Category: स्थानीय

  • हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

    हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

    हुम्ला (अदानचुली) १० माघः हुम्लासहित पश्चिम हिमाली भेगका अधिकांश भेगमा हिमपात भएको छ । गतभदौदेखि वर्षात् नभएको यस क्षेत्रमा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् ।

    हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ । हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ । मुस्ताङ, जुम्ला, मुगुसहितका जिल्लामा समेत हिमपातको विवरण आएका छन् ।

  • नुवाकोटमा तीस जना उम्मेदवार कायम, महिला एक जनामात्र

    नुवाकोटमा तीस जना उम्मेदवार कायम, महिला एक जनामात्र

    त्रिशूली (नुवाकोट), ९ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार कायम भएका छन् । उम्मेदवारी फिर्ताको अवधिमा आज एक जना उम्मेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० जना उम्मेदवार कायम भएको हो । नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार मनोनयन दर्ता गराएकामध्ये क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रजमान तामाङले नाम फिर्ता लिनुभयो । एक जनाको मनोनयन फिर्ता भएसँगै निर्वाचन क्षेत्र नं २ मा बाह्र जना उम्मेदवार कायम रहेका छन् । यस्तै, क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका अठार जना सबै उम्मेदवार कायम रहेका छन् ।

    क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट हितबहादुर तामाङ, उज्यालो नेपाल पार्टीबाट अमित तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट कुमार रानामगर, श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामा, नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, नेकपा ९एमाले०बाट बद्री मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विमल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट महेन्द्र तामाङ उम्मेदवार रहेका छन् ।

    यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र डङ्गोल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा विक्रम तिमिल्सिना, मितेरी पार्टी नेपालबाट विवेक सिलवाल र जनता समाजवादी पार्टीबाट होमबहादुर राई फागुन २१ को निर्वाचनका लागि उम्मेदवार रहेको निर्वाचन अधिकृत भेषराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार दिनेमा पाँच जना छन् । चेपे तामाङ, माधव थापा, राजु थापा, रामेश्वर भण्डारी र सञ्जीव गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

    यस्तै, फागुन २१ को निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं २ मा १२ जना उम्मेदवार कायम रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा अचुतम लामिछाने, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट किरण तिमसेना, नेकपा (एमाले)बाट केशवराज पाण्डे, नेपाली कांग्रेसबाट जगदीश्वरनरसिंह केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झनक प्याकुरेल उम्मेवार रहेका छन् ।

    यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट नवराज ढुङ्गाना, आम जनता पार्टीबाट मानसिंह गदाइली, मङ्गोल नेसनल अर्गनाइजेसनबाट रेन्छन तामाङ, श्रम संस्कृति पार्टीबाट विनोदकुमार तामाङ, नेपाल मजदुर किसान पार्टीबाट सुवास भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट हिरानाथ खतिवडा र उज्याले नेपाल पार्टीबाट ज्ञानेन्द्र घले उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

    उनका अनुसार नुवाकोटका ३० जना उम्मेदवारमध्ये क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार चेपे तामाङ मात्र महिला उम्मेदवार छन् । क्षेत्र नं १ मा मनोनयन दिएका १८ जना उम्मेदवारमध्ये पञ्चकन्या गाउँपालिकाबाट मात्रै छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

  • सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राखेको प्रस्तावलाई बैठकले पारित गरेको हो । उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए ।

    “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ”, उनले भने । कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।

  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    रासस
    भक्तपुर, ९ माघः भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त भएपछि यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ । बिहीबार राति १० बजेदेखि करिब रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

    सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा रािखएको जानकारी दिँदै उनले यहाँ भएका क्षतिको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सुधार गृहको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि प्रहरी हिरासतबाट सुधार गृहमै पठाइने उनले बताए ।
    प्रहरीका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    घाइते आठ बालबिज्याइँकर्तामध्ये नेपाल कोरिया मैत्री नगर अस्पतालमा सात जनाको उपचार गरी ‘डिस्चार्ज’ भएको तथा एक जनाको उपचार भइरहेको उनले बताए । गएराति सुधार गृहमा बालबिज्याइँकर्ताले नै आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो ।


    सुधार गृृहमा १८ वर्षभन्दा माथिका ८४ युवा रहेका र २४ बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागान चलान गर्ने काननी व्यवस्था नहुँदा ३५ वर्ष सम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन् । सुधार गृहभित्र प्रहरी जान नपाउने, रासनको व्यवस्था गरिदिएपछि बालबिज्याइँकर्ता आफैँले पालो बनाएर खाना खाने गरेको, भित्रै पढ्ने व्यबस्था गरेको भए पनि उमेर छिप्पिकएका बालबिज्याइँकर्ता एकै ठाउँमा बस्दा यहाँ रहेका महिला बालबिज्याइँकर्ताको सुरक्षामा चुनौती थपिएको सुधार गृहका कर्मचारी बताउँछन् ।

    यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा तोडफोड, झडप र कुटपिट गर्ने एवं सुधार गृह तोडफोड गरी भागेको घटना पटक–पटक घटिरहेका छन् । सानोथिमि आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्ती बीचबाट हटाउनुपर्ने माग गरेका छन् । सुधार गृहमा पटक पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गा हानाहानले स्थानीयमा त्रास फैलिएको सुधार गृह भित्रबाट हानेका ढुङ्गा स्थानीयवासीको घरमा लागेर क्षति पुग्ने गरेको भन्दै सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन् ।

  • रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    चन्द्रपुर (रौतहट), ९ माघः जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

    मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।

  • डा भट्टराईले लिए उम्मेदवारी फिर्ता

    डा भट्टराईले लिए उम्मेदवारी फिर्ता

    गोरखा, ९ माघ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका थिए ।

    त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ । आजै डा. भट्टराईले एक भिडियो सन्देशमार्फत सो बारे जानकारी समेत गराएका थिए ।

    स्रोतहरुका अनुसार भट्टराईले नेपाली कम्यूनिष्ट पार्टीका संयोजक प्रचण्डसँग आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले सकारात्मक जवाफ नदिएपछि उनले उम्मेदवारी नै फिर्ता गरेका छन् । उनले यसपछि कसलाई सहयोग गर्ने खुलाएका छैनन् । आजै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक पोष्ट राख्दै आफुहरुलाई सहयोग गर्न आह्वान गरेका थिए । सो पोष्ट डा. भट्टराइले समेत सेयर गरेका छन् । सोहीकारण रास्वपा र भट्टराईबीच गोप्य सहमति भएको अनुमान समेत गरिएको छ ।

  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए, कांग्रेसलाई सहज

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए, कांग्रेसलाई सहज

    मनाङ, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

    अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ । मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यहाँ कांग्रेस तुलनात्मक रुपमा बलियो छ ।

  • सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    भादगाउँ, ९ माघः मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

    मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।

  • कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, ९माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

    तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ ।

    साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    काठमाडौँ, ९ माघ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो ।

    तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो ।

    सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए ।


    तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्नेलगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ ।

    यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।

    विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र दुई सय १५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउँछन् ।

    नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् ।

    सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।

  • उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
    आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ । तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

  • जाँचबुझ आयोगको समय २० दिन थप

    जाँचबुझ आयोगको समय २० दिन थप

    काठमाडौँ, ८ माघः नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो । आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै छ ।

    बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने र नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय भएको पनि उनले जानकारी दिए । बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ ।

  • बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडी, ८ माघः दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।

  • चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    बरहथवा (सर्लाही), ८ माघः सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो ।

    काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ ।

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    राष्ट्रिय समाचार समिति
    मुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।

    यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो ।

    यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । यहाँ आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।

  • महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    राष्ट्रिय समाचार समिति
    महोत्तरी, ८ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् ।

    यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ । जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए । निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन् ।

  • मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    राष्ट्रिय समाचार समिति
    बागमती, ८ माघः कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडाँैतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    राष्ट्रिय समाचार समिति
    म्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले राससलाई बताए ।


    चालुु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आवमा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका छ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका जानकारी दिए ।

  • रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुमपूर्व, ७ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् । संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताइन् ।


    अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताइन् । सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिइन् । सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताए ।

    सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराए । घरदैलो अभियानका क्रममा उनले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरे ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।


    आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।

    निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।

    आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उहाँले बताउनुभयो । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।

  • बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    दशरथचन्द (बैतडी), ७ माघ । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

    विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

    मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे । “निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो”, प्रजिअ पौडले भने, “सुरक्षा योजना लागु गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ ।”

    आसन्न निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।

  • सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

    सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

    महेन्द्रनगर, ७ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए ।


    त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

  • भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

    भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

    भक्तपुर, ७ माघः आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराउँदा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । यहाँ अधिकांश उम्मेदवार नयाँ छन् ।


    भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए । विसं २०७४ मा उनले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरेपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


    नेकपा (एमाले)बाट उम्मेदवार सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख र नेपाली काँग्रेसबाट उम्मेदवार भएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरको अध्यक्ष भइसकेका छन् । भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उहाँ उम्मेदवार भएका थिए ।

    बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए । विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भए । उनीसँग एमालेका बस्नेत पराजित भएका थिए । यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामप्रसाद सापकोटा (दिपशिखा)ले उम्मेदवारी दर्ता गराएका छन् ।

  • पर्सामा १०८ जनाको उम्मेदवारी

    पर्सामा १०८ जनाको उम्मेदवारी

    वीरगञ्ज (पर्सा), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतको उम्मेदवारी परेको छ ।

    क्षेत्र नम्बर २ बाट ३२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानुलगायतको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर ३ बाट २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ बाट २४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारुलगायतको उम्मेदवारी परेको छ ।

  • ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

    ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

    ओखलढुङ्गा, ७ माघः ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

    मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समजावादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका हुन् ।

    यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ कै नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

  • मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

    मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

    बेलबारी (मोरङ), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

    मोरङ क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । उर्लाबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराए । नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गरे । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए ।


    त्यसैगरी मोरङ क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन् । चार जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी बनेका थिए ।


    मोरङ क्षेत्र नम्बर ३ मा आज भएको मनोनयन दर्ताका क्रममा २१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यसमा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट ईरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे, नेपाली कांग्रेसबाट सुनिलकुमार शर्मा, श्रम संस्कृति पार्टीबाट अमिर मगर, उज्यालो नेपाल पार्टीबाट मित्रसेन योञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी, नेकपा (माओबादी)बाट खडगबहादुर कार्कीलगायतले मनोनयन दर्ता गराएका छन् ।


    त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदी, नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा (एमाले)का जिवन घिमिरेलगायत २१ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ ।

    कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल, रास्वपाबाट आशा झालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी दर्ताभएको छ । कांग्रेसबाट डा शेखर कोइराला, एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत चुुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

  • एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

    एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

    काठमाडौँ, ७ माघ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए । उनका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् ।

    तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०\५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् । यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए । यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

  • रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

    रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

    काठमाडौँ, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
    रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए ।

    पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए । झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन ९गोमा० तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

  • कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

    कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

    काठमाडौँ, ७ माघः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

    कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिएका छैनन् । अन्य सबै उम्मेदवारको नाम यसप्रकार रहेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२
    नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार (प्रत्यक्षतर्फ)
    कोशी प्रदेश
    ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ लिम्बू
    पाँचथर – नरेन्द्रकुमार केरूङ
    इलाम– १ निस्कल राई
    इलाम– २ भेषराज आचार्य
    झापा– १ केशवराज पाण्डे
    झापा– २ सरिता प्रसाईं
    झापा– ३ राजेन्द्र घिमिरे
    झापा– ४ देउमान थेबे
    झापा– ५ मन्धरा चिमरिया
    मोरङ– १ खड्गबहादुर फागो
    मोरङ– २ डा। मीनेन्द्र रिजाल
    मोरङ– ३ डा। सुनिल शर्मा
    मोरङ– ४ गुरूराज घिमिरे
    मोरङ– ५ फूलकुमार लालबानी
    मोरङ– ६ डा। शेखर कोइराला
    सुनसरी– १ सुजेन्द्र तामाङ
    सुनसरी– २ राजिब कोइराला
    सुनसरी– ३ विजयकुमार गच्छदार
    सुनसरी– ३ ज्ञानेन्द्रबहादुर कार्की
    धनकुटा– दिनेश राई
    तेह्रथुम– सन्तोष सुब्बा
    संखुवासभा– प्रकाशसिंह कार्की
    ओखलढुंगा– कुमार लुइँटेल
    खोटाङ – वीरकाजी राई
    उदयपुर– १ विदुर बस्नेत
    उदयपुर– २ रामकुमार राई

    मधेश प्रदेश
    सप्तरी– १ रामदेव साह
    सप्तरी– २ रामकुमार यादव
    सप्तरी– ३ दिनेशकुमार यादव
    सप्तरी– ४ तेजुलाल चौधरी
    सिराह– १ रामसुन्दर चौधरी
    सिराह– २ रामचन्द्र यादव
    सिराह– ३ सुभाषचन्द्र यादव
    सिराह– ४ चन्द्रकलाकुमारी यादव
    धनुषा– १ रामपल्टन यादव
    धनुषा– २ दिनेश पर्सेला
    धनुषा– ३ विमलेन्द्र निधि
    धनुषा– ४ महेन्द्र यादव
    महोत्तरी– १ मुकेशराज काफ्ले
    महोत्तरी– २ किरण यादव
    महोत्तरी– ३ बजरंग नेपाली
    महोत्तरी– ४ महेन्द्रकुमार राय
    सर्लाही– १ शम्भुलाल श्रेष्ठ
    सर्लाही– २ डा। सरोज यादव
    सर्लाही– ३ विनोद खनाल
    सर्लाही– ४ गगनकुमार थापा
    रौतहट– १ अनिलकुमार झा
    रौतहट– २ फिर्दोश आलम
    रौतहट– ३ रामकृपाल यादव
    रौतहट– ४ देवप्रसाद तिमिल्सिना
    बारा– १ शम्भु बुढाथोकी
    बारा– २ भैयाराम चौधरी
    बारा– ३ फरमुल्लाह मन्सुर
    बारा–४ श्यामबाबु गुप्ता
    पर्सा– १ अनिलकुमार रूंगटा
    पर्सा– २ अजय चौरसिया
    पर्सा– ३ सुरेन्द्रप्रसाद चौधरी
    पर्सा– ४ श्यामबाबु गुप्ता

    बागमती प्रदेश
    दोलखा– अजयबाबु शिवाकोटी
    रामेछाप– रामचन्द्र खड्का
    सिन्धुली– १ उज्जवल बराल
    सिन्धुली– २ सुशीला थिङ
    रसुवा– मोहन आचार्य
    काभ्रे– १ गुणराज मोक्तान
    काभ्रे– २ मधु आचार्य
    सिन्धुपाल्चोक– १ जंगबहादुर लामा
    सिन्धुपाल्चोक– २ वंशलाल तामाङ
    धादिङ– १ कृष्ण रिजाल
    धादिङ– २ रमेशप्रसाद धमला
    नुवाकोट– १ डा। प्रकाशशरण महत
    नुवाकोट–२ जगदिश्वरनरसिंह केसी
    मकवानपुर– १ महालक्ष्मी ९ डिना ०उपाध्याय
    मकवानपुर–२ वुद्ध लामा
    भक्तपुर– १ किरण न्यौपाने
    भक्तपुर– २ कबिर राणा
    काठमाडौं– १ प्रबल थापा
    काठमाडौं– २ कबिर शर्मा
    काठमाडौं– ३ रमेश अर्याल
    काठमाडौं– ४ सचिन तिमल्सिना
    काठमाडौं– ५ प्रदीप पौडेल
    काठमाडौं– ६ कृष्ण सबुज बानियाँ
    काठमाडौं– ७ प्रमोद हरि गुरागाइ
    काठमाडौं– ८ सपना राजभण्डारी
    काठमाडौं– ९ नानु बस्तोला
    काठमाडौं– १० हिमाल कार्की
    चितवन– १ राजन वुर्लाकोटीर वासु ढुंगाना
    चितवन– २ मीनाकुमारी खरेल
    चितवन– ३ टेकप्रसाद गुरूङ
    ललितपुर– १ उदयशम्शेर राणा
    ललितपुर– २ प्रेमकृष्ण महर्जन
    ललितपुर– ३ जितेन्द्रकुमार श्रेष्ठ

    गण्डकी प्रदेश
    गोरखा–१ प्रेमप्रकाश खत्री
    गोरखा–२ प्रकाशचन्द्र दवाडी
    लमजुङ– गमप्रसाद गुरूङ
    तनहुँ– १ गोविन्द भट्टराई
    तनहुँ– २ शंकर भण्डारी
    कास्की– १ तिलकबहादुर रानाभाट
    कास्की–२ माधवप्रसाद बास्तोला
    कास्की–३ मनोज गुरूङ
    मनाङ– टेकबहादुर गुरूङ
    मुस्ताङ– योगेन्द्र गौचन
    पर्वत– अर्जुनप्रसाद जोशी
    स्याङ्जा– १ भरतराज ढकाल
    स्याङ्जा–२ भागवतप्रकाश मल्ल
    म्याग्दी– कर्णबहादुर भण्डारी
    बाग्लुङ– १ भीमबहादुर श्रीस
    बाग्लुङ– २ टेकराज पौडेल
    नवलपुर–१ बालकृष्ण घिमिरेर गजेन्द्र आले
    नवलपुर–२ ओमबहादुर घर्ती

    लुम्बिनी प्रदेश
    परासी– १ विनोदकुमार चौधरी
    परासी–२ देवेन्द्रराज कँडेल
    रुपन्देही– १ हिराबहादुर खत्री
    रुपन्देही– २ चुन्नप्रसाद शर्मा
    रुपन्देही– ३ सुशील गुरूङ
    रुपन्देही– ४ आशुतोष मिश्र
    रुपन्देही– ५ भरतकुमार शाह
    पाल्पा– १ सन्दीप राना
    पाल्पा–२ हिमालदत्त श्रेष्ठ
    गुल्मी– १ चन्द्रकान्त भण्डारी
    गुल्मी– २ भुवनप्रसाद श्रेष्ठ
    अर्घाखाँची– विष्णुप्रसाद खनाल
    प्यूठान– डा। गोविन्दराज पोखरेल
    रोल्पा– डा। सुदनकुमार वली
    रूकुम पूर्व– कुशुमदेवी थापामगर
    कपिलवस्तु– १ अहतर कमाल
    कपिलवस्तु– २ सुरेन्द्रराज आचार्य
    कपिलवस्तु– ३ अभिषेकप्रताप शाह
    दाङ– १ योगेन्द्र चौधरी
    दाङ– २ किरणकिशोर घिमिरे
    दाङ– ३ दिपक गिरी
    बाँके– १ नारायणप्रसाद गौडेल
    बाँके– २ सुधान्सु कोइराला
    बाँके– ३ अमरसिंह पुन
    बर्दिया– १ सञ्जयकुमार गौतम
    बर्दिया–२ किशोरसिंह राठोर

    कर्णाली प्रदेश
    सुर्खेत– १ विष्णुबहादुर खड्का
    सुर्खेत– २ नारायण कोइराला
    दैलेख– १ बास्ना थापा
    दैलेख–२ दिक्पालकुमार शाही
    जाजरकोट– खड्कबहादुर बुढा
    सल्यान– केशबहादुर विष्ट
    डोल्पा– कर्णबहादुर बुढा
    जुम्ला– दिपबहादुर शाही
    रूकुम पश्चिम– राजु केसी
    हुम्ला– जयपति रोकाया
    मुगु– खड्ग शाही
    कालिकोटा– हर्षबहादुर बम

    सुदूरपश्चिम प्रदेश
    बाजुरा– जनकराज गिरी
    अछाम–१ भरतकुमार स्वार
    अछाम–२ पुष्पबहादुर शाह
    डोटी– भरतबहादुर खड्का
    बैतडी– चतुरबहादुर चन्द
    दार्चुला– धर्मानन्द जोशी
    बझाङ– प्रकाश रसाइली ‘स्नेही’
    डडेल्धुरा– नैनसिंह महर
    कैलाली– १ जनकराज चौधरी
    कैलाली– २ विजयबहादुर स्वार
    कैलाली–३ भीम बडुवाल
    कैलाली–४ गोरख बहादुर विष्ट
    कैलाली– ५ नरनारायण शाह
    कञ्चनपुर– १ गोपीप्रसाद उपाध्याय
    कञ्चनपुर– २ एनपी साउद
    कञ्चनपुर–३ हरिप्रसाद बोहरा

  • यी हुन् नेकपाका १६५ उम्मेदवार

    यी हुन् नेकपाका १६५ उम्मेदवार

    काठमाडौँ, ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए ।

    बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन् । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा छन् ।


    त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार छन् ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
    १ कोशी
    ताप्लेजुङ
    ताप्लेजुङ १
    खेलप्रसाद बुढाक्षेत्री
    २ कोशी
    पाँचथर
    पाँचथर १
    हर्क बहादुर नेम्वाङ
    ३ कोशी
    इलाम
    इलाम १
    रणबहादुर राई
    ४ कोशी
    इलाम
    इलाम २
    ओमबहादुर गुरुड
    ५ कोशी
    झापा
    झापा १
    अशेष घिमिरे
    ६ कोशी
    झापा
    झापा २
    धर्मशिला चापागाई
    ७ कोशी
    झापा
    झापा ३
    डिल्ली घिमिरे
    ८ कोशी
    झापा
    झापा ४
    पुरुषोत्तम चुडाल
    ९ कोशी
    झापा
    झापा ५
    रञ्जित तामाङ
    १० कोशी
    सङ्खुवासभा
    सङ्खुवासभा १
    सरिता खड्का थापा
    ११ कोशी
    तेह्रथुम
    तेह्रथुम १
    रणध्वज कन्दड्वा
    १२ कोशी
    भोजपुर
    भोजपुर १
    अजम्बर राई काङमाङ
    १३ कोशी
    धनकुटा
    धनकुटा १
    धर्म प्रसाद पौडेल
    १४ कोशी
    मोरङ
    मोरङ १
    कुलप्रसाद साम्बा
    १५ कोशी
    मोरङ
    मोरङ २
    चन्द्रवीर राई
    १६ कोशी
    मोरङ
    मोरङ ३
    डा देवमान सम्वाहाङफे
    १७ कोशी
    मोरङ
    मोरङ ४
    अमनलाल मोदी
    १८ कोशी
    मोरङ
    मोरङ ५
    शिवकुमार मण्डल
    १९ कोशी
    मोरङ
    मोरङ ६
    ओपेन्द्र कुमार राय
    २० कोशी
    सुनसरी
    सुनसरी १
    सुर्य बहादुर भट्टराई
    २१ कोशी
    सुनसरी
    सुनसरी २
    रामकुमारी चौधरी
    २२ कोशी
    सुनसरी
    सुनसरी ३
    दुर्गेश चौधरी
    २३ कोशी
    सुनसरी
    सुनसरी ४
    महमद महफुज अंसारी
    २४ कोशी
    सोलुखुम्बु
    सोलुखुम्बु १
    असिम राई
    २५ कोशी
    खोटाङ
    खोटाङ १
    हरि रोका
    २६ कोशी
    ओखलढुङ्गा
    ओखलढुङ्गा १
    अम्बिर बाबु गुरुङ
    २७ कोशी
    उदयपुर
    उदयपुर १
    वलदेव चौधरी
    २८ कोशी
    उदयपुर
    उदयपुर २
    सुरेश कुमार राई
    २९ मधेश
    सप्तरी
    सप्तरी १
    रविन्द्र चौधरी
    ३० मधेश
    सप्तरी
    सप्तरी २
    सुर्यनाथ प्रसाद यादव
    ३१ मधेश
    सप्तरी
    सप्तरी ३
    अरुण कुमार साह
    ३२ मधेश
    सप्तरी
    सप्तरी ४
    रुवी कुमारी कर्ण
    ३३ मधेश
    सिराहा
    सिराहा १
    रामचन्द्र यादव
    ३४ मधेश
    सिराहा
    सिराहा २
    मुक्ति सिंह
    ३५ मधेश
    सिराहा
    सिराहा ३
    विश्वनाथ साह
    ३६ मधेश
    सिराहा
    सिराहा ४
    अजय शंकर नायक
    ३७ मधेश
    धनुषा
    धनुषा १
    मातृका प्रसाद यादव
    ३८ मधेश
    धनुषा
    धनुषा २
    रामचन्द्र झा
    ३९ मधेश
    धनुषा
    धनुषा ३
    राम ललित मण्डल
    ४० मधेश
    धनुषा
    धनुषा ४
    संजय कुमार महतो
    ४१ मधेश
    महोत्तरी
    महोत्तरी १
    गिरिराजमणि पोख्रेल
    ४२ मधेश
    महोत्तरी
    महोत्तरी २
    लक्ष्मण यादव
    ४३ मधेश
    महोत्तरी
    महोत्तरी ३
    राजकिशोर साह सुडी
    ४४ मधेश
    महोत्तरी
    महोत्तरी ४
    भरतप्रसाद साह
    ४५ मधेश
    सर्लाही
    सर्लाही १
    प्रमोद साह
    ४६ मधेश
    सर्लाही
    सर्लाही २
    महिन्द्र राय यादव
    ४७ मधेश
    सर्लाही
    सर्लाही ३
    नारायणकाजी श्रेष्ठ
    ४८ मधेश
    सर्लाही
    सर्लाही ४
    रगनिस राय यादव
    ४९ मधेश
    रौतहट
    रौतहट १
    माधब कुमार नेपाल
    ५० मधेश
    रौतहट
    रौतहट २
    किरण साह
    ५१ मधेश
    रौतहट
    रौतहट ३
    पुनम देवी
    ५२ मधेश
    रौतहट
    रौतहट ४
    रामकुमार भट्टराई
    ५३ मधेश
    बारा
    बारा १
    सन्तोष दंगाल
    ५४ मधेश
    बारा
    बारा २
    रमेश प्रसाद यादव
    ५५ मधेश
    बारा
    बारा ३
    भरत प्रसाद साह
    ५६ मधेश
    बारा
    बारा ४
    अजय कुशवाहा
    ५७ मधेश
    पर्सा
    पर्सा १
    अजय चौरासिया
    ५८ मधेश
    पर्सा
    पर्सा २
    मनोज चौधरी
    ५९ मधेश
    पर्सा
    पर्सा ३
    छोटेलाल यादव
    ६० मधेश
    पर्सा
    पर्सा ४
    जयप्रकास थारु
    ६१ बागमती
    दोलखा
    दोलखा १
    बिशाल खड्का
    ६२ बागमती
    रामेछाप
    रामेछाप १
    श्याम कुमार श्रेष्ठ
    ६३ बागमती
    सिन्धुली
    सिन्धुली १
    डेकेन्द्र सुबेदी
    ६४ बागमती
    सिन्धुली
    सिन्धुली २
    लेखनाथ दाहाल
    ६५ बागमती
    रसुवा
    रसुवा १
    माधव लामिछाने
    ६६ बागमती
    धादिङ
    धादिङ १
    राजेन्द्र प्रसाद पाण्डे
    ६७ बागमती
    धादिङ
    धादिङ २
    राम बहादुर भण्डारी
    ६८ बागमती
    नुवाकोट
    नुवाकोट १
    हित बहादुर तामाङ
    ६९ बागमती
    नुवाकोट
    नुवाकोट २
    हिरानाथ खतिवडा
    ७० बागमती
    काठमाडौँ
