काठमाडौँ, २७ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१… Continue reading समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
Category: कला / साहित्य
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया
काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका… Continue reading प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया
प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना
काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना
गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने
न्यूयोर्क । स्वस्ति इण्टटेनमेण्टको ब्यानरमा रचनाकार अनिता थापाले न्यूयोर्कको ज्याक्सन हाइट्समा ‘स्वस्ति साँझ’ आयोजना गर्ने भएको छ । यही मार्च १४ तारिख शनिबार साँझ ७ बजेदेखि ज्याक्सन हाइट्सस्थित ‘ह्वाइट हल’मा करिब १२ सयको हाराहारीमा नेपाली गीतहरु रेकर्ड गराइसकेका गायक जगदीश समालद्वारा गाइएका लोकप्रिय नेपाली सुगम संगीतहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक ओम कर्माचार्यले बताएका छन् ।… Continue reading गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने
डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल
काठमाडौँ, २६ फागुनः सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताइन् । “कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन… Continue reading डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल
पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत
वीरगञ्ज (पर्सा), २६ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ । मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताए । नेपाली कांग्रेसलाई आठ… Continue reading पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत
निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा
काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले… Continue reading निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा
समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?
काठमाडौँ, २६ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८,… Continue reading समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?
यी हुन्, पैँतीस वर्षमुनिका माननीय
प्रगति ढकाल–राससकाठमाडौँ, २५ फागुनः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।… Continue reading यी हुन्, पैँतीस वर्षमुनिका माननीय
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
काठमाडौँ, २५ फागुनः सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएक १८ मध्ये १७ जना सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि… Continue reading राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्
धरान (सुनसरी), २५ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत… Continue reading सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त… Continue reading इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
गण्डकी, २५ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको… Continue reading कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
संगीता राई–राससधरान (सुनसरी), २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य… Continue reading श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ : ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८… Continue reading समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त
काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत
काभ्रेपलाञ्चोक, २५ फागुनः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा… Continue reading काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत
बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी
बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार… Continue reading बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले… Continue reading काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
गोरखा, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका… Continue reading गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताएकी छिन् । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन्… Continue reading जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग… Continue reading प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस
धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय
काठमाडौँ, २४ फागुनः निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’… Continue reading धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय
हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक
धरान (सुनसरी) २४ फागुनः सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले… Continue reading हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक
कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी
सुदूरपश्चिम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन क्षेत्र नं ४मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे । निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार यो… Continue reading कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी
रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित
चन्द्रपुर (रौतहट), २४ फागुन । रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए । नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२… Continue reading रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित
पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, विनोद चौधरी पराजित
नवलपुर (नवलपरासी), २४ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरे । यस… Continue reading पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, विनोद चौधरी पराजित
दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित
खलङ्गा (दार्चुला), २४ फागुनः दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त… Continue reading दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
भद्रपुर (झापा), २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । झापा २ मा… Continue reading झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
बालेनले पाए ऐतिहासिक मत
२३ फागुन, काठमाडौं । झापा ५ मा बालेन शाहले ऐतिहासिक जनमत पाएका छन् । उनले कुल ६८ हजार ३४८ मत पाए । जुन नेपालको संसदिय इतिहासमा एक उम्मेदवारले पाएको सर्वाधिक मत हो । उनका निकटतम प्रतिद्वन्दी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए । काङ्ग्रेसले मात्र १८२१ मत पायो । अहिले मतगणना… Continue reading बालेनले पाए ऐतिहासिक मत
मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित
मोरङ, २३ फागुनः मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धीमा नेपाली… Continue reading मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित