भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ । नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप… Continue reading भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कलङ्कीस्थित खड्का गाउँ भन्ने स्थानमा एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षिय शिवराम खड्काको जलेर ज्यान गएको हो । आफ्नो घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।… Continue reading कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

जनकपुर । अत्यधिक चिसोका कारण यो वर्ष प्रदेश नं २ मा चार जनाको मृत्यु भएको छ । अहिले पनि तराईका धेरैजसो जिल्लामा शितलहर जारी रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको ज्यान गइसकेको छ… Continue reading अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

काठमाडौं । बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना नेपालमा पनि भेटिएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रजातिको भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो । हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीया महिला, ६७… Continue reading नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानामा पर्ने महादेव भिरमा आइचर दुर्घटनामा परी कम्तिमा तीनको ज्यान गएको छ । एक जना घाइते रहेको प्रहरीले जनाएको छ । आइतबार राति करिब साढे ११ बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटनामा परेको हो । यस घटनामा धादिङ स्थायी घर भएका ३३ वर्षीय चालक कमल मगर,… Continue reading सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् । खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं… Continue reading नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पोखरा । बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएको छन् । प्रहरीका अनुसार यस दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको… Continue reading पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

नेपालमा थप २४० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३८१९ परीक्षणबाट उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । अब नेपालामा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । २ लाख… Continue reading नेपालमा थप २४० जनामा कोरोना पुष्टी

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

काठमाडौं । संसारमा कोरोनाबाट अति प्रभावित मुलुक अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएपछि अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि… Continue reading अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई… Continue reading भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

अर्जुन मैनाली, न्यूयोर्क साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी… Continue reading रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो । कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल… Continue reading नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ । १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ ।… Continue reading वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो । प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए ।… Continue reading झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ । यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको… Continue reading भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

फाइल तस्वीर

काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । यसमध्ये २ लाख ५७ हजार… Continue reading नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ । बिहीबार पत्रकारको एक… Continue reading महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघेको छ । बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै यो संख्या १९०० नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ४ जना संक्रमितको मृत्यु भयो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ । नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने… Continue reading कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ… Continue reading खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक… Continue reading सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई छन् । मोटरसाइकल तामाङले चलाएका थिए । राई पछाडि सवार रहेको बताइएको छ । शिवसताक्षी नगरपालिका ८… Continue reading झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो । सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता… Continue reading कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो। कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए । केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला… Continue reading कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज