बैतडीमा एक युवकको हत्या

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको… Continue reading बैतडीमा एक युवकको हत्या

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज… Continue reading रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

बुढानिलकण्ठमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एक पुरूष मृत फेला परेका छन्। नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी आफ्नै कोठामा मृत फेला परेको बताइएको छ । मृत्युको कारण खुलेको छैन ।

टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगलागीकाे कारण खुल्न सकेकाे छैन् । आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ ।

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएको बताइएको छ । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटनामा परेको… Continue reading बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर–६ डिडी –६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका… Continue reading सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको… Continue reading विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय… Continue reading समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । रामेछापमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिएकाछन् । बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।… Continue reading रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

वीरगन्ज । पर्साको वीरगञ्जबाट ११ जना बिचौलिया पक्राउ परेका छन् । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको… Continue reading वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी… Continue reading एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा… Continue reading नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

मध्यरातमा ताप्लेजुङमा भूकम्प

काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु… Continue reading मध्यरातमा ताप्लेजुङमा भूकम्प

ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४… Continue reading ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

तनहुँ । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको हुन् । उपभोक्तले ट्यांकीमा… Continue reading तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक आपसमा शनिबार बिहान ठोकिएको हो । दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका… Continue reading धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष… Continue reading गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ । घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।… Continue reading काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी गराएका छन् । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली… Continue reading उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु

साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक… Continue reading साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

दोलखामा बोलेरो दुर्घटना, ४ जनाको अवस्था गम्भीर

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । अझै गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अन्तिम समझदारी भने भइसकेको छैन । संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन… Continue reading सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने

धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

काठमाडौं । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल… Continue reading धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल

file

पोखरा । फेवातालमा शनिबार दिउँसोको हावाहुरीले दुई वटा डुङ्गा पल्टिएका छन् । एउटा डुङ्गामा चढेकी एक जना महिला डुबेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । अहिले उनलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । हावाहुरीले गर्दा अर्को डुङ्गा पनि पल्टिएको थियो । त्यसमा सवार चार जना युवाहरु आफै पौडी खेलेर… Continue reading फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल

जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् । उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि,… Continue reading जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ… Continue reading कोशी प्रदेशमा आज सार्वजनिक बिदा

मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ। आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो। ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ। आयोजना क्षेत्रभित्र… Continue reading मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

काठमाडौं । लामो समय छलफलमा जुटेर राष्ट्रपतिको उम्मेदवार टुंग्गो लगाएसँगै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। दिलबहादुर रम्तेलको स्मृति सभा, ुसहिदु परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने… Continue reading राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

काठमाडौं । तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष… Continue reading तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

File Photo

काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति… Continue reading जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु