चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको भयावह रुप चीनमा बढ्दो क्रममा रहेको छ । चीनमा यस रोगको संक्रमणबाट १ सय ३२ पुगेको हो । भाइरसले ५ हजार ९ सय ७४ जनालाई संक्रमणको शिकार भएका छन् । यो रोग दुई साता मात्र आएको हो । चीनको वुहानबाट यस रोगको संक्रमण फैलिएको हो । चीनले पछिल्लो समय विभिन्न शहरहरुसँगको… Continue reading चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो

सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो । भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू… Continue reading सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी

चीनबाट आएका जहाज छुट्टै राखिने

काठमाडौं । अब चीनबाट आएका जहाजलाई छु्ट्टै राखेर यात्रुको व्यवस्थापन गरिने भएको छ । नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । छलफलपछि पर्यटन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा चीनबाट आउने जहाजका लागि छुट्टै व्यवस्थापन गर्न निर्देशन दिए । नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा आइतबार… Continue reading चीनबाट आएका जहाज छुट्टै राखिने

गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला

नुवाकोट । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट हराएका दुई युवाको शव पेला परेको छ । उनीहरुको शव हिउँले पुरेको अवस्थामा सोमबार फेला परेको हो । उनीहरु गोसाइँकुण्डको पदयात्रामा निस्किएका थिए । सिन्धुपाल्चोक जिल्ला मेलम्चीका २१ वर्षीय वाङदेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ का १९ वर्षीय जापान तामाङ ३ माघदेखि हराइरहेका थिए । उनीहरु हराएपछि… Continue reading गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला

अब कोरोनाको नमूना परीक्षण नेपालमै

काठमाडौं । कोरोना भाइरसको नमूना परीक्षण अब नेपालमै सम्भव हुने भएको छ । यसअघि नमूना परीक्षणका लागि विदेश पठाउनु पर्ने बाध्यता थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण शुरु भएको हो । कोरानाको परीक्षणका लागि आवश्यक केमिकल नेपाल आइसकेको बताइएको छ । उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिमा मात्र… Continue reading अब कोरोनाको नमूना परीक्षण नेपालमै

काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

काठमाडौं । आइतबार नेपाल आइ पुगेका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले चीनबाट नेपाल आएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएको छ । उनी चीन ट्रान्जिट बनाएर नेपाल आएका थिए । विमानस्थलस्थित हेल्थ डेस्क स्रोतका अनुसार नेपाल आउँदाआउँदै… Continue reading काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

बेइजिंग । चीनले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभर हुने विभिन्न पर्यटकीय गतिविधि खुम्च्याउने भएको छ । राजधानी बेइजिंगबाट विभिन्न प्रान्तलाई जोड्ने बस बससेवा कटौती गरिदैछ । चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण तत्कालका लागि रद्द गर्ने निर्णय लिएको हो । यसले अति प्रभवित प्राप्तबाट अन्य स्थानमा कोरोनाको भाइरस नफैलियोस भन्ने… Continue reading पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले मानिसहरुको ज्यान जान थालेसँगै विश्वभर पुग्ने चिनियाँ नागरिकको यात्रा प्रभावित भएको छ । चीन आफैले ११ शहरमा सबै प्रकारका पर्यटकलाई भ्रमणमा रोक लगाएको छ भने संसारभर विमानस्थलमा चिनियाँ नागरिकमाथिको स्वास्थ्य निगरानी कडा बनाइएको छ । खासगरी ठूलो जनसंख्या भएका कारण चीनलाई यात्रामा प्रतिवन्ध लगाउँदा विश्वकै पर्यटन क्षेत्र प्रभावित हुन्छ… Continue reading कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई

कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी

काठमाडौं । छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा समेत भेटिएको पुष्टी भएको छ । चीनबाट नेपाल आएका विद्यार्थीमा यसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टी भएको हो । तीन विद्यार्थीको प्रारम्भिक जाँच गरी निश्चित गर्न डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।… Continue reading कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी

कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

काठमाडौं । त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भएका व्यक्ति नेपाल प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । चीनसहितका मुलुकमा यो रोगको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर विमानस्थलमा यस्तो कक्ष स्थापना गरिएको हो । अब… Continue reading कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

अमेरिकामा समेत भेटियो कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् । जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ । रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य… Continue reading अमेरिकामा समेत भेटियो कोरोना भाइरस

रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ । घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड… Continue reading रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

काठमाडौं । चीनमा हालै देखिएको कोरोनाभाइरस नामक रोगले चीनमा ६ जनाको ज्यान लिएको छ । यो रोगलाई एक अज्ञात रोग मानिएको छ । चिनियाँ अधिकारीलेहरुका अनुसार चीनमा यस रोगले महामारीको रुप लिने सम्भावना बढेको छ । चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले मात्र यस रोगका लक्षण देखिन थालेका थिए । वुहानका नगरप्रमुख झाओ… Continue reading कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

धादिङ । धादिङको निलकण्ठ नगरपालिका, ८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई हलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ट्रकमा २५ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र… Continue reading धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ । उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो । प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु,… Continue reading दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

पोखरा । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका ७ जना (४ कोरियाली र ३ नेपाली)को खोजी कार्य आइतबारसमेत जारी रह्यो । तर, बाक्लो हिउँ जमेका कारण उनीहरुका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको कास्की प्रहरी जनाएको छ । अन्नपूर्ण आधार शिविर जाने बाटोको देउराली आसपास गएको हिमपहिरोमा उनीहरु परेको बताइएको छ । पहिरोले उनीहरुलाई पुरेका कारण जिवित फेला… Continue reading अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो । उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो । अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो… Continue reading विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् । यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ । घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् । आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम… Continue reading यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

सुनिताले जन्माइन चम्ल्याहा शिशु

पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो । ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको… Continue reading सुनिताले जन्माइन चम्ल्याहा शिशु

त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ । धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार… Continue reading त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

अर्जनप्रसाद मैनाली विश्वरक्तदाता रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै… Continue reading रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध लागेको बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाएको छ । रोशनीले शुरुमा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, त्यसको २४ घण्टा पनि नबित्दै उनले महराबाट त्यस्तो कुनै काम नभएको भन्दै उनी निर्दोष रहेको बयान दिएकी थिइन् ।… Continue reading महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयल भारत निर्यात गर्न रोकिएकोप्रति चिन्ता व्यक्त गरेको छ । भारतले विभिन्न मुलुबाट आयत हुने पाम आयलमा प्रतिवन्ध लगाएको छ । भारतले लगाएको रोकलाई कूटनीतिक पहल गरी खुलाउन र अन्य मुलुकमा समेत निर्यातको सहज वातावरण बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । काँग्रेस संसदीय दलका प्रमुख… Continue reading पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

प्रधानमन्त्रीको डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए । सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् । आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ… Continue reading प्रधानमन्त्रीको डायलासिस आज पनि

भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

कन्नौज । भारतको उत्तरप्रदेशस्थित कन्नौजमा एक निजी बस र ट्रक ठोक्किदा बसमा भयंकर आगो लागेको छ । आगोमा जलेर कम्तिमा २० जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ । करीव ४१ जना सवार भएको अनुमान गरिएपनि यकिन यात्रु संख्या पत्ता नलागेको बताइएको छ । यो स्लिपिंग बस थियो । आगलागीका कारण कैयौं मानिस घाइते भएका… Continue reading भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

सिड्नी । अष्ट्रेलियामा आगलागीका कारण २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न स्थानमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् । उनले संसदमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आंकडा सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीले २१ सय ३१ घरमा क्षति पुगेको छ । मृत्यु हुनेको संख्या अझ… Continue reading अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट… Continue reading रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

देशभरको मौसममा सुधार

काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ । वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार आइतबारबाट मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदैछ ।… Continue reading देशभरको मौसममा सुधार

अष्ट्रेलियामा डडेलोको कहर

सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा परिचालन गर्न लागिएको छ । धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय शनिबार नै भएको उनले… Continue reading अष्ट्रेलियामा डडेलोको कहर

शनिबार पनि मौसम प्रतिकूल

काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ । शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको… Continue reading शनिबार पनि मौसम प्रतिकूल