नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

काठमाडौं । नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत पुगेको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६\७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७\७८ मा उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको पाइएको छ । परिसङ्घले त्रैमासिक… Continue reading नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

GETTY IMAGES\BBC

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो । सरकारले खर्च गर्न नपाउने प्रावधान लागु… Continue reading अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट आएको छ । यससाता तीनदिनमा २०५ अंकले घटेको बजार बुधबार ५० अंकले बढे पनि आज फेरि दोहोरो अंकले घटेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले घटेर पौने ४ अर्बमा सीमित भएको छ । बिहीबार… Continue reading नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

हेटौंडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेशमन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडा समायोजन हुने बताएका हुन् । यसका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम… Continue reading वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

Photo : Nepali Times

पोखरा । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत पुरा भएको छ । निर्माण कम्पनीले आगामी अंग्रेजी नयाँ वर्षबाट विमानस्थलमा कम्तिमा आन्तरिक उडान शुरु गर्न सकिने जानकारी गराएको छ । बुधबार गण्डकी प्रदेशका मूख्यमन्त्री सहितका टीमले विमानस्थल निर्माणको भौतिक संरचनाबारे स्थलगत अवलोकन गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीका… Continue reading पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो । सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ । बुधबार सेयर बजार मापक सूचक नेप्से… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो । आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ… Continue reading नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ६२ अंकले घटेको बजार आज त्याुभन्दा धेरै अंकले घटेको हो । यससँगै नेप्से २७०० विन्दु तल झरेको छ । लगातार घटेसँगै नेप्से ६ महिना अघिकै विन्दुमा पुगेको छ । गत वैशाख ३० गते सेयर बजार २६८५ विन्दुमा रहेको थियो। सोमबार सेयर बजार मापक सूचक… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

काठमाडौं । सरकारले वडा दसैँलाई लक्षित गरि सवारी साधनको रुट इजाजत खुला गरेको छ । यस वर्ष दशैंको फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनले नेपालभर जहाँ पनि यात्रा गर्न सक्ने गरि इजाजत खुला गरेको हो । यातायात व्यवस्था विभागका अनुसार त्यसपछि भने तोकिएको रुटमा मात्र सवारी साधन चलाउन पाइने छ । दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट… Continue reading फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत मंगलबारदेखि उकालो लागेको बजारमा आज उच्च अंकको गिरावट आएको हो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनि साढे ७ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज साढे ६ अर्बमा सीमित भएको छ । आइतबार सेयर बजार मापक सूचक नेप्से ६१.२७ अंकले… Continue reading नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रमका लागि काठमाडौँ घोषणापत्र जारी भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेको विश्व बैंकले जनाएको छ । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचान समेत… Continue reading विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

Photo : economictimes

काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले… Continue reading क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि… Continue reading एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपालमा बजेट होलिडे अन्त्य भएको छ । अब सरकारले बजेट कार्यानवयन गर्न सक्ने छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । तर, विधेयक प्रमाणीकरण भएपछि सरकारले ३१ भदौबाटै गरेका खर्चले कानूनी मान्यता… Continue reading राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति पाएका छन् । महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु अनुमति दिएको हो । विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । यसमा भौतिक दुरी कायम… Continue reading काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरेको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गर्दै ४.१ प्रतिशतमा झारेको छ । महामारीका कारण पर्यटन क्षेत्रमा… Continue reading एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब ५०० अंकको करेक्शनपछि मंगलबारदेखि उकालो लागेको बजारमा आज तेहेरो अंकले बढेको हो । नेप्सेमा आज झन्डै १०५ अंकले बढेको छ । नेप्सै एकैदिन १०० बढी अंकले बढेको इतिहासमै दोस्रो पटक पटक हो । यसअघि भदौ २१ गते सर्वाधिक १६२ अंकले बढेको थियो । विकास बैंक, हाइड्रोपावर… Continue reading नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित

काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक भएको छ । हिजो एकैदिन ११४ अंकले घटेको बजार आज दोहोरो अंकले फर्किएको हो । आजदिन भर नेप्सेमा तीव्र उतरचढाव आएको छ । बजार खुल्नसाथ ८५ अंकले घटेको बजार एकैछिनमा ७३ अंकले बढेको थियो । त्ययसपछि पनि दिनभर तीव्र घटबढ भएको थियो।सूचकमा सुधार आए पनि कारोबार रकममा भने… Continue reading सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित

कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

काठमाडौं । नेपालमा कालोधनलाई लगानी खुला नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । बजेट प्रतिस्थापन विधेयकमा चैत भित्र विभिन्न १० क्षेत्रमा आउने लगानीको स्रोत नखोजिने उल्लेख छ । सो बुँदामा विवाद भएसँगै अर्थले स्पष्टीकरण दिएको हो । मन्त्रालयका अनुसार कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न दिइने छैन । सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा… Continue reading कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो… Continue reading नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो

‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोगको आवश्यक छ’- अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा… Continue reading ‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोगको आवश्यक छ’- अर्थमन्त्री शर्मा

आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपालीको महान चाड बडा दशैँलाई लक्षित गरि नयाँ नोट सटही आजबाट शुरु भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट लिन सकिने भएको छ । दशैंमा नयाँ नोट प्रचलनमा ल्याउने चलन धेरै पहिलाबाटै चलेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नोट बैंक तथा वित्तीय संस्था र तिनिहरुका शाखाबाट लिन सकिने छ… Continue reading आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

सरोज सिग्देल, अमेरिका निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९… Continue reading कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको… Continue reading बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै… Continue reading पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले… Continue reading ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’

विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

काठमाडौं । विश्व बैंकले नेपाललाई करीव ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ५ अर्ब ८७ करोड रुपैयाँ दिने भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण

भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

file

वीरगन्ज । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल आइपुगेको छ । यसअघि भारतीय सरकारी रेल्वेले मात्र नेपाली सामान बोक्न पाउने प्रावधान थियो । दुई मुलुकबीचको सम्झौतापछि निजी कार्गो रेल आउने बाटो खुलेको हो । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०ः१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । भारतसँग निजी कार्गो रेल… Continue reading भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो

सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग ब्यूँताएको छ । यसअघि एमाले सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले केशव निरौलाको अध्यक्षता रहने गरि आयोग ब्यूँताएको अहो । नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराए । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा… Continue reading सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला