काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने भएको छ ।… Continue reading जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव
Category: स्वास्थ्य
सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव बुझाउन थालिएको छ । आज पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् । दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी… Continue reading सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो
हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए । पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै… Continue reading हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने
जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । सौर्यको ९ एन(एएमई–सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो।… Continue reading जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?
अमेरिकामा मानिसमा बर्ड फ्लू पुष्टी
काठमाडौं । कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ । सङ्क्रमित चारैजना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ । यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने,… Continue reading अमेरिकामा मानिसमा बर्ड फ्लू पुष्टी
स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?
काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् । ‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै… Continue reading स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?
त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत
काठमाडौं । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए–नभएको पुष्टि भइसकेको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा… Continue reading त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत
कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार… Continue reading कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो
पश्चिम अमेरिका अधिक गर्मीको मारमा
काठमाडौं । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न… Continue reading पश्चिम अमेरिका अधिक गर्मीको मारमा
विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १००… Continue reading विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै
काठमाडौं । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड… Continue reading आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै
भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
काठमाडौं । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ ।… Continue reading भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
सिरोहिया अस्पताल भर्ना
काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको सञ्चारमाध्यमले जनाएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो । उनी डायबेटिज, उच्च रक्तचाप लगायतका समस्याबाट… Continue reading सिरोहिया अस्पताल भर्ना
तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम
काठमाडौं । देशभर गर्मी बढ्दै जाँदा जनजिवन प्रभावित भएको छ । खासगरी तराई मधेशमा गर्मी उच्च तहमा पुगेको हो । यसले तातो हावा चल्दा लु लाग्ने सम्भावना समेत बढाउँछ । बाँके, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी मापन भएको छ ।… Continue reading तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम
गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका छन् ।… Continue reading गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?
डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका… Continue reading डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो
आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए। गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने… Continue reading आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?
विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ
काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई आह्वान गरेका छन् । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला… Continue reading विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ
दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु
काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म चल्दैछ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई–मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३… Continue reading दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु
आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी
काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह,… Continue reading आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी
सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु… Continue reading सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो । महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग… Continue reading काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही
चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु
काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा… Continue reading चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु
गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त
काठमाडौं । सरकारले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाइ नियुक्त गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए… Continue reading गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त
प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन । स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार… Continue reading प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन
सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ । मन्त्रालयले कोरोनाको… Continue reading सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान
अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा
काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको… Continue reading अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा
आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ । डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो । डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ ।… Continue reading आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी
अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ–आफ्नो ठाउँबाट योगदान गर्न उनले् सम्पूर्ण नेपालीलाई अपिल गरे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले काठमाण्डौमा गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा… Continue reading अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई
भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई… Continue reading भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी