काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् । उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल… Continue reading कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ
Category: स्थानीय
श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ । भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी… Continue reading श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको… Continue reading पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको… Continue reading वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । तनहुँमा जन्ती बस दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बरादी, हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो मृत्य हुने दुवै जनाको खनाखत भइसकेको छैन । जिल्ला… Continue reading तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
महोत्तरीमा झडप, प्रहरीले चलायो गोली
काठमाडौं । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप भएको छ । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोलीसमेत चलाएको छ । झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको उनले बताए… Continue reading महोत्तरीमा झडप, प्रहरीले चलायो गोली
ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…
काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । धनमाया… Continue reading ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…
खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गएको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका… Continue reading खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर
काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् । उनका… Continue reading काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका… Continue reading पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय
पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा… Continue reading पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने… Continue reading जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै
धापासीमा युवकको हत्या, एक जना पक्राउ
काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ । प्रहरीका… Continue reading धापासीमा युवकको हत्या, एक जना पक्राउ
पूर्वराजा चितवनमा, के के छन् योजना ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको… Continue reading पूर्वराजा चितवनमा, के के छन् योजना ?
ललितपुरमा आमा र दुई बच्चाको मृत्यु
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गेका छन् । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनाललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । महर्जनको कोठामा दुई जना बच्चा बेहोस अवस्थामा भेटिएका थिए । उनकी… Continue reading ललितपुरमा आमा र दुई बच्चाको मृत्यु
कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा… Continue reading कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन
धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो… Continue reading धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा
हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत
काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ… Continue reading हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत
सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु… Continue reading सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले… Continue reading सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु
पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु
काठमाडौं । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल… Continue reading पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु
ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका
काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा जर्मन नागरिक मृत अवस्थामा भेटिएकी छन् । उनको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि… Continue reading ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका
न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ… Continue reading न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा
काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी… Continue reading काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण
स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका… Continue reading स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो । महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त… Continue reading काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख… Continue reading अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध
दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता… Continue reading काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
६ महिनामा ९ वटा गैडा मरे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट… Continue reading ६ महिनामा ९ वटा गैडा मरे