शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ८ महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । ‘समीक्षा अवधिसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही… Continue reading शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा अवधि बाँकी रहँदै सेवा बन्द नगर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्मार्टलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण… Continue reading स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड… Continue reading विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

२५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको फागुनसम्म २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले… Continue reading २५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ । आफूले सुधारका लागि गरेको प्रयासको… Continue reading मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।… Continue reading ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय… Continue reading समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण… Continue reading रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै उनले शनिबार विमानस्थलमा पुगेर यस्तो निर्देशन दिएका हुन् । शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन… Continue reading विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति… Continue reading चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

निगम सुधारमा सुझाव दिन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन गरेको छ। निगमको व्यावसायिक दक्षता अभिवृद्धि बजार एवं बजार विस्तारको जरूरी रहेकाले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा गठित समितिमा क्याप्टेन ओम गुरूङ, टिकाराम राई, पियुस आनन्द र सहारा न्यौपाने… Continue reading निगम सुधारमा सुझाव दिन समिति गठन

आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई

काठमाडौं । अर्थ मन्त्रालयले बजेट लेखन प्रयोजनका लागि भुपाल बरालको नेतृत्वमा टोली गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय गर्दै बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन्… Continue reading आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई

तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

काठमाडौं । विश्वका ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्। ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख… Continue reading तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

काठमाडौं । नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्म आवेदन मागेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड (प्राविधिक–हवाई)लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो । अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको… Continue reading सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय… Continue reading आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ । ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन्। बिहीबार सिंहदरबारमा कार्यक्रम सार्वजनिक गरेपछि सम्बोधन गर्दै उनले यो राष्‍ट्रिय सहमतिमा बनेको बताएका हुन्। उनले सरकारमा आएको १०० दिनमा दोस्रो कार्यक्रम सार्वजनिक गरेका हुन्। ‘यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ। योभन्दा पहिले सरकारमा भएका… Continue reading सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ८.२८ अंकले घटेर १८६६. ७९ बिन्दुमा पुगेको हो । यसदिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको २८ लाख ७० हजार ८१९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३… Continue reading ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार

एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

काठमाडौं । नेपालमा एमसीसीमार्फत थप अनुदान दिन अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको बताएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताएका छन् । नयाँ परियोजनामा लगानी गर्न पनि… Continue reading एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भएको थियो । त्यसलाई परिमार्जन गरी आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ । वर्तमान आर्थिक अवस्था र यसको… Continue reading सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

Photo : BBC

काठमाडौं । निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत नविकरण गराइसक्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि… Continue reading निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो । यसदिन ८१ करोड ६० लाख ४६ हजार ७०९ रुपैयाँको २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १० वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से

चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

काठमाडौं । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनावी खर्चका लागि बैंक खाता खोलेका छन्। मंगलबार सामाजिक सञ्जालमा उनले बैंक खाताको विवरण सार्वजनिक गरेका छन्। ‘तनहुँ१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु,’… Continue reading चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

Photo : Prasasan.com

काठमाडौं । दुई बहुराष्ट्रिय निकाय विश्व बैंक र एसियाली विकास बैंकले एकै दिन नेपालबारे आर्थिक वृद्धिदरको समान प्रक्षेपण सार्वजनिक गरेका छन् । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ र एसियाली विकास बैंक (एडीबी)को एसियन डेभलपमेन्ट आउट लुकले समान ४.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेका हुन् । निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति… Continue reading एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

सरोज सिग्देल, टेक्सस सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता… Continue reading शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट… Continue reading भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले बनाउने भएको छ । यस संरचनाको स्वामित्व लिएर सरकारले नै निर्माण गर्ने निर्णय सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा उल्लेख्य कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाई छ । अब बजारमा डिजेल र मटीतेलको खुद्रा मूल्य… Continue reading इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्न तीन महिनाको… Continue reading मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन