असामान्य जोडीको कथामा ‘गौँथली’

काठमाडौँ, १७ जेठः असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिएका छन् । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिन्छन् । उनको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन… Continue reading असामान्य जोडीको कथामा ‘गौँथली’

कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान

काठमाडौँ, १३ जेठः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान… Continue reading कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान

प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै

RSS

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहो¥याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताए । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक… Continue reading प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै

प्रतिनिधिसभामा छिट्टै प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छः सभामुख अर्याल

काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी गराएका छन् । सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे । उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त… Continue reading प्रतिनिधिसभामा छिट्टै प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छः सभामुख अर्याल

काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

काठमाडौँ, १२ जेठ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् । उनले भनिन्, “महोत्सवमा पहिचान,… Continue reading काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

प्रतिनिधिसभाको बैठक आज बस्दै

तस्बिरः किरणराज विष्ट\रासस

काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान… Continue reading प्रतिनिधिसभाको बैठक आज बस्दै

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत… Continue reading वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर, ११ जेठः नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि… Continue reading एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

राससकाठमाडौँ, १० जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए । सोही निर्वाचन क्षेत्रबाट निर्वाचित… Continue reading नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया

file

भक्तपुर, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले पार्टीको आइतबार बस्ने बैठकमा… Continue reading आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया

महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

जलेश्वर (महोत्तरी), ९ जेठः विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको… Continue reading महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ (चितवन), ९ जेठ । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो । आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका… Continue reading सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं, ८ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री… Continue reading शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

file

भक्तपुर, ८ जेठ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज… Continue reading एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

काठमाडाैँ,७ जेठ । प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकमा विपक्षी दल नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरू वेलमा गएर नाराबाजीसहित विराेध गर्दै । तस्बिर ः रत्न श्रेष्ठ,रासस

काठमाडौँ, ७ जेठः प्रतिनिधिसभाको आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने… Continue reading विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग

सांसद खनाल काठमाडौँ, ७ जेठः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद केपी खनाल । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ, ७ जेठः सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे । “हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय… Continue reading हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

रासससिरहा, ७ जेठः सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको… Continue reading जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौँ), ७ जेठः सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा… Continue reading उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

अमेरिका, ६ जेठ । अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका… Continue reading अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ, ५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा शपथग्रहण गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ, ५ जेठः राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत… Continue reading नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर, ५ जेठ । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको बताए । उनले भने, “तीन दिनसम्म खरिपाटीस्थित नेपाल… Continue reading देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौँ, ५ जेठः राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसकेको छ भने एक साताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले आयोगको ११४५ हेल्पलाइन सेवा र उजुरीसम्बन्धी काम… Continue reading महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

एमालेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

भक्तपुर, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिए । बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र… Continue reading एमालेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौँ, ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य… Continue reading आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

कैलाली, ३ जेठः धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस’ सत्रमा सहभागी वक्ताहरूले संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन् । प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजनाहरू निर्माणका लागि प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । निजी क्षेत्र… Continue reading संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ, २ जेठः बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका… Continue reading नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुर, २ जेठः पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छिन् । उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाडेकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ । अधूरो शिक्षालाई… Continue reading भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

राससपाँचथर, ३१ वैशाखः हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् । फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा… Continue reading पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् । मङ्गलवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले अझै पनि लाखौँ बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको भन्दै उनीहरूलाई कक्षाकोठामा ल्याउन सरकारको प्रभावकारी कदम आवश्यक रहेको बताएका हुन् । बैठकमा राष्ट्रिय… Continue reading विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५… Continue reading हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त