संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

gorakhapatra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा… Continue reading राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

आज भोटे जात्रा, उपत्यकामा बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।… Continue reading आज भोटे जात्रा, उपत्यकामा बिदा

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति… Continue reading रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

२ असोजमा शिक्षा दिवस मनाइने

काठमाडौं । सरकारले २ असोजलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा माउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन् । अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट… Continue reading २ असोजमा शिक्षा दिवस मनाइने

काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

काठमाडौं । काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ । महानगरको शिक्षा ऐन… Continue reading काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विभिन्न १३ विषयमा १३ बुँदे स्पष्टीकरण बुझाउन १५ दिनको समय तोकेको हो। ‘महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन… Continue reading लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले… Continue reading हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

काठमाडौं । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । उनको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो । धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता… Continue reading खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं । आज बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

अलबिदा प्रमिला !

कृष्ण सादगी, भर्जिनिया प्रमिला- भारी मन मटुले‘भावपूर्ण श्रद्धाञ्जली’ लेख्दैछुआज तिम्रो अन्तिम बिदाईमाअसह्य गहिरो पीडाबोध गर्दैछु। तिम्रो प्रेम-प्रतिज्ञा, प्रयासर प्रयोगलाई सलाम छ।तिम्रो निष्ठा, त्याग, साहासर संघर्षलाई सम्मान छ। जन्मेपछी मर्नु त निश्चित छर, यो साश्वत सत्य नबुझ्ने को छ ?रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्राआज किन यति निष्ठुर र निर्मम बन्न पुग्यो? बिगत् सम्झदैछुजब तिमी रामसंग प्रेमकोअंकुरण… Continue reading अलबिदा प्रमिला !

चितवनमा लामिछानेलाई उच्च अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनी ४१ हजार ५ सय ४ मतसहित अगाडि छन् । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि छन् । श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले… Continue reading चितवनमा लामिछानेलाई उच्च अग्रता

आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

काठमाडौं । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका… Continue reading आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन्… Continue reading प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

उपनिर्वाचनमा ६० प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।… Continue reading उपनिर्वाचनमा ६० प्रतिशत मतदान

उप-निर्वाचनमा मतदान सुरु

काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट… Continue reading उप-निर्वाचनमा मतदान सुरु

गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका… Continue reading गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

काठमाडौं । इदमा प्रदर्शन हुने सलमान खान अभिनित ुकिसीका भाइ, किसिका जानुलाई वितरक मनोज राठीले नेपाल ल्याउँदैछन् । फिल्मलाई भारतीय रुपैयाँ एक करोडमा किनेर राठीले नेपाल प्रदर्शनमा ल्याउने भएका हुन् । ‘अब नेपालमा पनि सलमानको क्रेज धेरै छ । त्यसैले दर्शकले यो फिल्मलाई हेरिदेलान् भनेर हामीले फिल्मलाई एक करोडमा किन्ने जोखिम मोलेका छौं, राठीले भनेका… Continue reading नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले… Continue reading विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

काठमाडौं । आउँदो १० गते आइतबार हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो । आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको… Continue reading जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

२७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

काठमाडौं । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।… Continue reading २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

आज मन्त्रिपरिषद् बिस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक… Continue reading आज मन्त्रिपरिषद् बिस्तार हुँदै

ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा। श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा… Continue reading ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने

ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमारको सांसद पद गएको छ । पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै उनको सांसद पद गएको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल… Continue reading ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी

ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बोलाएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएकाले बैठक पछि सारिएको… Continue reading ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?

जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

gettingsmart

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न… Continue reading जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट… Continue reading नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको… Continue reading पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले… Continue reading प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल