काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् । उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् । जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड
Category: अर्थतन्त्र
एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो । कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ । ठूला करदाता कार्यालयका अनुसार यस… Continue reading एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर
सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने
काठमाडौं । नेपालमा मदिरा आयात रोकिएको छ । सरकारले सोमबार बिहानबाट लागु हुने गरी विभिन्न वस्तुको आयातमा रोक लगाएको छ । त्यसमध्ये अब विदेशबाट मदिरा नेपाल आउने छैन । कोरोना भाइरसको महामारीसँग जुध्नु स्रोतको जोहो गर्नुपर्ने भन्दै सरकारले अनावश्यक वस्तु तथा अतिविलासिताका सामानको आयात रोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले मदिरा, मरिच र छोगडाको आयातमा… Continue reading सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने
कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने
काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ । उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ । सरकारले अन्तर्राष्टिय… Continue reading कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने
सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह
काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ । स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने… Continue reading सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह
विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने
काठमाडौं । सरकारले विदेशमा रहेका आफ्ना छोराछोरीलाई पैसा पठाउने सुविधा नेपालमा रहेका अविभावकलाई दिने भएको छ । तर विदेशमा रहेका नेपाली विद्यार्थी अब तत्काल नेपाल भने आउन भने पाउने छैनन् । कोभिड १९ सम्बन्धि उच्चस्तरीय संयन्त्रको बैठकले विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन दिने निर्णय गरेको हो । यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ… Continue reading विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने
एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो
न्यूयोर्क अमेरिकास्थित नेपाली ब्यनस्थापनमा संचालित एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको कारण मारमा परेका ग्राहकको सुबिधाको लागि ऋणीहरुले आफ्नो किस्ता एक महिना रोक्न पाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण नियमित कामहरु बन्द भएको र थुप्रै ऋणीहरुले रोजगारी समेत गुमाएको परिपेक्षमा आफ्नै समुदायका मानिसलाई सहयोग मिलोस भन्ने हेतुले ऋणको किस्ता एक महिनालाई रोक्न मिल्ने… Continue reading एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो
कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार
न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा बहुआयामिक असर गरिरहेको छ । त्यसले पारेका प्रभावहरु क्रमशः देखिन थालेको छ । संचारमाध्यमहरुका अनुसार गत साता अमेरिकामा ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकार समक्ष पेश गरेका छन् । इतिहासमै यति धेरै नागरिकले एक साथ बेरोजगारी भत्ताका लागि सरकार गुहार्नु परेको हो… Continue reading कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार
चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट
काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो । उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् । १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो… Continue reading चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट
अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने
काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् । सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् । घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई… Continue reading अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने
अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास
काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । अहिले एक सिलिन्डरमा १४.२ केजी… Continue reading अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास
एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ । बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा… Continue reading एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)
काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ । यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य… Continue reading चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)
कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ
काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत… Continue reading कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ
कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने
काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ । खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष… Continue reading कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने
कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव
काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ । रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।… Continue reading कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव
सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा
काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् । नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित… Continue reading सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा
चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने
काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन । उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र… Continue reading चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने
ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित
काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् । यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित
आजबाट सहुलियत पसल संचालन
काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत… Continue reading आजबाट सहुलियत पसल संचालन
आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड
काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् । घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी… Continue reading आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड
नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ । कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ । यी… Continue reading नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित
सुनको मूल्य २ हजारले घट्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणछि विश्वव्यापी रुपमा बजार प्रभावित भएको छ । यसले सुनको मूल्यमा समेत असर गरेको छ । मंगलबार सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय… Continue reading सुनको मूल्य २ हजारले घट्यो
कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने
काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ । यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग… Continue reading कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने
नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान
काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेश रोकेको छ । त्यसपछि नेपाल एयरलाइन्सले क्वालालाम्पुरको नियमित उडान रोक्ने निर्णय गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु… Continue reading नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान
मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण सम्पन्न भएको छ । सोमबार खानेपानी मन्त्री बिना मगरसहित मेलम्ची विकास समितिका पदाधिकारी सोही प्रयोजनका लागि मेलम्ची पुगेका थिए । मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सोहीकारण संरचनाहरूको परीक्षण शुरु गरिएको हो… Continue reading मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य घटाएको छ । निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर मूल्य ४ रुपैयाँ ५० पैसाले घटाइएको छ । एलपीजी ग्यास र… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा
कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ । यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो । कतारले कामदारको… Continue reading कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा
तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ । आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ । यो आयोजनाको कूल भौतिक प्रगति… Continue reading तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण
काठमाडौं । सरकारले औषधी र ग्यासको पर्याप्त मौज्दाद रहेको भन्दै अतिरिक्त किनेर स्टोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । कोरोनाको संक्रमण भित्रने त्रासमा सर्वसाधारणले औषधी र ग्यासको अतिरिक्त भण्डारण गर्न थालेपछि सरकारी निकायले यसरी मौज्दाद घरमा नगर्न सचेत गराएका हुन् । औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको जानकारी गराएको छ… Continue reading औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण