प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने… Continue reading प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई भारी मतान्तरले पराजित गर्दै सापकोटा विजयी भए । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् । सापकोटा एमाले निकट मानिन्छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार थिए… Continue reading पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत… Continue reading अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

१७ भदौ, काठमाडौं । प्रतिकुल मौसमसंगै बन्द भएको पोखरा-जोमसोम को नियमित उडान तारा एअरले भोलि  १८ गते मंगलबारबाट नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो । जोमसोम को नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ ।… Continue reading तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

एकै दिन १२७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । यस दिन १२७ अंकले बजार बढेको छ । वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से… Continue reading एकै दिन १२७ अंकले बढ्यो सेयर बजार

विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

काठमाडौं । युरोपेली युनियन (ईयू), जर्मनी र युनिसेफबाट नेपालले ५ अर्ब रुपैयाँ बराबर अनुदान लिने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूबाट २ करोड ३० लाख युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा २० लाख युरो गरी कुल २ करोड ५० लाख युरो (झन्डै ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ) बराबर अनुदान सहायता… Continue reading विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्म क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने भएका छन् । अर्थ मन्त्रालयका… Continue reading राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् । अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम… Continue reading वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री

अझै घट्यो अमेरिकी डलर र यूरोको भाउ

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको… Continue reading अझै घट्यो अमेरिकी डलर र यूरोको भाउ

गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल बन्ने भएकोले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनले बताए। शुक्रबार भैरहवामा विमानस्थलको निरीक्षण गर्दै मन्त्री… Continue reading गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

काठमाडौं । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ । परिषद्‍को दोस्रो बैठकले निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको हो । स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि… Continue reading सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको देखिएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९–८०’ सार्वजनिक गर्दै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न… Continue reading राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

घट्यो अमेरिकी डलरको भाउ, अन्यको विनिमय दर कस्तो ?

काठमाडौं । बीहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन… Continue reading घट्यो अमेरिकी डलरको भाउ, अन्यको विनिमय दर कस्तो ?

विश्वकप खेलेका क्रिकेटरले जनही ३\३ लाख प्रोत्साहन भत्ता पाउने

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यानको बिहीबार बसेको कार्यसमिति बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा सहभागी… Continue reading विश्वकप खेलेका क्रिकेटरले जनही ३\३ लाख प्रोत्साहन भत्ता पाउने

अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९… Continue reading अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद्… Continue reading नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

जापानले नेपाललाई ४२ करोड अनुदान दिने

काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायता उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता… Continue reading जापानले नेपाललाई ४२ करोड अनुदान दिने

राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्त्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरूको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका… Continue reading राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

काठमाडौं । अस्ट्रेलियाले नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने बारे अब सीमा तोक्ने भएको छ । अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ। सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया अगाडी पर्छ । आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ ।… Continue reading अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए । पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै उनले देशको… Continue reading पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । गाडी किन्ने योजनामा रहेकाहरुलाई लक्षित गरी २३ ब्रान्डका नयाँ मोडल यस शोका दौरान सार्वजनिक गरिँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।… Continue reading गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि ४ घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं… Continue reading मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

काठमाडौं । सार्वजनिक लेखा समितिमा आइतबार समेत सांसदहरुबीच चर्को विवाद भएको छ । लोडसेडिङका क्रममा डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत उपभोग गरेको तर बक्यौता नउठाएकामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरूलाई पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्नेलगायतबारे निर्णय गर्नुपर्ने भनी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी मा‌ओवादी र… Continue reading लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

काठमाडौं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२-७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०-८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६… Continue reading लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार… Continue reading अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

विद्युत महसुल उठाइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन… Continue reading विद्युत महसुल उठाइन्छ : प्रधानमन्त्री

संसदीय समितिले पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको… Continue reading संसदीय समितिले पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछ गर्ने

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

file

काठमाडौंं । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगेतापनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत्… Continue reading ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको… Continue reading भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै

काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहित ‘नेपाल आर्ट भिलेज’ निर्माण थालिएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए । ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल… Continue reading गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै