लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् । उनले सो सडक कालोपत्रे छिट्टै हुने समेत बताए । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका… Continue reading लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क,… Continue reading अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु. ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । “मिलेनियम च्यालेन्ज… Continue reading एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

काठमाडौं । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो । सीआईबीका प्रवक्ता एवम् सूचना… Continue reading बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

१५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन गर्न बोर्ड र कम्पनीबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड र सम्राट सिमेन्टबीच १५ अर्ब रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको छ ।शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुंगटाबीच एमओयूमा हस्ताक्षर भएको बोर्डले जनाएको छ । बोर्डको ४४औं बैठकले सम्राट सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति दिएको… Continue reading १५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन गर्न बोर्ड र कम्पनीबीच सम्झौता

मनसुनको क्षतिको बावजुत बढ्यो धान उत्पादन

काठमाडौं । नेपालमा मनसुनको क्षतिका वावजुत धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार… Continue reading मनसुनको क्षतिको बावजुत बढ्यो धान उत्पादन

सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ। शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक… Continue reading सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

निर्माणकै सिजनमा आन्दोलनको तयारीमा ठेकेदार

काठमाडौं । विकास निर्माण सिजनमा निर्माण व्यवसायीले भने आन्दोलन तयारी थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । महासंघ महासचिव रोशन दाहालका अनुसार सरकारबाट निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी पाएका छैनन् । यसबाहेक सार्वजनिक खरिद नियमावलीको… Continue reading निर्माणकै सिजनमा आन्दोलनको तयारीमा ठेकेदार

अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी… Continue reading अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी

काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि… Continue reading नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी

पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धीको आधारको रुपमा विकास गरिनुपर्ने बताएका छन् । बुधबार तनहुको बन्दिपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजीत सभालाई संवोधन गर्दै उहाँले पूर्वाधारहरुको बहुउपयोगितालाई ध्यान दिनु पर्ने समेत बताए । ग्रामिण तथा आन्तरिक पर्यटनका गन्तव्यमा पूर्वाधारको विकास गरी बाह्य पर्यटकलाई समेत आकर्षित गराउन सकिने… Continue reading पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन्… Continue reading नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको… Continue reading द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ… Continue reading पेट्रोल र डिजेलको मूल्य बढ्यो

बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

काठमाडौं । पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो… Continue reading बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका… Continue reading नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार

काठमाडौं । राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न नसकेको भन्दै सरकारले वैकल्पिक विकास वित्त खोज्ने भएको छ । सोही प्रयोजनका लागि वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरिएको र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराइने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले… Continue reading वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार

डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।जुन हालसम्मकै उच्च हो । गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर… Continue reading डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार

कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु

काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छिन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले… Continue reading कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु

आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् ।… Continue reading आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगारीमा जाने युवाको मेडिकलमा सिण्डिकेट भयो : संघ

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगार जाने नेपालीको स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको गुनासो गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिण्डिकेट धारिलो नाममा सीमित व्यक्तिले मात्रै फाइदा उठाएको व्यवसायीहरूले बताए। तत्कालीन अवस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साठगाँठमा नमूना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर… Continue reading वैदेशिक रोजगारीमा जाने युवाको मेडिकलमा सिण्डिकेट भयो : संघ

पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको… Continue reading पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो। राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ। ुनेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज… Continue reading कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

काठमाडौं । धरहराबाट एक महिनामा ५५ लाख रूपैयाँ राजस्व उठेको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्मा ५५ लाख रूपैयाँ राजस्व संकलन भएको हो। कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार हरेक बुधबार धरहरा बन्द हुन्छ। यसबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढिरहेका छन्। ९ गतेदेखि हालसम्म ३१… Continue reading धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

९ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा… Continue reading ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४… Continue reading सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

मंसिरमा मात्र काम खोज्दै विदेशिए ८४ हजार नेपाली

काठमाडौं । चालु आर्थिक वर्षयता मंसिर महिनामा सर्वाधिक संख्यामा नेपाली कामको खोजिमा विदेशिएका छन् । मंसिर २०८१ मा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसमध्ये ८ हजार ६ सय ७१ महिला छन् । मंसिरमा विदेशिने नेपालीको संख्या २०८० मंसिरको तुलनामा समेत धेरै हो । विभागका अनुसार… Continue reading मंसिरमा मात्र काम खोज्दै विदेशिए ८४ हजार नेपाली

वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०–८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो… Continue reading वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा प्रस्तुत गर्न स्वीकृति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न… Continue reading उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा प्रस्तुत गर्न स्वीकृति

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था मुल्‍यांकन गर्न र सुधार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, राजनीतिक संयन्त्रमा रहेका नेताहरु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,… Continue reading सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक