झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर१९६९.१७विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट

माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ । टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दुधकोसी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ ।… Continue reading माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘युवाहरू विदेश जाँदा जहाजभित्र… Continue reading श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९… Continue reading आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

१५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न… Continue reading १५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

१ हजार मेगावाटको माथिल्लो अरुणमा विश्व बैंकले लगानी जुटाउने

काठमाडौं । सङ्‍खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिङ्टन डीसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो… Continue reading १ हजार मेगावाटको माथिल्लो अरुणमा विश्व बैंकले लगानी जुटाउने

९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

REUTERS

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ । चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र… Continue reading ९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको आर्थिक स्थायित्वमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा आईएमएफका सहायक प्रबन्ध निर्देशक बो–लीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । वासिङटन डीसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरूबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष… Continue reading आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००

काठमाडौं । अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छापावाल सुनको मूल्य आज भने घटेको छ । प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । त्यो नै अहिलेसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख… Continue reading रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च… Continue reading जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री

त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२… Continue reading त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री वर्षमान पुनले आग्रह गरेका छन्। युएस चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा अन्तर्क्रिया गर्दै मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको बताएका हुन्। नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए। निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको… Continue reading अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?

सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् । उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रवाह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको… Continue reading सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको हो । यसदिन ३१२ कम्पनीको २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको हो । यसदिन ३१४ कम्पनीको २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित

अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही… Continue reading अर्थमन्त्री अमेरिका प्रस्थान

सार्वजनिक ऋण २४ खर्ब नजिक

काठमाडौं । नेपालमा सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष थप सार्वजनिक ऋण र भुक्तानी गरिएको सार्वजनिक ऋणको बीचमा ठूलो अन्तर छैन । सोहीकारण यस वर्ष सार्वजनिक ऋणको वृद्धिदर भने उल्लेख्य भने छैन । कार्यालयका अनुसार यस वर्ष असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको… Continue reading सार्वजनिक ऋण २४ खर्ब नजिक

आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीले थप लगानी गरी… Continue reading आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २.३५ अंकले घटेर २००२३.३५ विन्दुमा झरेको हो । यसदिन ३२० कम्पनीको ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह ४ वटाको… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

काठमाडौं । शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन पनि तोलामा २२… Continue reading रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

९ महिनामा ३० अर्ब एफडीआई

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो… Continue reading ९ महिनामा ३० अर्ब एफडीआई

सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन्। सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो। कृषि तथा पशुपन्छी विकास… Continue reading सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स… Continue reading माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।… Continue reading विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । यो प्रक्षेपणले नेपालको… Continue reading नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो

आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मुलुक बन्न मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए । रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने… Continue reading आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । मंगलबार प्रतितोला एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार ८ सय निर्धारण भएको छ। त्यस्तै, तेजावी सुन… Continue reading सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय

विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलता लगायत कारण आयोजनामा… Continue reading विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा