१५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै… Continue reading फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
Category: अर्थतन्त्र
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
१५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात… Continue reading छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
सयपत्री फूलखेती विस्तार
१५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु… Continue reading सयपत्री फूलखेती विस्तार
महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री
१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री
दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
१४ असोज, काठमाडौँ । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी… Continue reading दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने
१४ असोज, काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब एक हजार अवैध टिन खानी बन्द गर्ने आदेश दिएका छन् । गत सेप्टेम्बर–१ मा सुरु गरिएको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ… Continue reading इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने
प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त
१३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्… Continue reading प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त
यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य
१३ असोज, म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु। पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु। ४० हजार तिरेर भेडाच्याङग्रा… Continue reading यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य
सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ
१२ असोज, काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै… Continue reading सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ
सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने
१२ असोज, काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा… Continue reading सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
११ असोज, पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ, तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको… Continue reading माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने
११ असोज, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण… Continue reading सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने
तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती
११ असोज, पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय… Continue reading तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती
जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै
एजेन्सी११ असोज, काठमाडौं । जर्मनीले आफ्नो अन्तरिक्ष सुरक्षा क्षमताहरू थप सुदृढ बनाउन आगामी पाँच वर्षमा ३५ अर्ब युरो (करिब ४०.९५ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना घोषणा गरेको छ। यो महत्वपूर्ण निर्णय जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा आयोजित स्पेस कंग्रेसमा आदरपूर्वक प्रस्तुत गरेका हुन् । उनले जर्मनीले छिट्टै राष्ट्रिय अन्तरिक्ष सुरक्षा प्रणालीको स्थापना गर्ने जानकारी… Continue reading जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै
महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
११ असोज, काठमाडौं । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम… Continue reading महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर
एजेन्सी११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन् । गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो । अक्टोबर १… Continue reading ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
११ असोज, काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज सो प्रणालीको शुभारम्भ गरे । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो… Continue reading अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने
११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उनले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बर्ता । बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिए ।… Continue reading विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने
माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने
१० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा… Continue reading माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने
नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज
१० असोज, चितवन । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज
पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे
१० असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको… Continue reading पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे
आज देशका अधिकांश भागको मौसम सफा
१० असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading आज देशका अधिकांश भागको मौसम सफा
जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता
९ असोज, काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १५ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता दिने निर्णय गरेको हो । १० लाख सहायता र काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा… Continue reading जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता
अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च
एजेन्सी९ असोज, न्यूयोर्क । अमेरिकामा नयाँ घरहरूको बिक्री दर अगस्टमा सन् २०२२ को शुरुवातपछि सबैभन्दा उच्च विन्दुमा पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । धितो दरहरू हटाइएसँगै निर्माणकर्ताहरूले खरीदकर्ताहरूलाई लोभ्याउन प्रोत्साहन प्रस्ताव गरेका छन्। वाणिज्य विभागको तथ्याङ्क अनुसार नयाँ घरहरूको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा आठ लाख… Continue reading अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
रासस९ असोज, गलकोट । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका… Continue reading बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
९ असोज, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ पासाङल्हामु राजमार्गस्थित नेपाल… Continue reading पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण
९ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ । पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद… Continue reading पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण
तुइन खोलाको पहिरो आज दिनभर पन्छाइयो, तर यात्रा अनिश्चित
८ असोज, चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको थियो । दिनभर पन्छाउँदा समेत काम भने… Continue reading तुइन खोलाको पहिरो आज दिनभर पन्छाइयो, तर यात्रा अनिश्चित
काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
८ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो । महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए ।… Continue reading काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
फेरियो लोपोन्मुख राउटेको जीवनशैली
राष्ट्रिय समाचार समिति (रासस) ७ असोज, दोधारा चाँदनी । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका… Continue reading फेरियो लोपोन्मुख राउटेको जीवनशैली