काठमाडौं । नेपालमा कारोना भाइरसको संक्रमले उच्च गति लिएको पाइएको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।… Continue reading बढ्दै कोरोना संक्रमण, चौथो लहरको जोखिम कति ?
Category: स्वास्थ्य
दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय… Continue reading दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च
नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दैनिक १ सय भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा… Continue reading नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण
बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत
काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग… Continue reading बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत
हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी
काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म… Continue reading हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी
नेपालमा ४४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार… Continue reading नेपालमा ४४ जनामा कोरोना पुष्टी
पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल
काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो… Continue reading पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल
काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका काठमाडौंका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण देखियो हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ९ पुगेको छ । असार २… Continue reading काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह
नेपालमा २७ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको… Continue reading नेपालमा २७ जनामा कोरोना पुष्टी
काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ। स्रोत (घरमा) नै फोहोर… Continue reading काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
आजबाट बालबालिकालाई खोप दिइने
काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको… Continue reading आजबाट बालबालिकालाई खोप दिइने
काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप
काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा… Continue reading बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप
काठमाडौंमा हैजा पुष्टी
काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ । सोमबार आईसीयूबाट वार्डमा… Continue reading काठमाडौंमा हैजा पुष्टी
नेपालमा भेटिए २३ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्यु भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट… Continue reading नेपालमा भेटिए २३ कोरोना संक्रमित
मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ ।… Continue reading मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १०… Continue reading मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने
काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप… Continue reading असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने
संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने
काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर… Continue reading संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने
नेपालमा थप १६ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना… Continue reading नेपालमा थप १६ जनामा कोरोना पुष्टी
गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार ! तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ ।… Continue reading गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने
काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी… Continue reading निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने
थप ९ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै… Continue reading थप ९ जनामा कोरोना पुष्टी
स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं
काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको जानकारी गराएका छन् । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं
निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने
काठमाडौं । सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन् । प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ ।… Continue reading निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने
वैशाख ३० गते खोप सेवा बन्द हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ । मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते… Continue reading वैशाख ३० गते खोप सेवा बन्द हुने
नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा… Continue reading नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते
निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम
काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक… Continue reading निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम
आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा… Continue reading आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी
अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ। यदि त्यसो भए… Continue reading अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?