हुम्लामा बाढीको वितण्डा, भेडीगोठका २६ बाख्रा पुरिए

४ वैशाख, सिमकोट । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा… Continue reading हुम्लामा बाढीको वितण्डा, भेडीगोठका २६ बाख्रा पुरिए

सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने

४ वैशाख, काठमाडौं । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने बताइएको छ । साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ ।… Continue reading सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने

धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

४ वैशाख, म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो । धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका… Continue reading धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते

४ वैशाख, काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी… Continue reading मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते

नारायणघाट–बुटवल सडकः साना पुल निर्माण सम्पन्न

file

३ वैशाख, नवलपुर । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा… Continue reading नारायणघाट–बुटवल सडकः साना पुल निर्माण सम्पन्न

बहिनीको हत्या आरोपमा दाजु पक्राउ

२ वैशाख, काठमाडौं । लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज… Continue reading बहिनीको हत्या आरोपमा दाजु पक्राउ

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

सुन्दरकुमार थकाली / रासस २ वैशाख, मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका… Continue reading चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

२ वैशाख, सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८… Continue reading सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

जाजरकोटमा आज पनि भूकम्पको धक्का

२ वैशाख, काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति… Continue reading जाजरकोटमा आज पनि भूकम्पको धक्का

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

१ वैशाख, वीरगञ्ज । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको… Continue reading निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

५ तस्वीरमा आइतबार नेपालका प्रमुख खबर

बिस्का जात्रा थिमिमा सुरू गर्न पूजा लिएर जाँदै गुठियार मध्यपुर थिमि, ३१ चैत : बिस्का जात्राअन्तर्गत आइतबार मध्यपुर थिमिकाे प्रमुख देवता बालकुमारीमा चढाउन मिखु म्येय् तथा मुख्य तिसा (गहना) सँगै पूजा लिएर जाँदै गुठियार । थकाली गुठीयारकाे घरबाट विभिन्न बाजागाजासहित तिसा तथा म्येय् चढाउन लग्ने परम्परा रहेकाे छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

३१ चैत, काठमाडौं । २०८१ सालको अन्तिम दिन आइतबार नेपालमा सुनको भाऊले नयाँ कीर्तिमान बनायो । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न जात्राहरु आयोजना गरिए । देशैभर मेला महोत्सवको माहोल छ । आज परराष्ट्र मन्त्रीसहित राजदूतहरु इलाममा पुगेर नेपाली पर्यटनको प्रवद्र्धन गरिरहेका छन् । वर्षा अझै् जारी रहँदा कृषकले राहत पाएका छन् । यी र यस्तै… Continue reading ५ तस्वीरमा आइतबार नेपालका प्रमुख खबर

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

३१ चैत, भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए… Continue reading ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो

३० चैत, काठमाडौ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल… Continue reading नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो

वीरगन्जमा कर्फ्यु आदेश जारी, दुई समूदायबीचको झडपले तनाव

३० चैत, काठमाडौं । वीरगन्जमा कर्फ्यु आदेश जारी भएको छ । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी भएको हो । अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीका अनुसार शोभायात्रामा… Continue reading वीरगन्जमा कर्फ्यु आदेश जारी, दुई समूदायबीचको झडपले तनाव

चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

२८ चैत, बाजुरा । बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते… Continue reading चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

२८ चैत, डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी… Continue reading डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । मौसमविद ग‍ोविन्द झाका अनुसार लगातार भने पानी पर्ने छैन् । केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु… Continue reading काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

काठमाडौं । मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो । नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव… Continue reading नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् । सिरहा सदरमुकाममा नेकपा एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा १५ चैतको क्रियाकलापले स्पष्ट पारिसकेको बताए । उनले नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए । “राजतन्त्र फर्किन्छ भन्ने… Continue reading प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

file

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकेको हो। उता, शिक्षकसहित विभिन्न समूहको आन्दोलन समेत काठमाडौंमा जारी छ । यसले आज दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने छ । राप्रपाले बिहान साढे ११ बजे बल्खुमा सभाको तयारी गरेको छ। राप्रपा अध्यक्ष… Continue reading राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ । सभामा… Continue reading आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

२६ चैत, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८… Continue reading रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

हिउँपहिरोमा परेर दुई जना बेपत्ता

काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत… Continue reading हिउँपहिरोमा परेर दुई जना बेपत्ता

अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४… Continue reading अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

काठमाडौं । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो… Continue reading मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन् । उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम… Continue reading पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

राप्रपा सांसद बोहराको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बोहराको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।… Continue reading राप्रपा सांसद बोहराको निधन

सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक… Continue reading सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

काठमाडौं । तीनकुने हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र… Continue reading रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

राजावादी आन्दोलनपछि ५१ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म प्रहरीले ५१ जनालाई पक्राउ गरिसकेको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले राप्रपाका उच्च तहका नेता रविँन्द्र… Continue reading राजावादी आन्दोलनपछि ५१ जना पक्राउ