सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो । घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए । संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो । सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल… Continue reading सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ । मन्त्रालय स्रोतका अनुसार रौटहतमा १२ जनामा कोरोना देखिएकै समूहका थप एक जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनी पनि भारतीय नागरिक… Continue reading शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण

कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् । कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् । यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये एक जना… Continue reading कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

File

विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ । एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ । १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ ।… Continue reading उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ । यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका… Continue reading सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् । शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् ।… Continue reading नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ । संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ । सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा… Continue reading वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ । यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै… Continue reading अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा बेलायतबाट फर्किएका आमाछोरामा कोरोना पुष्टी भएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये भने ६ जना भारतीय रहेको बताइएको… Continue reading बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ

पोखरा । बिहीबार एक खुसीको खबर सार्वजनिक भएको छ । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाले कोरोनामाथि जीत हात पारेकी छिन् । पहिलो र दोस्रो परीक्षण्मा कोरोना पोजेटिभ आएकोमा तेस्रो परीक्षण्बाट भने नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उनको थ्रेट स्वाब परीक्षण गरिएको थियो । तेस्रो परीक्षण… Continue reading खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ

लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन । यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि… Continue reading लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ । यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए । उनलाई सरकारले घर… Continue reading सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान

काठमाडौं । कोरोना प्रभावित मुलुकबाट फर्किएपछि पनि स्वास्स्थ्य जाँच नगरी बसिरहेका सबै व्यक्तिलाई सरकारले कारोनाको परीक्षणको दायरामा आउन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) विधिको परीक्षणमा सहभागी हुन आह्वान गरेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा… Continue reading चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान

सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ । कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो । परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ… Continue reading सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो । यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै… Continue reading नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ

काभ्रे । नेपालमा लकडाउन शुरु हुनु अगाडी नै छिरिसकेका काभ्रेका दुई युवामा र्यापिड टेस्टका दौराना कोरोनाको लक्षण पोजेटिभ पाइएको छ । अब उनीहरुको पीसीआर विधिबाट फाइनल परीक्षण गरिने छ । उक्त परीक्षणसमेत समेत पोजेटिभ देखाएमा भने उनीहरुमा कोरोना पुष्टी हुनेछ । उनीहरु दुबै जनालाई मंगलबार धुलिखेल अस्पताल ल्याइएको छ । आजै उनीहरुको पीसीआर विधिबाट परीक्षण… Continue reading र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ

सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ । भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै… Continue reading सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ । ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो । र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि… Continue reading र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ । विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए… Continue reading बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ । वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ । यता, भारतको राजधानी नयाँ दिल्लीबाट… Continue reading कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्‍यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको… Continue reading नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

नेपालमा थप तीन जनामा कोरोना पुष्टी

काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।… Continue reading नेपालमा थप तीन जनामा कोरोना पुष्टी

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

न्यूयोर्क/ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो स्थानमा उक्लिएको छ । इटालीलाई उछिन्दै अमेरिका मृत्यु हुनेको संख्यामा पहिलो भएको हो । शनिबार दिउँसोसम्म अमेरिकामा भाइरसबाट २० हजार बढिले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको इटालीमा १९ हजार ५०० को ज्यान गएको छ । अप्रिल लागेपछि अमेरिकामा मृतकको संख्यामा अध्यधिक बृद्धि भएको हो ।… Continue reading कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले… Continue reading सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

एक सातायता नेपालमा देखिएन थप संक्रमण

काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ । त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो… Continue reading एक सातायता नेपालमा देखिएन थप संक्रमण

भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्तमण हरेक दिन बढ्दो क्रममा रहेको छ । कोभिड–१९बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको हो । भारतमा सबैभन्दा धेरै प्रभावित प्रदेश महाराष्ट्र हो… Continue reading भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् । लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा… Continue reading लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ । इटलीमा १८ हजार ८ सय मानिसको ज्यान… Continue reading कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो । तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ । अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ… Continue reading लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित