बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटनमा भएको दुर्घटनामा बेहुला बेहुली भने घाइते रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा दशरथचन्द नगरपालिका–९,… Continue reading बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु
Category: स्वास्थ्य
अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग
काठमाडौं । कोरोनाभाइरसको दास्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा मेडिकल सामग्रीको अभावले भयाभह अवस्था सिर्जना भएको छ । यस परिस्थितिमा उसलाई संसारका विभिन्न मुलुकले सहयोग अगाडी बढाएका छन् । महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपतकालीन मेडिकल सहायता शुरु गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति… Continue reading अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग
एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा
काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको… Continue reading एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा
४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण
अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १२ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ। कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको र सङ्क्रमित संख्या तीव्र रुपमा बढ्दै गएकोले बैशाख १० गते सुन्दरीजल प्रहरी प्रभाग, गोकर्ण प्रहरी… Continue reading ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण
कोरोना संक्रमित पूर्वराजा दम्पत्ति अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसहित राजपरिवारका तीन जना सदस्य अस्पताल भर्ना भएका छन् । पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरु शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरुको स्वाथ्य अवस्था स्थिर तथा सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।
कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट… Continue reading कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का… Continue reading सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा… Continue reading ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो
नयाँ दिल्ली । कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले अमेरिकालाई उछिनेको छ । भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो आंकडा सहित भारत एकैदिन सबैभन्दा बढी संख्यामा कोरोना देखिने विश्वको पहिलो मुलुक बनेको छ । यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख ७ हजार… Continue reading दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो
सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पारी सबै नागरिकसँग खोपको पहुँच पुर्याउन माग गरेको हो । जनताको जीवन रक्षका लागि विशेष कार्ययोजना आवश्यक रहेको निष्कर्षमा कांग्रेस पुगेको हो । कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेको भन्दै… Continue reading सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने
काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए… Continue reading टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने
कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने
काठमाडौं । मंगलबारबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाउने दिन तोकिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने… Continue reading कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने
पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’
काठमाडौ । बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अभिभावकहरुलाई ५ बुँदे अपिल जारी गरेको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बालबालिकामा बढ्न थालेपछि उक्त अपिल गरेको हो । अपिलमा सोसाइटीले अतिआवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान, स्वास्थ्यका मापदण्ड पालनना गर्न, स्वास्थ्य मापदण्ड पुरा हुने भएमा मात्र बालबालिकालाई… Continue reading पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’
भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छ । यहाँ दैनिक संक्रमण साढे २ लाख माथि पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिबार २४ घण्टामा भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । शुक्रबार २ लाख ३४… Continue reading भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण
नेपालमा ८४३ जनामा कोरोना पुष्टी ५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो ६ हजार ४ जना मानिसमा गरिएको परीक्षणमा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ५३३३ जनामा पिसिआर गर्दा ७६८ र ६७१ मा एन्टिजेन परीक्षण गर्दा ७५ लाई कोरोना पुष्टि भएको हो। अब नेपालमा कोरोना… Continue reading नेपालमा ८४३ जनामा कोरोना पुष्टी ५ जनाको मृत्यु
बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु
बाँके । सुर्खेतबाट धरानका लागि छूटेको यात्रुबाहक बस बाँकेको कोहलपुरमा दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किँदा दुर्घटनामा परेको थियो । ५ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको खबर आएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै र… Continue reading बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु
कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप
काठमाडौं\एजेन्सी । कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा एक दिनमै करीव ४ हजार मानिसले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको ज्यान गएको छ । अब ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ । यसअवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा… Continue reading कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप
‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्र (रेड जोन)मा राखेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रेड जोनमा परेका हुन् । यी क्षेत्र खासगरी दुई प्रकारले जोखिममा छन् । एउटा भारतसँगको सिमाना जोडिएको र मानिसहरुको… Continue reading ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम
रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता
रसुवा । रसुवामा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार गएराति करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा कालिका गाँउपालिका १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उनका भाई २९ बर्षीय सागर तामाङ रहेका छन् ।… Continue reading रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता
गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो । आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२… Continue reading गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु
टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार
काठमाडौं । कोभिड १९ का संक्रमितको संख्यामा भएको वृद्धिसँगै अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । यस अस्पतालबाट यसअघि भइरहेका सबै सेवा बन्द गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने गरी… Continue reading टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार
गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
गुल्मी । गुल्मीमा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षिय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षिय गोविन्द विकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान साढे… Continue reading गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते
दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३… Continue reading दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते
चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान
चितवन । आइतबार साँझ चितवनमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान भएको छ । चितवनको राप्ती नगरपालिका, भन्डाराको पहाडी क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरुको ज्यान गएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, राप्ती–४ का ४५… Continue reading चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान
काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको छ । शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको थियो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो ।… Continue reading काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला
भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ । दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा… Continue reading भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार… Continue reading नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’
लण्डन । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एक दुर्लभ असर मात्र रहेको युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले निष्कर्ष निकालेको छ । बीबीसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिको जोखिमको तुलनामा यसमा फाइदा बढी पाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड… Continue reading आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’
पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना गएराती साढे १२ बजे भएको हो । दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको छ । उनीहरुको युनाईटेड… Continue reading पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु