गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष… Continue reading गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता… Continue reading उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।… Continue reading उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशैभरका क्याम्पसमा हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक… Continue reading देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण… Continue reading सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् । आइतबार सं‌सदमा… Continue reading सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन ।… Continue reading सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

RSS

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ… Continue reading मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न… Continue reading उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

माओवादी धारका दलको पत्रकार सम्मेलन आज

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५… Continue reading माओवादी धारका दलको पत्रकार सम्मेलन आज

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति… Continue reading राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव… Continue reading उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने… Continue reading उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

Photo : Ekantipur

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा आफु प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनबाट उनी राष्ट्रपति निर्वाचित भएका हुन् । बिहीबार राती एक आभार वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत… Continue reading निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका… Continue reading को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

काठमाडौं । नेपालको नयाँ तथा तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन… Continue reading आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र राखिने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र राखिएको छ । मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । निर्वाचन बिहीबार हुँदैछ । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल… Continue reading राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप… Continue reading महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।… Continue reading सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने… Continue reading आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको… Continue reading राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी… Continue reading माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए । त्यहाँ सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग भेट गरी पौडेलले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत मागेका थिए । तर रास्वपा नेताहरुले भने पार्टीको बैठक बसेर निर्णय गर्ने… Continue reading रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट

स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजबाट सुरु हुँदैछ । चुनाव ५ चैतमा तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नु पर्ने भएको छ । फागुन २१ मा निर्देशनालयले मतदाताको नामावली… Continue reading स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु

भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

Photo : Ekantipur

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजबाट सुरु हुँदै छ। आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाट आज गर्दैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन् । नेपाली… Continue reading भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार

प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका… Continue reading प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता नेपाल सरकार र नेपाल… Continue reading राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु

राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ । पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन्… Continue reading राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम