काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो… Continue reading नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु
Category: स्वास्थ्य
बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि… Continue reading बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल परेको छ। राससका अनुसार आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ । ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित… Continue reading धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन… Continue reading टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिन १६ ले गुमाए ज्यान
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपनि मृत्युको आङ्कडा अत्यासलाग्दो थिएन । तर, शनिबार सार्वजनिक तथ्यांकले भने झस्काएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ रहेको छ । अब नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । पछिल्लो लहरमा ज्यान गुमाउनेमा धेरै जसो खोप नलगाउनेहरु रहेको देखिएको छ ।
नेपालमा १०,२५४ जनामा कोरोना देखियो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आङ्कडा अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा… Continue reading नेपालमा १०,२५४ जनामा कोरोना देखियो
वर्षमान पुन १० माघमा स्वदेश फर्कने
काठमाडौं । स्वास्थ्योपचारका सिलसिलामा चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन १० माघमा नेपाल आउने भएका छन् । उनी नेपालमा नभएका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । पुनले शनिबार एक सन्देश जारी गर्दै सोमबार नेपाल आउन लागेको बताएका हुन् । आफु पूर्ण रुपमा स्वस्थ रहेको समेत उनले जनाएका छन् । नेपालबाट उपचारका… Continue reading वर्षमान पुन १० माघमा स्वदेश फर्कने
‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा संक्रमण भेरियन्ट भएको संकेत गरिरहेका छन्। तर कोरोनाभाइरसको यो प्रकारले विगतका भेरियन्ट भन्दा… Continue reading ‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?
खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही
काठमाडौं । नेपालमा सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । तर, अवैधरूपमा बेचबिखन भएको पाइएमा भने कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने बताएका हुन् । अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई… Continue reading खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही
नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण
काठमाडौं । नेपालमा आगामी साता कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण सरकारले गरेको छ । ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन छ । नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा… Continue reading नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण
सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक
काठमाडौं । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको छ । मंगलवार एक विज्ञिप्ती निकाल्दै नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको जनाएको हो । साथै चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा नदिने समेत जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह… Continue reading सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक
नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट यसअवधिमा ४ जनाको मृत्यु भएको… Continue reading नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
काठमाडौं । नेपालमा २ माघबाट बुस्टर डोज दिइने भएको छ । अग्रपंक्तिमा खटिनेका लागि बुस्टर डोज खोप दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज… Continue reading नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३… Continue reading नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा… Continue reading बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द गर्ने निर्णय लिएको छ । आइतबार प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै सरकारले यस्तो घोषणा गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार नेपालमा ११६७ जनामा कोरोना भाइरस… Continue reading कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द
भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसले विष्फोटक रुप लिएको छ । जहाँ एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपालमा अझ बढी जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमानाका कारण मानिसहरुको निर्वाध आवागमन रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१… Continue reading भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । यद्दपी उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भने भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबारदेखि आइसोलेशनमा बसेका प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुनेछ । शुक्रबार प्रचण्ड र देउवाबीच नजिकबाट भेट भएको थियो… Continue reading प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने
प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च माओवादी नेतालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएसँगै माओवादी पार्टीले महाधिवेशनमा सहभागी भएका १,७०० प्रतिनिधिलाई समेत कोरोना भाइरस परीक्षण गर्न भनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको… Continue reading प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी
नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन ९ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना… Continue reading नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य
सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी
काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै सरकारले सरकारी अस्पताललाई परिस्थिति जटिल बन्न सक्ने भन्दै सचेत गराएको छ । सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक… Continue reading सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी
डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस घेब्रेयियसले कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । विश्वमा दैनिक कोरोना संक्रमितको संख्या २५ लाखभन्दा बढीले बढ्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन् । ओमिक्रोन भेरियन्टको कारण विश्वमा तिव्र गतिमा कोरोना फैलिँदा स्वास्थ्य सेवामाथि दबाव बढ्न थालेको उनले बताएका छन् । डेल्टा भेरियन्टको भन्दा ओमिक्रोनका… Continue reading डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’
कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके
काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित भेटघाट स्थगित गरेका छन् । उनको सचिवालयका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको हो । पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास… Continue reading कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके
नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित
लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित
काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख… Continue reading लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित
कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक
काठमाडौं । ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो । यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको… Continue reading कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक
नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा… Continue reading नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए
विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज
काठमाडौं । नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले कोभिड(१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके,… Continue reading विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज
नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ । पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन… Continue reading नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’
नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते… Continue reading नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी