एसईई परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये… Continue reading एसईई परीक्षाको नतिजा सार्वजनिक

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ, वैशाख २८ गते । सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई सहज पहुँचयोग्य बनाउने सङ्कल्प गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीमुखी शिक्षाको विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी… Continue reading पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी

२६ वैशाख, धरान । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका(१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्‍चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित कार्यकारी प्रमुख हिकमत सिंह ऐर , धरान उपमहानगरपालिकाकी… Continue reading पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी

सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?

२५ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि महत्त्वपूर्ण कदम चालेको दावि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने कार्यालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम… Continue reading सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु

२५ वैशाख, काठमाडौं । सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो । विज्ञ समितिले छनोट गर्ने र सर्ट लिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय सुझाव मागिनेछ। “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी… Continue reading आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु

सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै

२५ वैशाख, काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग… Continue reading सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

४ वैशाख, काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश… Continue reading आज बागमती प्रदेशभर सार्वजनिक बिदा

संविधान संशोधनको तयारीका लागि पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन

२४ वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुलाई आमन्त्रण गरी छलफलसहित सुझाव संकलन गरेको हो। छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू डा। युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलका… Continue reading संविधान संशोधनको तयारीका लागि पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी, के हो सन्देश ?

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै… Continue reading राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी, के हो सन्देश ?

राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । सोहीअनुसार राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए… Continue reading राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

पाठ्यक्रम पुनरावलोकन हुने, कार्यदल गठन

२२ वैशाख, काठमाडौँ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्ने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल एक कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरूमा डा लेखनाथ पौडेल, डा मिनाक्षी दाहाल, डा अमिना सिंह,… Continue reading पाठ्यक्रम पुनरावलोकन हुने, कार्यदल गठन

संविधान संशोधन बहसपत्र कार्यदलले गर्‍यो संवैधानिक निकायका पूर्वप्रमुख र पूर्वप्रशासकहरूसँग छलफल

file

२२ वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा चलेको परामर्शमा शासकीय स्वरूपदेखि संघीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकायलगायत विषयमा गहन बहस भएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले… Continue reading संविधान संशोधन बहसपत्र कार्यदलले गर्‍यो संवैधानिक निकायका पूर्वप्रमुख र पूर्वप्रशासकहरूसँग छलफल

प्रधानमन्त्री कार्यालयबाट पत्रकार धपाइएपछि यस्तो आयो स्पष्टीकरण

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरेको भन्दै आज सामाजिक संजालमा भिडियो तथा समाचार भाइरल भइरहेको छ । सो सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको स्पष्टीकरण सार्वजनिक भएको छ । सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनको अत्यधिक भीडभाड देखिएपछि उहाँले… Continue reading प्रधानमन्त्री कार्यालयबाट पत्रकार धपाइएपछि यस्तो आयो स्पष्टीकरण

राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश पुनर्विचार नै नगरी शितल निवास सिफारिस

२१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार गर्नु’ भनेर पठाएको २४ घण्टा नबित्दै सरकारले त्यही अध्यादेश जारी गर्न फेरि राष्ट्रपतिलाई सिफारिस गरेको छ । सन्देशसहित अध्यादेश फिर्ता गर्ने राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै सरकारले फेरि अध्यादेश पठाएको हो । संविधानमा संसद्का दुवै सदनबाट पारित भएका विधेयकहरू एकपटक पुनर्विचारका लागि फिर्ता पठाउन सक्छन् । तर मन्त्रिपरिषद्ले… Continue reading राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश पुनर्विचार नै नगरी शितल निवास सिफारिस

सांसदलाई पिए सुविधा दिने तयारी

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, वैशाख २१ गते । सङ्घीय संसद् सचिवालयले सांसदका लागि स्वकीय सचिव (पिए) को सुविधा दिने विषयमा पहलकदमी लिएको छ । सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दललाई पत्राचार गरेर स्वकीय सचिव चाहिएमा माग गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको छलफलका आधारमा सङ्घीय संसद्… Continue reading सांसदलाई पिए सुविधा दिने तयारी

प्रेस स्वतन्त्रता हननका घटना बढे

काठमाडौँ, वैशाख २० गते । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन् । नेपाल पत्रकार महासङ्घले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका १३१ घटना भएका हुन् । गत वर्ष ७३ वटा मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए । पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१… Continue reading प्रेस स्वतन्त्रता हननका घटना बढे

आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

१८ वैशाख, काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र… Continue reading आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

१७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर वास्तविक सुकुमवासी पहिचान गर्न आग्रह गरेको छ । मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो । राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका… Continue reading संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

६ वटा अध्यादेशबारे निर्णय लिनुपूर्व संविधानविद्सँग राय लिँदै राष्ट्रपति

१७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका विभिन्न ६ अध्यादेशबारे राय लिनु अगाडी संविधानविद्हरूसँग राय लिने भएका छन् । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेको छ । यसले स्वयमः राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ । यसबारे पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने बताइएको छ उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल… Continue reading ६ वटा अध्यादेशबारे निर्णय लिनुपूर्व संविधानविद्सँग राय लिँदै राष्ट्रपति

कानून ल्याउने प्रक्रियाबारे आलोचना भइरहँदा प्रधानमन्त्रीका सल्लाहकार यसो भन्छन्…

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् । सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा प्रष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् । उनले अघि लेखेका… Continue reading कानून ल्याउने प्रक्रियाबारे आलोचना भइरहँदा प्रधानमन्त्रीका सल्लाहकार यसो भन्छन्…

काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

तस्बिरः गोपाल दाहाल/रासस

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ । आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यतामा बसेको बैठकले यसबारे निर्णय गरेको हो । ‘१५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको… Continue reading काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

१६ वैशाख, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा… Continue reading सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’… Continue reading सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

नेकपाद्वारा वाम एकताको आह्वान

RSS

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो । कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा… Continue reading नेकपाद्वारा वाम एकताको आह्वान

संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

rss

१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि वैशाख ८ गतेको… Continue reading संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्तासँग विशेष छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशकका अनुभव, चुनौती र जनचाहना समेटेर ठोस बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदलले विज्ञहरूको राय सङ्कलनलाई तीव्रता दिएको हो । छलफलका क्रममा… Continue reading संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ गते । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने… Continue reading आजदेखि नयाँ शैक्षिकसत्र सुरु

संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

file

काठमाडौँ, वैशाख १५ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल, २०८२ ले सोमबार संविधान र कानुनविद्सँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो । छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो… Continue reading संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

काठमाडौँ, वैशाख १४ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ । आगामी कात्तिक… Continue reading नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला… Continue reading पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला