नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो ।… Continue reading नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरमा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । ललितपुरका दुई अस्पतालमा उपचारार्थ भर्ना भएका तीन जनाको ज्यान गएको हो । पाटन अस्पतालमा २ र मेघा अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुर र एक जना काठमाडौंका छन्… Continue reading कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

काठमाडौं । नेपालमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगले स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन मिसाएको फेला परेको छ । यस्तो उद्योगबाट उत्पादन भएका उत्पादन प्रयोगमा समेत सरकारले रोक लगाएको छ । औषधि व्यवस्था विभागले आज उद्योगको सूचि सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो । यस्ता ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ… Continue reading ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो । सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ… Continue reading पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

चितवनमा आज थपिए ८७ कोरोना संक्रमित

भरतपुर । चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति आएको परीक्षणको नतिजामा उनीहरुमा कोरोना देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा छन् । यहाँ ५० पुरुष र २३ महिला गरी कुल ७३ जनामा कोरोना देखिएको हो । उता कालिका नगरपालिकाका ६ पुरुष… Continue reading चितवनमा आज थपिए ८७ कोरोना संक्रमित

एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन

काठमाडौं । नेपालका एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै खर्चमा अनविार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रावधान ल्याएको हो । सरकारले नाकामा कडाई गरी जिल्ला भित्रको जनजीवन सहज बनाउने रणनीति ल्याएको छ । सोहीअनुसार जिल्ला छाडेर जाने र प्रवेश गर्ने व्यक्तिलाई भने कडाई गर्न लागिएको हो… Continue reading एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन

नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

फाइलफोटो

काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको… Continue reading नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ । सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ… Continue reading थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

गण्डकीमा आज थपिए ६७ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा एकै पटक ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रण पुष्टी भएको हो । पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार हुन् ।उता, पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ… Continue reading गण्डकीमा आज थपिए ६७ संक्रमित

नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि

काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिए । तर, यस अवधिमा भने १५ सय ६६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यसले कोरोना जित्ने मानिसको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता… Continue reading नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि

बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बुटवल । रूपन्देहीको बुटवलमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । बुटलवको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको हो । नवलपरासी घर भएकी एक महिला र रुपन्देही घर भएका पुरुषको ज्यान गएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का… Continue reading बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

काठमाडौं । कोभिड १९ संक्रमण र यसबारे संसारभर अनेक प्रकारका अध्ययन भइरहेका छन् । जसले नयाँ नयाँ तथ्य पत्ता लाग्ने क्रम जारी छ । यसै सन्दर्भमा बालबालिकामा कोरोना भाइरसको लक्षणका सम्बनधमा नयाँ तथ्य सार्वजनिक भएको छ । अब डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत त्यो कोरोना भाइरसको संक्रमणको लक्षण हुने निष्कर्ष अध्ययनले निकालेको… Continue reading बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

बुटवल र चितवनमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट एक\एक जनाको निधन भएको छ । बुटवलमा प्युठानका कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको छ । उनी कलेजो र फोक्सोमा निमोनियाको समस्याबाट ग्रसित रहेको बताइएको छ । उनी १० भदौमा… Continue reading बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

file

काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ । मन्त्रालयका प्रवक्ता डाक्टर… Continue reading ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा देखियो कोरोना

जुम्ला । हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको परीक्षणमा ४० जनामा कोरोना देखिएको हो । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १०, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ , अदालतका एक, तिला गाउँपालिकामा २ जना र तातोपानी गाउँपालिकाका २ जनामा… Continue reading हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा देखियो कोरोना

नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

काठमाडौं । कोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेस्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्। परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्। चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको… Continue reading नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो । जिल्लाका मेडिकल कलेज र अस्पतालमा… Continue reading चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

१६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जना कोराना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । यो सहित २१ हजार ४ सय १० जना व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र… Continue reading १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

चितवनमा थपिए ५३ संक्रमित

भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा… Continue reading चितवनमा थपिए ५३ संक्रमित

नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट आज सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने मानिसको आंकडा समेत २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ जना मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ महिला र ९ पुरुष रहेका छन् । अब देशभर ज्यान… Continue reading नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै अब वीरगन्जमा मात्र ज्यान गुमाउने व्यक्तिको संख्या ४८ पुगेको छ । शनिबार वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला, वीरगञ्ज–१२ का ४३ वर्षिय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष गरी कुल तीन जनाको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार… Continue reading वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

धरान । धरानमा कोरोना भाइरसको संक्रमणबट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो । प्रतिष्ठानका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ । ८३ वर्षीय पुरुषको शुक्रबार… Continue reading धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

वीरगन्ज । नेपालमा कोरोनाबाट सबैभन्दा उच्च मृत्यु भएको जिल्ला पर्सामा आज थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको हो । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । यी दुई सँगै अब वीरगञ्जमा कोरोना संक्रमणबाट… Continue reading वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

भरतपुर । बिहीबार चितवनमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी पुष्टी हुनेमध्ये एक जना पाँच महिनाको शिशु समेत छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसका बिरामी थप भएका हुन् । बिहीबार चितवनका मात्र ४५ जनामा कोरोना देखिएको छ… Continue reading चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका एकजनाको ज्यान गएको हो । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी ५ भदौमा अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताको समस्या… Continue reading बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

चितवनमा बुधबार थपिए ४४ संक्रमित

भरतपुर । चितवन कोरोना भाइरसको अर्को इपिसेन्टर बन्ने संकेत गरेको छ । दैनिक तिब्र गतिमा बढिरहेको संक्रमणले चितवन र यस आसपासका क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । बुधबार मात्र यहाँ ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति भएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण… Continue reading चितवनमा बुधबार थपिए ४४ संक्रमित

कोरोनाबाट थप दुई जनाको मृत्यु, १७४ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा एक एक जनाको ज्यान गएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको गत राती मृत्यु भएको हो । उनी काठमाडौंका बासिन्दा भएको बताइएको छ । कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय… Continue reading कोरोनाबाट थप दुई जनाको मृत्यु, १७४ पुगे ज्यान गुमाउने

काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै

काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा १५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको अनुमानका आधारमा कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाइने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यसबाट कम्तिमा १५ हजार मानिस संक्रमित भेटिने अनुमान गरिएको छ । अहिले उपत्यकामा करीव २७ सय… Continue reading काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै

चितवनमा बिहानै थपिए १७ संक्रमित

भरतपुर । चितवनमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार आएको नतिजा अनुसार चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमिता भरतपुर महानगरपालिका भित्रै ९ जना भेटिएको ल्यावले जनाएको छ । श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१… Continue reading चितवनमा बिहानै थपिए १७ संक्रमित