किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने

काठमाडौं । सरकारले स्वदेशी किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ । सो कार्यक्रमका लागि बीउ पुँजी रु. १ अर्ब छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । त्यसै गरी एक सय ओटा सामुहिक खाद्यान्न गोदाम स्थापना गर्ने र सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने पनि उनको योजना छ ।… Continue reading किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उक्त तलब साउन एक गतेदेखि लागु हुनेछ । सरकारी कोषबाट तलब बुझ्ने निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा,… Continue reading कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने

सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने

file

काठमाडौं । सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने सरकारको घोषणाकाठमाडौं । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपि ग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ । त्यस्तै सिंहदरबार परिसरभित्रबाट आगामी साउनभित्र सबै ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने बताइएको छ । विस्तारै… Continue reading सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने

शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड

काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु… Continue reading शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड

अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान

काठमाडौं । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । नयाँ व्यवस्था साउनदेखि… Continue reading अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान

गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने

काठमाडौं । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संसदमा आईतवार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबरको बजेट विनियोजन गरिएको बताए । पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उनले सो रकम विनियोजन गरेको जानाकारी दिए। उनका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक… Continue reading पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब

कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा प्राथमिकता दिने पनि उनले बताए ।

वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हन् । यसअनुसार प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड… Continue reading वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?

खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास

काठमाडौं । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ । आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न३० प्रतिशत र समग्र आयत २० प्रतिशतले क मगर्ने लक्ष्य रहेको बताएका हुन्। यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए… Continue reading खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास

आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट आज संसदमा प्रस्तुत गर्दैछ । आगामी आवमा प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने भएकोले सरकारले यस बजेटमा लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिँदैछ । खासगरी कृषि र उद्योग क्षेत्रमा अधिकतम सहुलीयतपूर्ण कार्यक्रमहरु राखिने भएको छ । केही कार्यक्रमले सिधै कृषकसम्म अनुदान जाने छ । केही कार्यक्रम भने विजुलीमा… Continue reading आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने

यस्तो छ नेपाली अर्थतन्त्रको चित्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । कुल ५.८४ प्रतिशतले बिस्तार भएको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा देखिएको छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार आर्थिक सर्वेक्षण २०७८\ ७९ संसदमा पेश गरेका हुन् । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको छ… Continue reading यस्तो छ नेपाली अर्थतन्त्रको चित्र

मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्‍याली सकेर सिसडोल… Continue reading मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

आज आर्थिक सर्वेक्षण, भोली बजेट

काठमाडौं । प्रतिनिधि सभामा शनिबार चालु आर्थिक वर्ष २०७८\०७९ को आर्थिक सर्वेक्षण पेस हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे आह्वान भएको छ । सोही बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नेछन् । आर्थिक सर्वेक्षण शुक्रबार नै पेस गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा सम्भव भएको थिएन… Continue reading आज आर्थिक सर्वेक्षण, भोली बजेट

रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

काठमाडौं । नेपालमा स्वदेशी चलचित्रले एकै दिन गरेको कमाईमा कबड्डी ४ ले यस अघिका सबै कीर्तिमान तोडेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको बताएका छन् । शुबmबार मल्टिप्लेक्सका सबै शोमा शतप्रतिशत अकुपेन्सीमा फिल्म चलेको बताइएको छ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै मल्टिप्लेक्स… Continue reading रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

भक्तपुरमा मेलम्चीको सफल परीक्षण

Photo : spotlightnepal

भक्तपुर । मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ। राससका अनुसार आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो। खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी,… Continue reading भक्तपुरमा मेलम्चीको सफल परीक्षण

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका छन्। अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर… Continue reading पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय

सर्वोच्च अदालद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ। न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो । रुख कटान गर्ने विषयमा सुरू भएको विवाद संसदीय समिति हुँदै सर्वोच्च अदालत प्रवेश भएको थियो।

गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट

काठमाडौं । भैरहवामा हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट हुने भएको हो । छुटको योजना १४ जेठबाट एक वर्षसम्म लागु हुने… Continue reading गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट

भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने… Continue reading भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता लगातार दोहोरो अंकले घटेको नेप्से मंगलवारदेखि दोहोरो अंकले लयमा फर्केको हो । बुधवार बजार मापक सूचक नेप्से १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँ बराबरको २६… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरी जन्मनासाथ १ लाख रुपैयाँ बराबरको बीमा हुने निर्णय गरेकी छिन् । पदभार ग्रहणका अवसरमा पहिलो निर्णय गर्दै उनले मासिक सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा समेत गरेकी हुन् । खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले भनाई छ । उनका… Continue reading रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने

Photo : Gorakhapatra

काठमाडौं । अब भैहरवा र पोखराबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित काम हुने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँ वैदेशिक रोजगार कार्यालयको माग बढेको थियो । भैरहवामा जेठ भित्रै कार्यालय संचालनमा ल्याइने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माणको अन्तिम चरणमा रहेका… Continue reading बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने

सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले देशभरका सामुदायिक विद्यालयमा इण्टरनेट ५० प्रतिशत दर कम गर्ने नीति सार्वजनिक गरिन्। साथै एक सय सामुदायिक… Continue reading सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल

काठमाडौं । सरकारले घरजग्गा किनबेचको काममा हाल हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्ण रुपमा डिजिटल गरिने भएको छ । मङ्गलबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घर जग्गासँग सम्बन्धित सरकारी कामलाई पूर्ण रुपमा डिजिटल गर्ने घोषणा गरेकी हुन् ।… Continue reading सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल

उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

काठमाडौं । सरकारले घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव… Continue reading उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

काठमाडौं । सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । ‘ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नतिलाई प्राथमिकता दिइने छ’, निति तथा कार्यक्रममा भनिएको… Continue reading ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

काठमाडौं । सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ । घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । सरकारको नीति… Continue reading घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

काठमाडौं । सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् । राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम… Continue reading कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने

काठमाडौं । सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको छ। राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख गरेको छ। यसका लागि सबै कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने उल्लेख छ। नीति कार्यक्रममा कर प्रणालीको पुनरावलोकन गरी व्यवस्थित गरिने र राजस्व संकलन प्रणालीमा पनि सुधार गरिने पनि उल्लेख छ। त्यस्तै सरकारले पुँजीगत खर्च… Continue reading नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने