बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटनामा परेको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा… Continue reading बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए… Continue reading बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए… Continue reading विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका ७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए… Continue reading भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको साता नबित्दै सोही प्रकृतिको घटना दोहोरिएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… Continue reading कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। बिहीबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो। ‘‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाडौं महानगरपालिका मातहत… Continue reading चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट… Continue reading सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित… Continue reading स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल… Continue reading कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घरनजिकै पोल ढलेर तारले छोएर… Continue reading कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै… Continue reading सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको… Continue reading कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट… Continue reading त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान… Continue reading त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ

काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दावि गरेका छन् । सामाजिक फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् । अहिले दलहरु आन्तरिक छलपलमा जुटेका छन् । सत्ता गठबन्धनमा संकट आएसँगै एमाले र माओवादी मिल्ने संकेतहरु समेत देखिएका छन् । आजै माओवादी,… Continue reading सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ

चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

काठमाडौं । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न असमेत प्रहरीले नुरोध गरेको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका… Continue reading चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा मोटरसाइकलमा सवार… Continue reading पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

आज किन खोलिँदैछ सेती नदीको बाँध ?

काठमाडौं । पोखरामा आज सेती नदीको बाँधी खोँलिदै छ । माछा मार्ने क्रममा बेपत्ता भएका युवकको खोजीका लागि यसो गर्नु परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोलिने छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको छ । सेती… Continue reading आज किन खोलिँदैछ सेती नदीको बाँध ?

कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् । उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल… Continue reading कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश

काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ । भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी… Continue reading श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश

पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको… Continue reading पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको… Continue reading वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । तनहुँमा जन्ती बस दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बरादी, हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो मृत्य हुने दुवै जनाको खनाखत भइसकेको छैन । जिल्ला… Continue reading तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

महोत्तरीमा झडप, प्रहरीले चलायो गोली

काठमाडौं । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप भएको छ । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोलीसमेत चलाएको छ । झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको उनले बताए… Continue reading महोत्तरीमा झडप, प्रहरीले चलायो गोली

ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । धनमाया… Continue reading ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गएको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका… Continue reading खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् । उनका… Continue reading काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका… Continue reading पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा… Continue reading पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने… Continue reading जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै