पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् । बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ… Continue reading हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता
Category: स्थानीय
भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु
नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसारअस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई… Continue reading भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु
भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको राससले लेखेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा… Continue reading भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन
काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोहो । गत आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको… Continue reading सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन
रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु
रौतहट । रौतहटमा जन्ती बोकेको स्करपियो गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटनामा परेको छ । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका १ स्थित जयनगरमा स्करपियो दुर्घटनामा परेको हो । तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ ।… Continue reading रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु
आज सिरहामा निषेधाज्ञा, कारण के हो ?
सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी… Continue reading आज सिरहामा निषेधाज्ञा, कारण के हो ?
सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार घटना आइतबार दिउँसो ३ बजेतिर भएको हो । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो । घटनामा… Continue reading सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु
गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व
नुवाकोट, शशी डंगोल नुवाकोट जिल्ला बिदुर नगरपालिका १० स्थित बेत्रावतीबजार तथा आसपासका क्षेत्रमा बिगत २५ बर्षदेखि निरन्तर सकृय गोसाइँकुण्ड युवा क्लबले नयाँ नेतृत्व चयन गरेको छ ।क्लव भवन बेत्रावतीमा सम्पन्न २५ औं बार्षिक साधारणसभा तथा अधिबेशनले सुवास डङोलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको हो । कार्यसमितिमा उपाध्यक्ष रोजिना डङोल, कोषाध्यक्ष बिबश डङोल, सचिव ईश्वर थापा… Continue reading नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व
एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?
भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए । २०४९ सालमा सेवा प्रवेश गरेका यादव… Continue reading एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?
सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो
सिन्धुली । सिन्धुलीमा जंगली हात्तिले आतंक फैलाएको छ । जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको प्रहरीले जनाएको छ । वडामा एक साता भित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको छ । वडा नं. ११ मा सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काएको हो । हात्तिले अन्न… Continue reading सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो
कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन
जनकपुर । विवादका कारण टुंगो लाग्न नसकेको नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश अधिवेशनअन्तर्गत बुधबारका लागि मतदानको कार्यक्रम राखिएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला… Continue reading कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन
गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु
गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर(१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडानम्बर१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा फेला पारि उनीहरुलाई प्रहरीको… Continue reading गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु
टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु
सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डमा टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । एक जना घाइते छन् । स १क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान… Continue reading टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । गतराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो… Continue reading झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो
काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई… Continue reading पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटनामा परेको थियो । चालक बलेफ(६ का राजु तामाङको मृत्यु… Continue reading सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु
लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो । गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक… Continue reading लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु
बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा… Continue reading बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु
थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको… Continue reading थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते
कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार… Continue reading कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते
म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
म्याग्दी । म्याग्दीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीदाई उदृत गर्दै स्थानीय संचारमाध्यमले… Continue reading म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा परि कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २५ जना घाइते छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला… Continue reading जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन
रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर… Continue reading रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन
सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती… Continue reading सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै
चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा एक हजार पाँच सय र नवलपरासीमा एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन्… Continue reading एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
काठमाडौं – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष अभियान चलाउन लागिएको हो । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ को महासभाबाट नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने… Continue reading लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । रुपन्देहीको जितगढीमा गएराति उनलाई बसले ठक्कर दिंएको थियो । गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीमा लामो समय देखि सक्रिय… Continue reading माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको… Continue reading कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो