काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको छ । यसदिन २८८ कम्पनीको १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बढीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
Category: अर्थतन्त्र
प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई… Continue reading प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा
चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता… Continue reading चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता
सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?
काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने कफीको समर्थन मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तोकेको छ। सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् । कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन… Continue reading सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?
दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा
काठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । … Continue reading दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा
आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्याइएको हो ।… Continue reading आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात
सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने
काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो । यसमा १ अर्ब… Continue reading सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने
विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो
काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असूलउपर गर्नुपर्ने विद्युत्… Continue reading विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो
३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो
काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी… Continue reading ३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो
वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट (पेमेन्ट गेटवे) मा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार एक निर्देशन जारी गर्दै अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो। यसअघि पेमेन्ट वालेटहरुमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। व्यवस्थालाई परिमार्जन… Continue reading वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने
शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनमहिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७… Continue reading शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा
तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको तेस्रो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन, भदौं र असोजमा रेमिट्यान्स आयात ३० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह… Continue reading तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो
बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने
काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले आर्थिक वर्ष २०७३–७४ बाट बुढीगण्डकी… Continue reading बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने
निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने
काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने
मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । अघिल्लो शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ… Continue reading मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने
बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने जानकारी दिए । असुलउपर गर्नुपर्ने विद्युत्… Continue reading बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो
झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको छ । यसदिन २८८ कम्पनीको ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बढीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परसूचक घटेको छ भने ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार
गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने
काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ। चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्। एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित… Continue reading गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने
काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने
काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित… Continue reading काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३०… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट… Continue reading तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम शुरु गरेको एक… Continue reading गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमा नेप्से ५१ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ९७ करोड रुपैयाँ बढीको ३५ लाख… Continue reading नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । सङ्घका अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा
काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस
काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम –पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले निःशुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी… Continue reading काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस
भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने… Continue reading भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय… Continue reading माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता
तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने
काठमाडौं । तिहारमा चिनीको अभाव हुन नदिन विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा… Continue reading तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने
वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधिरनियमावलीरनिर्देशिका बनाउँदा… Continue reading वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक
काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।… Continue reading एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक