१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् । तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा… Continue reading १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् । उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।… Continue reading नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ । सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् । प्रदेश १ को धरानस्थित… Continue reading अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो

न्यूयोर्क । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । यो संख्या संसारमा कुनै एक देशमा भएको सर्वाधिक संक्रमण हो । संचारमाध्यमहरुका अनुसार अमेरिकामा बुधबार साँझसम्म २ लाख १३ हजार ३ सय ७२ जनामा यसको पुष्टी भइसकेको छ । यो भाइरसको संक्रमण अमेरिकामा तिब्र रुपमा बढिरहेको छ । अमेरिकामा… Continue reading अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो

कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

न्युयोर्क कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार… Continue reading कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

काठमाडौं । कोरोनाको नयाँ इपिसेन्टर बनेको स्पेनमा कोरोना प्रभावितको संख्या १ लाख नाघेको छ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको अमेरिका र इटली पछि स्पेनमा बढी मानिसलाई संक्रमण भएको छ । बुधबार यहाँ संक्रमितको आंकडा १ लाख नाघेको हो । बुधबार स्पेनमा ६ हजार २ सय १३ जना नयाँ संक्रमित फेला परेको संचारमाध्यमले उल्लेख गरेका… Continue reading स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द

काठमाडौं । सरकारले विवादित बनेको कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । सम्झौता अनुसार तोकिएको समयमा सामग्री आपूर्ति गर्न नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका… Continue reading विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द

पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा थप कोरोना संक्रमित नभेटिएको सरकारले बताएको छ । देशभर कूल ११ सय ३३ परिक्षण भएकोमा कूल ५ जनामा कोरोना देखिएको छ । तर, पछिल्लो तीन दिनयता कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार देशभर आइसुलेसनमा ९९ बिरामी रहेका… Continue reading पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ । यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ । महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ… Continue reading लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

लिस्बन । पोर्चुगलमा एकै पटक ८ जना नेपालीका कोरोनाको संक्रमण पुष्टी भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको हो । संचारमाध्यमहरुका अनुसार उनीहरु मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ मा बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरिरहेका… Continue reading पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका… Continue reading खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

काठमाडौं । निजी अस्पतालहरु कोरोनाको संक्रमणसँगै बिरामीको उपचार गर्ने दायित्वबाट क्रमशः पन्छिरहेका छन् । कतिपय अस्पतालमा ज्वरोको समेत उपचार गर्न नमानेर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले निजी अस्पताललाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश गरेो छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले रिट दायर गरेका… Continue reading निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

काठमाडौं । स्थानीय सरकारले काठमाडौं महानगरपालिकाका असहाय तथा गरीब परिवारलाई राहत वितरण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको छ । महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले यस्तो मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बस्ने असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिले… Continue reading काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

कोरोनाको इपिसेन्टरबाट

अच्युत सिग्देल / न्यूयोर्क न्युयोर्कको कोरोना इपिसण्टरको नामबाट नवनाम प्राप्त गरेको Elmhurst Hospital को Emergency ढोकाबाट दक्षिण-पूर्वको ३०० मिटरको दुरीमा कोरोनाको सन्त्रास र न्युज च्यानलको प्रभावले पार्न सक्ने नकारात्मक ट्रमाबाट बच्न टि भि बन्द गरेर, सेल्फ़ क्वारेन्टाईनमा सुरक्षित वसेका थियौं । स्कूल कलेजहरू १ महिनाको लागि बन्द भएको थियो । करिव एक महिनालाई पुग्ने ग्रोसरी पहिल्यै… Continue reading कोरोनाको इपिसेन्टरबाट

कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण मृत्यु हुने मानिसको संख्या ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ८ सय २१ जनाको ज्यान गएको छ । स्पेनमा ६ हजार ८ सय ७५ नयाँ संक्रमित थपिए । यस मुलुकले अहिलेसम्म ६ जार… Continue reading कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

कोरोना भाइरसको महामारीमा पसलका खानेकुरा कति सुरक्षित र कसरी किन्ने ?

यस्तोमा खानेकुरा औषधि लगायतका अत्यावश्यक बस्तु किन्न पसल जाँदा सङक्रमणको खतरा कति हुन्छ र कसरी जोगिन सकिन्छ ? संक्रमित व्यक्तिहरूले खोक्दा र हाछ्युँ गर्दा बाहिर निस्कने भाइरस हावामा फैलिन्छन् । यदि यस्तो किटाणूयुक्त हावामा श्वास फेरियो भने सङ्क्रमण हुन सक्छ अथवा त्यस्ता भाइरसहरू परेका कुनै सतह छोइयो भने पनि सङ्क्रमण हुन सक्छ । त्यसैले सामान… Continue reading कोरोना भाइरसको महामारीमा पसलका खानेकुरा कति सुरक्षित र कसरी किन्ने ?

केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् । आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् । अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा… Continue reading केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

काठमाडौं । सरकारले तोकिएको अवधि भित्र अनिवार्य क्वारेन्टाइनमा नबस्नेमाथि कानूनी कारवाही शुरु गर्ने भएको छ । खासगरी विदेशबाट फर्केका व्यक्तिले निर्वाध घुम्ने, डुल्ने गरेको र स्थानीय तहमा क्वारेन्टाइनमा बस्न अटेरी गरेको खबर सार्वजनिक भएको छ । शनिबार बागलुंगमा कोरोना प्रभावित पुष्टी भएकी युवती ज्वरो आउँदा पनि क्वारेन्टाइनमा नबसेको र गाउँमा निर्वाध डुलेको खबर सार्वजनिक भएको… Continue reading क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार सरकारले कोरोना विशेष… Continue reading आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन । रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु… Continue reading कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

काठमाडौं । कोरोनाले शक्ति सम्पन्न मुलुकहरुलाई त्राहीमाम बनाइरहेको छ । चीनदेखि लिएर अमेरिका र यूरोप यसको मूख्य तार्गेट बनेको छ । यस भाइरसले यी मुलुकका सर्वसाधारण मात्र नभई उच्च पदस्थ अधिकारीलाई समेत उत्तिकै सताएको छ । बेलायती राजकुमार, प्रधानमन्त्रीदेखि क्यानडाका प्रधानमन्त्रीकी पत्नीसम्म यसको संक्रमणबाट बच्न सकेका छैनन् । यसैबीच स्पेनमा कोरोनाको संक्रमणबाट राजकुमारी ८६ वर्षीया… Continue reading भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ । शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो । संगठनका अनुसार… Continue reading कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनबाट कोरोना भाइरसको संक्रमणसँग जुध्ने मेडिकल किट नेपाल ल्याएको छ । शनिबार अपरान्ह चीन उडेको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चीनको ग्वांझाउबाट सामान ल्याएको हो । यो जहाज नेपाल सरकारले चार्टर्ड गरेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि… Continue reading नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन । प्रवक्ता देवकोटाका अनुसार… Continue reading उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो । उनी २०… Continue reading धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् । कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र… Continue reading नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ । शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो । जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो । शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका… Continue reading नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

काठमाडौं । कोरोना भाइरसले अहिले अमेरिकार यूरोपेली मुलुकलाई आक्रान्त बनाएको छ । शुक्रबार यी मुलुकबाट अझ डरलागे तथ्यांकहरु आएका छन् । अमेरिकामा मात्र एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अब १ हजार ६ सय ९५… Continue reading कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न सरकारलाई चार बुँदे सुझाव दिएका छन् । उनले तत्काल राहतका कार्यक्रम घोषणा गर्न समेत सरकारसँग माग गरेका हुन् । उनले शुक्रबार विज्ञप्ति निकाल्दै आर्थिक प्याकेज घोषणाको माग गरेका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको… Continue reading कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । युवक ११ चैतमा अस्पताल भर्ना… Continue reading नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो