काठमाडौँ, २२ असोज । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी सम्झौताले नेपालको ऊर्जा,… Continue reading नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर
Category: अर्थतन्त्र
सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान
२२ असोज, काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।… Continue reading सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
काठमाडौँ, २२ असोजः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा… Continue reading देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
राजकुमार पराजुली\राससकाभ्रेपलाञ्चोक, २१ असोजः सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनःथिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत… Continue reading आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, २१ असोजः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले… Continue reading सुनको मूल्य निरन्तर अकासिँदो
क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
काभ्रेपलाञ्चोक, २१ असोजः यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो । डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण… Continue reading क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
नारायण न्यौपाने र प्रकाश सिलवाल/रासस काठमाडौँ, २० असोजः अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र… Continue reading मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी
प्रगति ढकाल / रासस काठमाडौँ, २० असोज । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला । यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम… Continue reading आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी
सेनाले यसरी गरिरहेको छ उद्धार
काठमाडौँ, २० असोजः इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पु¥याइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित… Continue reading सेनाले यसरी गरिरहेको छ उद्धार
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै
इनरुवा (सुनसरी), २० असोजः अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै… Continue reading वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
चितवन, २० असोजः नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक… Continue reading ‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
२० असोज, पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर… Continue reading बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौँ, १९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन… Continue reading नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने
लुम्बिनी, १९ असोजः नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । “यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । यसैगरी, बेलहिया,… Continue reading नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने
मौसम खुलेसँग आन्तरिक उडान सञ्चालन
काठमाडौँ, १९ असोजः अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ,… Continue reading मौसम खुलेसँग आन्तरिक उडान सञ्चालन
पाँचथर बोलेरो दुर्घटना : मृतक ६ जनाकै पहिचान
पाँचथर, १९ असोजः तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी… Continue reading पाँचथर बोलेरो दुर्घटना : मृतक ६ जनाकै पहिचान
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन नहुने
मलेखु (धादिङ) १९ असोज । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् ।सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्रायः शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३०… Continue reading पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन नहुने
काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी
काठमाडौँ, १८ असोजः शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो । यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौँमा बाढीको असर… Continue reading काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी ?
काठमाडौँ, १८ असोजः देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको… Continue reading तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी ?
बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो
काठमाडौँ, १८ असोजः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ । बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी… Continue reading बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो
भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु हुने
बेइजिङ, १७ असोज (रासस/एपी)भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ । दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् । सन् २०२० मा कोभिड–१९ महामारी सुरु भएपछि दुवै मुलुकबीचको प्रत्यक्ष… Continue reading भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु हुने
असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन
काठमाडौँ, १७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही… Continue reading असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन
पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन
काठमाडौँ, १७ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपद््बाट… Continue reading पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन
रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी
रासस\एएफपी वासिङ्टन, १७ असोज । युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी–७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार सम्पन्न भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका… Continue reading रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी
हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
राष्ट्रिय समाचार समितिबागमती, १७ असोज । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक… Continue reading हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै
वासिङ्टन, १६ असोज (रासस\एएफपी)विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि,… Continue reading एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै
फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
१५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै… Continue reading फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
१५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात… Continue reading छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
सयपत्री फूलखेती विस्तार
१५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु… Continue reading सयपत्री फूलखेती विस्तार
महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री
१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री