काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार… Continue reading नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
Category: स्वास्थ्य
नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् । उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । यो समुहमा… Continue reading नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
काठमाडौं । मंगलबार उदयपुरको भुल्केमा पुष्टी भएका ११ कोरोना संक्रमितमध्ये २ जना भने विदेशबाट आएको खुलेको छ । यसअघि सबैलाई समुदायमै कोरोना सरेको आंशका गरिएको भएपनि दुई जना भने दिवेशबाट आएको पाइएको हो । दुईजना मध्ये एक जना भारत र एकजना दुबईबाट आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण… Continue reading उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर… Continue reading कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
न्युयोर्क विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्यु भै सकेको छ । सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स, ब्रोंक्स, ब्रुक्लिन र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ । यहा मात्र कूल २३ जनामा… Continue reading नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ लाख ७० हजार भन्दा माथि पुगेको छ । पछिल्लो २४ घन्टा भित्र विश्वभर ५ हजार ३ सय ३९ जनाको ज्यान गएसँगै कूल आंकडाले क्रमशः उचाई छोइरहेको छ । विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये ६ लाख ४६ हजार २ सय… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो । घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए । संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो । सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल… Continue reading सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ । मन्त्रालय स्रोतका अनुसार रौटहतमा १२ जनामा कोरोना देखिएकै समूहका थप एक जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनी पनि भारतीय नागरिक… Continue reading शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् । कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् । यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये एक जना… Continue reading कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य
विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ । एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ । १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ ।… Continue reading उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य
सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ । यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका… Continue reading सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्
काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् । शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् ।… Continue reading नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्
वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ । संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ । सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा… Continue reading वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन
अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ । यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै… Continue reading अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु
कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी
काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा बेलायतबाट फर्किएका आमाछोरामा कोरोना पुष्टी भएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये भने ६ जना भारतीय रहेको बताइएको… Continue reading बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी
खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ
पोखरा । बिहीबार एक खुसीको खबर सार्वजनिक भएको छ । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाले कोरोनामाथि जीत हात पारेकी छिन् । पहिलो र दोस्रो परीक्षण्मा कोरोना पोजेटिभ आएकोमा तेस्रो परीक्षण्बाट भने नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उनको थ्रेट स्वाब परीक्षण गरिएको थियो । तेस्रो परीक्षण… Continue reading खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ
लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन । यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि… Continue reading लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित
सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने
दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ । यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए । उनलाई सरकारले घर… Continue reading सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने
चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान
काठमाडौं । कोरोना प्रभावित मुलुकबाट फर्किएपछि पनि स्वास्स्थ्य जाँच नगरी बसिरहेका सबै व्यक्तिलाई सरकारले कारोनाको परीक्षणको दायरामा आउन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) विधिको परीक्षणमा सहभागी हुन आह्वान गरेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा… Continue reading चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान
सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ
काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ । कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो । परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ… Continue reading सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ
नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण
काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो । यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै… Continue reading नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण
र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ
काभ्रे । नेपालमा लकडाउन शुरु हुनु अगाडी नै छिरिसकेका काभ्रेका दुई युवामा र्यापिड टेस्टका दौराना कोरोनाको लक्षण पोजेटिभ पाइएको छ । अब उनीहरुको पीसीआर विधिबाट फाइनल परीक्षण गरिने छ । उक्त परीक्षणसमेत समेत पोजेटिभ देखाएमा भने उनीहरुमा कोरोना पुष्टी हुनेछ । उनीहरु दुबै जनालाई मंगलबार धुलिखेल अस्पताल ल्याइएको छ । आजै उनीहरुको पीसीआर विधिबाट परीक्षण… Continue reading र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ
सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी
भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ । भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै… Continue reading सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी
र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ
पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ । ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो । र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि… Continue reading र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ
बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण
काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ । विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए… Continue reading बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण
कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा
काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ । वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ । यता, भारतको राजधानी नयाँ दिल्लीबाट… Continue reading कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा
नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी
काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको… Continue reading नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी