अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ । लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ । मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ । लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध… Continue reading अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ । रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो । मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत… Continue reading ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

File

काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। दैनिक बिहान ११… Continue reading मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ । २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो । विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ । त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने… Continue reading अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई इन्जिनियरलाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरु पक्राउ परेको… Continue reading दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

२०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं -तराई द्रूतमार्ग वैशाख २०८१ मा सम्पन्न हुने दावि गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सेनाले २०८१ वैशाखमा आयोजनाको काम सम्पन्न भई सवारी साधन चल्न थाल्ने दावि गरेको हो । द्रूतमार्गको तोकिएको अवधिमै काम पुरा गर्न सडक संरचना, पुलको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्ने तयारी भएको… Continue reading २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ । १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’… Continue reading कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण

काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि नयाँ कर निर्धारण गरेको छ । सर्वोच्चको आदेशसँग एनसेलका लागि कर कार्यालयले नयाँ कर निर्धारण गरेको हो । अब एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरे पुग्ने भएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब… Continue reading एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण

किन सधै किचलो निजगढ विमानस्थलमा ?

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्रिभुवन विमानस्थलमा पुगे । त्यसअवसरमा उनले निर्माणाधिन संरचनाको अवलोकनपछि एउटा ट्वीट गरे । उनले त्रिभुवन विमानस्थलमा संरचना बनिरहेका भएपनि यसले समस्या समाधानको स्थायी समाधान दिँदैन, त्यसको स्थायी समाधान निजगढ विमानस्थल नै हो । किनकी अहिले त्रिभुवन… Continue reading किन सधै किचलो निजगढ विमानस्थलमा ?

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक

काठमाडौं । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भई एकिकृत कारोबार प्रारम्भ भएसँगै ग्लोबल मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको हो । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरन्जीवी नेपाललगायतको उपस्थितिमा एकिकृत कारोबार प्रारम्भ गरेको छ । ग्लोबल आइएमई नेपालको २२ औं… Continue reading ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक

‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलबारे छिट्टै महत्वपूर्ण निर्णय हुने बताएका छन् । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै बस्ने मन्त्रीपरिषद्को बैठकबाट यस आयोजनालाई अगाडी बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय हुन लागेको उनले जानकारी दिए । यद्दपी उनले त्यसबारेमा भने विस्तृतमा खुलाएनन् । बिहीबार मन्त्रालयमा विभिन्न राजनीतिक दलका… Continue reading ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन । अब विराटनगरको यात्रुले… Continue reading अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द

काठमाडौ । ग्लोबल आइएमइ बैंकको सम्पूर्ण सेवा ३० घण्टाका लागि बन्द हुने भएको छ । जनता बैंकसँग गाभिएर एकिकृत कारोबार गर्न लागेकोको बैंकले सोही व्यवस्थापनका लागि कारोबार बन्द गरिएको बताएको छ । ग्लोबलका साथै जनता बैंकको सेवा समेत बन्द हुने भएको छ । बैंकले ग्राहकलाई विभिन्न माध्यमबाट यसको जानकारी गराइसकेका छन् । यी दुई बैंकको… Continue reading ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ । मूल्य राती १२ बजेबाटै लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले उल्लेख गरेका छन् । उनका अनुसार इन्डियन आयल कर्पोरेसनले मूल्य वृद्धि गरी पठाएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेको हो… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

File

काठमाडौं । आजदेखि श्रम स्वीकृति लिन लामो लाइन बस्नु पर्ने छैन । घरबाटै अनलाइनमार्फत भरेको श्रम स्वीकृतिका आफ्नो पालो आएको दिन गएर सजिलै लिन सकिने गरी वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली शुरु गरेको छ । पहिलो पटक कायान्वयनमा आएको यो प्रणाली आजबाट शुरु भएको हो । वैदेशिक रोजगारसाग सम्बन्धित हरेक कामहरु अनलाइन प्रणालीमा लैजाने योजना… Continue reading आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ । निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ… Continue reading सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीका रोकेको दावि गर्ने सरकारलाई चूनौति दिँदै बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अनुसार उनीहरु नियमित जाँचका क्रममा समातिएका हुन् । चेन होङयाङ र चेन क्वीनहाङ रहेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरु नेपाल एयरलाइन्सको हङकङ उडानबाट नेपाल आएका… Continue reading विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो । ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत… Continue reading युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ । प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन… Continue reading नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

काठमाडौं । नेपाल र चीन केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे आयोजनाको भौगर्भिक अध्ययन गर्न सहमत भएका छन् । चीन सरकारले स्वय: एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच काठमाडौंमा यस आयोजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा उक्त सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च… Continue reading केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ । प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी… Continue reading गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

File

काठमाडौं । सरकारले श्रम स्वीकृति लिन रहेको झण्झट हटाउने भएको छ । अब युवाले बिहान ३ बजेदेखि श्रम कार्यालयमा लाइन बस्नु पर्ने छैन । यसको साटो इ-टोकनका माध्यमबाट आफ्नो पालोको दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने… Continue reading अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको आभाष भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामै ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आइसकेको छ । यो रकम अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा १ सय ५९ प्रतिशतले बढी हो । गत आवमा १… Continue reading विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेको छ । भेटमा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु. १० अर्ब लगानी भित्र्याउने घोषणा गरिएको छ । यस अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण… Continue reading गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

अब अमेरिका र युरोपमा पर्वतको  सातु

काठमाडौं । नेपालको पर्वत जिल्लामा उत्पादन भएको सातु अब अमेरिकामा पनि पाइने भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योग मार्फत उत्पादन भएको मकैको सातुले अमेरिका र युरोपको बजारमा लोकप्रीय बनेको छ । पोषिलो खानेकुरा भए पनि आजभोली गाउँमा मकै लगायतका अन्न पिसेर बनाइने सातुको भाग हराएको छ । तर शहर बजार र विदेशमा बस्ने नेपालीका… Continue reading अब अमेरिका र युरोपमा पर्वतको  सातु

काठमाडौंमा अचाक्ली महंगी

काठमाडौं । काठमाडौं उपत्यकामा अचाक्ली महंगी बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ८ प्रतिशत भन्दा माथि पुगेको छ । गत आवको पहिलो त्रैमासिकमा मात्र ४ प्रतिशत मूल्य वृद्धि थियो । यस वर्ष भने आवको प्रारम्भमै नागरिकको ढाड सेक्ने गरी महंगी बढेको छ ।… Continue reading काठमाडौंमा अचाक्ली महंगी

भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

काठमाडौं । भूकम्पले भत्काएका मध्ये ६२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार २४ प्रतिशत घर निर्माणाधिन अवस्थामा रहेका छन् । संघीय संसद, विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको… Continue reading भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

काठमाडौं । नेपालले विद्युतको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले छोटो सयममा यस क्षेत्रमा गुणात्मक सुधार गरेको हो । विश्‍व बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार प्रति १ सय घरधुरीमध्ये ९५ घरधुरीमा विद्युत पहुँच बिस्तार भइसकेको छ । विद्युत भरपर्दो, किफायती र निर्बाध पहुँचमा समेत… Continue reading नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ । यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा… Continue reading निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ । आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ । यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता… Continue reading करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा