काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना… Continue reading नवनियुक्त मन्त्रीहरुले लिए सपथ
Category: कला / साहित्य
सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एन्ड लिड्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए… Continue reading सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल
काठमाडौं । एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए । बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै… Continue reading एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल
कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा
काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा… Continue reading कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा
सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट… Continue reading सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति… Continue reading कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव
काठमाडौं । निजामती सेवा प्रवेशका लागि उम्मेदवार बन्न पाउने अधिकतम उमेर सीमा घटाउन प्रस्ताव गरिएको छ । सोमबार संघीय संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने प्रस्ताव गरिएको छ । यसअघि पुरुषहरुले ३५ वर्ष र महिलाहरुले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी… Continue reading सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव
नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका… Continue reading नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने
गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस
काठमाडौं । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक… Continue reading गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस
नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति
काठमाडौं । नयाँ गठबन्धनमा ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भएको छ । उपाध्यक्ष एमालेले पाउने भएको छ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने भएका छन् । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ… Continue reading नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति
नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै तीन जना मन्त्रीले सपथ लिएका छन् । प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै… Continue reading नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ
गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने
काठमाडौं । काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब एमाले सहितका दलको समर्थनमा सत्ता चलाउने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएका छन् । यसका लागि उनीहरुले आज पार्टी भित्र आन्तरिक छलफल गरेका थिए ।… Continue reading गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने
एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा
काठमाडौं । सोमबार बिहानैबाट राजनीतिक सरगर्मी बढेको छ । गठबन्धनमा खटपट आएको संकेतसँगै माओवादीप्रति एमाले लचक बनेको छ । यसबाट कांग्रेस शसंकित बन्दा गठबन्धन फेरिने सम्भावना समेत बढेको छ । आज गठबन्धनको बैठक बिहान ७ बजे बालुवाटरमा बोलाइएको थियो । तर, बैठक स्थगित भएको छ । तर, प्रमुख प्रतिपक्षी दलहरु एमाले र रास्वपाले आकस्मिक रुपमा… Continue reading एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा
रास्वपा सचिवालय बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बसिरहेको छ । सोमबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याललाईं उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिने देखिएको छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा… Continue reading रास्वपा सचिवालय बैठक जारी
राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै
काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यलाई आज शपथ खुवाइदैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा… Continue reading राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै
टीआरसी विधेयक आज टुंगिएला ?
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका… Continue reading टीआरसी विधेयक आज टुंगिएला ?
एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित
काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालयल बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा समस्या आएको र नयाँ समिकरणमा जानु पर्ने बाध्यता आएको संकेत नेताहरुले बताउन थालिसकेका छन् । यसमा एमालेले आकस्मिक रुपमा बोलाएको सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ… Continue reading एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित
काठमाडौंका भित्तामा अब चित्र कोरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर… Continue reading काठमाडौंका भित्तामा अब चित्र कोरिने
संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै
काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा… Continue reading संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै
भजन शिरोमणी भक्तराज आचार्य रहेनन्
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य ३० वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । यस अवधिमा उनले ठोस खानेकुरा समेत खान पाएका थिएनन् । उनले दूध जस्ता… Continue reading भजन शिरोमणी भक्तराज आचार्य रहेनन्
पशुपतिको जग्गा खोज्न समिति गठन
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो । मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति… Continue reading पशुपतिको जग्गा खोज्न समिति गठन
अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने
अमित शाह, न्युयोर्क । मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ । आयोजकको घोषणा;मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations… Continue reading अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने
कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै… Continue reading कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा.… Continue reading कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास… Continue reading ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् । ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक… Continue reading कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
सुरु भयो कांग्रेस महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन… Continue reading सुरु भयो कांग्रेस महासमिति बैठक
त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। उपकुलपतिका… Continue reading त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस
कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ। ‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली… Continue reading कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन
आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट… Continue reading आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा