मचारीले पैसा झ्यालबाट बाहिर फालेर बच्ने कोसिस गरेका थिए । बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ । मलेसियाको इस्टोन कम्पनीबाट… Continue reading म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

file

चितवन । पहिरोका कारण राजधानी काठमाडौं जोड्ने मूख्य नाका नारायणगढ( मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू… Continue reading पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सन गर्न नुवाकोटको बन्चरे डाँडा साइट तयार भए पनि स्थानीयको अवरोधका कारण बुधबार समेत फोहोर लैजाने प्रयास सफल भएन । बञ्चरेडाँडामा बुधबार बिहान ६ बजेबाटै सडकमा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले अश्रुग्यास हानेको थियो । तर, सफल हुन सकेन । सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा… Continue reading बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार

काठमाडौं । पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै बजारमा उछाल आएको छ । अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका… Continue reading शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार

सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको… Continue reading सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा जारी १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्म उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको… Continue reading अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता

सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

काठमाडौं । संघीय सरकार, स्थानीय सरकार र सरोकारवाला स्थानीयबीच सहमति जुटेपछि पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि मंगलबार बन्चरे डाँडामा प्रहरी परिचालन गरेर फोहोर फालिएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सवारीलाई स्थानीयले अवरोध गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार १५७ वटा गाडीमा लगेको फोहोर फालिएको हो । सोमबार… Continue reading सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना

काठमाडौं । काठमाडौं । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले ५ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी गराउँदै करका अधिकारीहरुले यस्तो जानकारी गराएका हुन् । उद्योगी व्यवसायीहरुको छाता सङ्गठन सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न ‘आर्थिक विधेयक २०७९ का प्रावधानहरुसम्बन्धी… Continue reading साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना

कित्ताकाटमा कडाइ : ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा रोक

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले कित्ताकाटमा कडाइ गरेको हो । अब काठमाडौं उपत्यकामा घर बनाउनका लागि १३० वर्गमिटर अर्थात ४ आना भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू… Continue reading कित्ताकाटमा कडाइ : ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा रोक

रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो

काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी

काठमाडौं । सुदुर पश्चिममा निर्माणको योजना बनेको पश्चिम सेती भारतीय कम्पनीलाई दिने तयारी सरकारले गरेको छ । लगानी बोर्ड नेपालले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बोर्डले भारतीय कम्पनी एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल अघि बढाउने निर्णय गरेको हो । लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री… Continue reading पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी

संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर… Continue reading संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

१ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

काठमाडौं । सरकारले १ असारबाट लागु हुने गरी साताको दुई दिन बिदाको प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले इन्धन खपत घटाउन भन्दै १ जेठबाट शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालेको हो । तर, सोचजती प्रगति हुन नसकेपछि बिदा खारेज गरिएको हो । निर्णयको… Continue reading १ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

काठमाडौं । प्रतिनिधिसभामा सोमबारबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ… Continue reading आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने

File

तनहुँ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आज आइतबारदेखि राति ११ बजेबाट बिहान ४ बजेसम्म बन्द हुने भएको छ । यस क्षेत्रमा सडक बिस्तारको काम गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्म राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ । राति ११… Continue reading मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने