काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने… Continue reading बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने
Category: स्वास्थ्य
राष्ट्रपति पुनः अस्पताल भर्ना
काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र… Continue reading राष्ट्रपति पुनः अस्पताल भर्ना
नेपालमा मंकिपक्स भाइरस पुष्टी
काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य… Continue reading नेपालमा मंकिपक्स भाइरस पुष्टी
भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा… Continue reading भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?
काठमाडौं । मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ। राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार एन्जिओग्राफी गरिएको जानकारी गराएका छन् । एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो। यसलाई सचिवालयले नियमित चेकजाँच… Continue reading राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार जना बालबालिकामा दादुरा पुष्टी भएको छ। दादुरा पुष्टी भएका सबै बिरामीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ स्थित जोभो कदम्पा विद्यालयका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षणहरु देखिएको थियो। शंकास्पद बिरामीको उमेर ८ वर्षदेखि… Continue reading काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी
देशभर बढ्दो गर्मी केही दिन नरोकिने
काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक… Continue reading देशभर बढ्दो गर्मी केही दिन नरोकिने
देशभरको गर्मी अझै केही दिन रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। मौसमविद्हरुका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ। हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा… Continue reading देशभरको गर्मी अझै केही दिन रहने
स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर… Continue reading स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो
अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै
काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका… Continue reading अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का… Continue reading ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु
आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान
काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला… Continue reading आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान
राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिएका छन् । उनका अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् । राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ ।… Continue reading राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना
एमाले अध्यक्ष ओली अस्वस्थ्य
काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” आगामी वैशाख… Continue reading एमाले अध्यक्ष ओली अस्वस्थ्य
नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ७३ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टी
पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?
काठमाडौं । गाई–भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग बढेसँगै किसानहरुमा त्रास फैलिएको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै–कतै पशुचौपाया मर्न थालेका छन् । पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको… Continue reading पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?
कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो… Continue reading कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नर गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । भोलिदेखि आउँदो वैशाख… Continue reading बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक
६४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू… Continue reading ६४ जनामा कोरोना पुष्टी
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको पाइएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो। सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो।… Continue reading कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?
जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। घरमा कसैलाई फ्लु लागे वा… Continue reading जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेट सम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । पौडेल गत… Continue reading पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना
श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत… Continue reading श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण
काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण
तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी
तनहुँ । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको हुन् । उपभोक्तले ट्यांकीमा… Continue reading तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी
सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी
काठमाडौं । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको भेटाएको छ । क्यान्टिनलाई तीन लाख जरिवाना गरिएको छ । त्यहाँ मम बनाउने किमामा समेत… Continue reading सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी
स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गतराति स्वीटजरल्याण्ड प्रस्थान गरेको छ । कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र… Continue reading स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ
चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?
काठमाडौं । ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले जानकारी दिएका… Continue reading चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?