काठमाडौं । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले… Continue reading धनगढीमा आगलागी, कम्तीमा ८ घरमा क्षति
Category: स्थानीय
रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८… Continue reading रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते
चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या
काठमाडौं । तिहारकाे समय पारेर गैेंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेको नेपाली संचारमाध्यमले जनाएका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टर साैराहाकाे प्यारीढाप पाेष्ट नजिकै दुईवटा वयस्क पाेथी गैंडा तस्करले मारेको खबर छ । दुबै गैंडालाई तस्करले खाल्डाेमा पारेर मारि खाग र खुर काटेर लगेको बताइएको छ । घटनाको बारेमा निकुञ्ज प्रशासनले अहिलेसम्म… Continue reading चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या
फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन
काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका… Continue reading फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन
ठमेलमा सीसी क्यामरा जडान गरिँदै
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरू गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो। परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा… Continue reading ठमेलमा सीसी क्यामरा जडान गरिँदै
मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी
काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो । टोलीले घटनामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको… Continue reading मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी
मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । घटना बाहिरिएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोत उदृत गर्दै समाचारमा उल्लेख गरिए अनुसार मुगु छायानाथ रारा नगरपालिका… Continue reading मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी
ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब… Continue reading ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु
यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले… Continue reading यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने
डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय… Continue reading डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२… Continue reading नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७
भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन
काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो । ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु… Continue reading भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन
भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो
काठमाडौं । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो… Continue reading भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो
भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री
काठमाडौं । भूकम्पले क्षतिग्रस्त जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन्। गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म… Continue reading भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु
काठमाडौं । गत राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे
काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल एयरलाइन्सको १८ सिटे जहाज समेत काठमाडौंबाट मेडिकल टीम लिएर चौरजहारी उडेको… Continue reading सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको… Continue reading प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा
पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु
काठमाडौं । शुक्रबार राति नेपालको पश्चिम भेगमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सञ्चारमाध्यमलाई जनाएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी… Continue reading पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु
मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ
काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले… Continue reading मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ
बारामा बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर… Continue reading बारामा बस दुर्घटना, एक जनाको मृत्यु
कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु… Continue reading कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु
मुगुमा एकै परिवारका चार जनाको हत्या
काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा… Continue reading मुगुमा एकै परिवारका चार जनाको हत्या
रसुवाका सबै ग्रामीण सडक खुला
काठमाडौं । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिका अन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले… Continue reading रसुवाका सबै ग्रामीण सडक खुला
दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु
भैरहवा। दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए । सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । … Continue reading दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु
भरतपुरमा एक युवक मृत फेला
चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् । उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु… Continue reading भरतपुरमा एक युवक मृत फेला
प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी… Continue reading प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा
विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो
काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो । जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । बेयरस्टो ५२ रनमा आउट भएपछि… Continue reading विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो
रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय… Continue reading रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु
सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६… Continue reading सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो
काठमाडौं । नेपालगन्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् । नेपालगन्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ… Continue reading नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो