पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

बेइजिङ, २ साउन (रासस–एएफपी) । वाशिङ्गटनले अमेरिकामा पत्रकारहरूको बसाइ अवधि छोट्याउने नियम अन्तिम रूप दिएको भोलिपल्ट चीनले शुक्रबार ‘प्रतिकारात्मक कदम’ चाल्न सक्ने चेतावनी दिएको छ। यसमा चिनियाँ नागरिकहरूलाई सबैभन्दा कडा सीमा लागू हुने भएको छ। सेप्टेम्बरदेखि लागू हुन सक्ने यो परिवर्तनअनुसार विदेशी पत्रकारहरूलाई अमेरिकामा मात्र २४० दिन ९करिब आठ महिना० बस्न पाइने छ, तर त्यति… Continue reading पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

३२ असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४… Continue reading संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ३२ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उनीहरुबीच विचार–विमर्श भयो… Continue reading शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

राससदामैली (तनहुँ), २९ असारः असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस… Continue reading जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २९ असारः २१३औँं भानु जयन्तीका अवसरमा नेपाल शिक्षा परिषद र भानु माध्यमिक विद्यालयद्धारा काठमाडौँँमा सोमबार आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको शालिकमा अगाडि भानु माविका विद्यार्थी रामायण वाचन गर्दै । तस्बिरःप्रदीपराज वन्त/रासस

काठमाडौँ, २९ असारः आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको… Continue reading आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

File : Naima Abu Ful poses for a photo with her 2-year-old malnourished child, Yazan, at their home in the Shati refugee camp in Gaza City, Wednesday, July 23, 2025. (AP Photo/Jehad Alshrafi)

जेनेभा, २७ असार (रासस–एएफपी) । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले… Continue reading एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

पशुपतिमा साउने सोमबारको तयारी सुरु

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ असार । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा… Continue reading पशुपतिमा साउने सोमबारको तयारी सुरु

अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

काठमाडौं, २५ असार । शिक्षा तथा खेलकुद मन्त्रालयको A-Level, CBSE, IBDP लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।मन्त्रालयको विद्यालय शिक्षा शाखाले बिहीबार सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने… Continue reading अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ, २३ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका… Continue reading विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगी नियन्त्रणसम्म नयाँ व्यवस्था 

काठमाडौँ, २४ असार । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो… Continue reading शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगी नियन्त्रणसम्म नयाँ व्यवस्था 

एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

काठमाडौँ, २२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रुपमा अवलोकन गरेका छन् । एडीबीको सहयोगमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उहाँरुले अवलोकन भ्रमण गरेका हुन् । अवलोकनका… Continue reading एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

मासिक राशिफल (जुलाई, २०२६)

ज्योतिष आचार्य डा. प्रकाश पौडेलजुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले… Continue reading मासिक राशिफल (जुलाई, २०२६)

ब्लोअप : सन्ध्या देउला

नाम : सन्ध्या देउलाठेगाना : पाटन, ललितपुरहाल : अबुधाबी, यूएईउचाइ : ५ फिट ६ इञ्चशिक्षा : माध्यमिक तह (हाई स्कूल)उपलब्धि : मिसेस नेपाल २०१५(मिसेस ब्यूटिफुल उपाधि विजेता)पेशा : सिवल्र्ड, अबुधाबी(यस आइल्याण्ड)मा सेल्स एसोसिएट पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा… Continue reading ब्लोअप : सन्ध्या देउला

श्रष्टा परिचय : टक गुरुङ

स्थायी ठेगाना :आँबुखैरेनी गाउँपालिका–३,तनहुँ, गण्डकी प्रदेश,हाल : यूएई गजल मेशिन मर्मत गर्दा घनले हिर्काउनु पर्छजीवन पनि ठीक हुन थोरै हण्डर पाउनु पर्छ आफ्नो परिचय दिनु पर्ने त हजुरले हो मालिकमेरो त ठेलाले भनिहाल्छ जे जे बताउनु पर्छ चुनाव सँगै चुनावी बाचा बिस्र्यो नेतालेआफ्नै पद चिन्ह डुँगा भए पछि मेटाउनु पर्छ यो देशको अवस्था देख्दादेख्दै भन्दैछौकिसान… Continue reading श्रष्टा परिचय : टक गुरुङ

अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

२१ असार, अबुधाबी । युनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले कार्यभार सम्हालेको झण्डै ३ वर्ष पुगेको छ । उनले सन् २०२३ सेप्टेम्बर २८ मा नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् । त्यसको केही दिनपछि अक्टोबर ४ मा उनले यूएईका राष्ट्रप्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै औपचारिक रुपमा राजदूतको जिम्मेवारी ग्रहण गरेका थिए ।… Continue reading अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

लन्डन, २१ असारः बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए । त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका… Continue reading बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

२१ असार, यूएई । रुपन्देही सेवा समाज यूएईको अध्यक्षमा कला पंगेनी सर्वसम्मत निर्वाचित भएकी छन् । समाजका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा २१ जुनमा बरदुबईमा आयोजित समाजको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष युवराज भट्टराई, प्रथम उपाध्यक्ष हेमा भण्डारी, महिला उपाध्यक्ष नारायणी भुसाल र अन्य उपाध्यक्षहरुमा खेम रास्कोटी मगर, सीता पंगेनी… Continue reading रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

प्रेमरोगीको डायरी

आरएल श्रमजीवी, लण्डन ‘तिमीले छोड्यौ भने, तिमीले मलाई बेवास्ता ग¥यौ भने, म त तिम्रै नाममा मरिदिन्छु । हाँसीहाँसी तिम्रो नाम लिएर मर्न मलाई मन्जुर छ ।’ कुनै समय तिमीले म्यासेन्जरमा भनेका यी शब्द सुन्दा म झस्किएको थिएँ । ‘हे पागल्नी, के भनेको यस्तो ?’ मैले अचम्म मान्दै भेटमा प्रतिप्रश्न गरेको थिएँ । तिमी मुस्कुराएकी थियौ… Continue reading प्रेमरोगीको डायरी

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ   

काठमाडौँ, १९ असार  । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट… Continue reading शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ   

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त  

काठमाडौँ, १९ असार  । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भए । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भए… Continue reading त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त  

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

File : मतदान गर्न लामबद्ध सर्वसाधारण दाङ, २१ फागुनः दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्द्मोदय नमुना मावि मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न बिहानैदेखि लामबद्ध सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो । आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा… Continue reading चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ, १३ असारः साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन् । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले… Continue reading साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् । भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी… Continue reading तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

काठमाडौँ, ११ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र… Continue reading कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

file

काठमाडौँ, ११ असारः कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रृटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् । काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।… Continue reading कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

RSS

काठमाडौँ, १० असारः प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिए… Continue reading प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा… Continue reading चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति… Continue reading रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो… Continue reading रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने… Continue reading रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी