काठमाडौं । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ । ‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा… Continue reading नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद- बिक्रि सम्झौता हुँदै
Category: अर्थतन्त्र
अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण
चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट… Continue reading अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण
राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उनको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’’ यसैगरी उनका विज्ञ सल्लाहकारले एक हप्ताको तलब… Continue reading राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने
बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान
काठमाडौं । बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन्। विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी… Continue reading बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान
बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् । असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए । ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला,… Continue reading बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?
हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए । गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो… Continue reading हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री
अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने
काठमाडौं । दशैं लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन् । अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले धेरै यात्रुले टिकट लिइसकेका कारण अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता साथ गन्तव्य पुर्याउने सुनिश्चितता गर्ने निर्णय गरेको छ । थप अग्रिम… Continue reading अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने
दाउन्ने सडक आज रातभर बन्द
काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ । बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ… Continue reading दाउन्ने सडक आज रातभर बन्द
विपत् कोषमा सरकारले राख्यो १ अर्ब
काठमाडौं । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबमोजिमको विपत् व्यवस्थापन कोषमा बाढी र पहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपियाँ… Continue reading विपत् कोषमा सरकारले राख्यो १ अर्ब
आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको… Continue reading आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै
अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात… Continue reading अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे
इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा… Continue reading इन्धनको मूल्य घट्यो
आजैबाट भयो देशभर रुट परमिट खुला
काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र… Continue reading आजैबाट भयो देशभर रुट परमिट खुला
चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी फेरेको छ । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै… Continue reading चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए
प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय
काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् ।… Continue reading प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय
बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो
काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा… Continue reading बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो
धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु
काठमाडौं । धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका(९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ। पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए। उनका… Continue reading धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु
वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने
काठमाडौं । वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही… Continue reading वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने
नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने
काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार यात्रुसँग… Continue reading नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने
बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति
काठमाडौं । ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका… Continue reading बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति
झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । बसको केही भाग मात्र देखिएको र बसको नम्बर नखुलेको प्रहरीले जनाएको छ । डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम जारी छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो… Continue reading झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला
बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको… Continue reading बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक
जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने
प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र… Continue reading जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने
काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क
काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म… Continue reading काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क
बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते… Continue reading बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
शनिबारसम्म सबै आन्तरिक उडान स्थगित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो । ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको… Continue reading शनिबारसम्म सबै आन्तरिक उडान स्थगित
कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान
काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको… Continue reading कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान
नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक
काठमाडौं । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ । समितिका संयोजक… Continue reading नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक
आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस… Continue reading आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै
कुन-कुन नदीमा छ आज देशभर जोखिम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।… Continue reading कुन-कुन नदीमा छ आज देशभर जोखिम ?