चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

File

लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन्… Continue reading चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग… Continue reading नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै मास्क प्रयोग गर्न समेत भनेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।… Continue reading कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय… Continue reading अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम्… Continue reading विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट… Continue reading दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन… Continue reading काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

काठमाडौं । काठमाडौंसहित देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ । दिउँसोमा भने घाम लाग्दा अधिकतम तापक्रम धेरै खस्किसकेको छैन । आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न शुरु भएको छ । चिसोबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार… Continue reading देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

RSS

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।… Continue reading राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर… Continue reading प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन… Continue reading काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ… Continue reading भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ । उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए… Continue reading शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइहरको छ । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बनेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम गर्न छाडेको चिकित्सकले… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले बोल्न र नजिकै रहेकालाई चिन्न पनि थालेका छन् । छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना… Continue reading सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

काठमाडौंं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५… Continue reading डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

File

काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।… Continue reading संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या… Continue reading नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

१९ जनामा कोरोना पुष्टी

काठमाडौं । देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट ९६ जना निको भएको… Continue reading १९ जनामा कोरोना पुष्टी

देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ। हाल काठमाडौंमा सबैभन्दा धेरै… Continue reading देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी टिकट शुल्कमा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ । विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल… Continue reading विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो… Continue reading डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा केसीको अनसन तोडिएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडे । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट… Continue reading डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले… Continue reading ७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

टिचिङ हस्पिटल भर्ना भए डा. केसी

काठमाडौं । अनसनरत डा. गोविन्द केसी बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी चिकित्सा क्षेत्रमा सुधारका विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशनरत थिए । सरकारले उनको स्वास्थ्य बिग्रिएपछि सेनाको जहाजबाट मंगलबार काठमाडौं ल्याउन चाहेको थियो । तर, उनी आज १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका छन् । अस्पताल भर्ना… Continue reading टिचिङ हस्पिटल भर्ना भए डा. केसी

धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज सेनाको हेलिकप्टर धनगढी पुगेको थियो । स्काई ट्रकबाट डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने सरकारको प्रयास असफल भएको छ । उता, डा. केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन… Continue reading धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

६३ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको… Continue reading ६३ जनामा कोरोना पुष्टी

१ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग… Continue reading १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

अस्पताल भर्ना भए अनसनरत डा. केसी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि… Continue reading अस्पताल भर्ना भए अनसनरत डा. केसी