    काठमाडौँ १
    मेनका भण्डारी
    ७१ बागमती
    काठमाडौँ
    काठमाडौँ २
    नितेश पौडेल
    ७२ बागमती
    काठमाडौँ
    काठमाडौँ ३
    निरज लामा
    ७३ बागमती
    काठमाडौँ
    काठमाडौँ ४
    इन्द्र भुसाल
    ७४ बागमती
    काठमाडौँ
    काठमाडौँ ५
    कल्पना शर्मा
    ७५ बागमती
    काठमाडौँ
    काठमाडौँ ६
    हेमलाल शर्मा ९हिमाल०
    ७६ बागमती
    काठमाडौँ
    काठमाडौँ ७
    बसन्त प्रसाद मानन्धर
    ७७ बागमती
    काठमाडौँ
    काठमाडौँ ८
    सुमन सायमी
    ७८ बागमती
    काठमाडौँ
    काठमाडौँ ९
    राधाकृष्ण महर्जन
    ७९ बागमती
    काठमाडौँ
    काठमाडौँ १०
    रुपा महर्जन
    ८० बागमती
    भक्तपुर
    भक्तपुर १
    हरिराम लवजु
    ८१ बागमती
    भक्तपुर
    भक्तपुर २
    रामप्रसाद सापकोटा ९दिपशिखा०
    ८२ बागमती
    ललितपुर
    ललितपुर १
    सुनिल महर्जन
    ८३ बागमती
    ललितपुर
    ललितपुर २
    राजेन्द्र अमात्य
    ८४ बागमती
    ललितपुर
    ललितपुर ३
    राजकाजी महर्जन
    ८५ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक १
    दिनानाथ गौतम
    ८६ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक २
    बसुन्धरा हुमागाई
    ८७ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक १
    माधव सापकोटा
    ८८ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक २
    युवराज दुलाल
    ८९ बागमती
    मकवानपुर
    मकवानपुर १
    विजय गौतम
    ९० बागमती
    मकवानपुर
    मकवानपुर २
    लवशेर बिष्ट
    ९१ बागमती
    चितवन
    चितवन १
    डा कृष्ण पन्त
    ९२ बागमती
    चितवन
    चितवन २
    प्रताप गुरूङ
    ९३ बागमती
    चितवन
    चितवन ३
    रेणु दाहाल
    ९४ गण्डकी
    गोरखा
    गोरखा १
    हरिराज अधिकारी
    ९५ गण्डकी
    गोरखा
    गोरखा २
    लेखनाथ न्यौपाने
    ९६ गण्डकी
    मनाङ
    मनाङ १
    यशोदा सुवेदी गुरुङ
    ९७ गण्डकी
    लमजुङ
    लमजुङ १
    हरिजंग तामाङ
    ९८ गण्डकी
    कास्की
    कास्की १
    राजकाजी गुरुड
    ९९ गण्डकी
    कास्की
    कास्की २
    हेमबहादुर थापा
    १०० गण्डकी
    कास्की
    कास्की ३
    गोपाल गिरी
    १०१ गण्डकी
    तनहुँ
    तनहुँ १
    विध्यानाथ ढकाल
    १०२ गण्डकी
    तनहुँ
    तनहुँ २
    सोमबहादुर थापा
    १०३ गण्डकी
    स्याङ्जा
    स्याङ्जा १
    शैलेन्द्र घिमिरे
    १०४ गण्डकी
    स्याङ्जा
    स्याङ्जा २
    पदम विश्वकर्मा
    १०५ गण्डकी
    नवलपरासी ९पूर्व० नवलपरासी ९पूर्व० १ लोकप्रसाद भुर्तेल
    १०६ गण्डकी
    नवलपरासी ९पूर्व० नवलपरासी ९पूर्व० २ गणेशमान महतो
    १०७ गण्डकी
    मुस्ताङ
    मुस्ताङ १
    मुटुक गुरुङ
    १०८ गण्डकी
    म्याग्दी
    म्याग्दी १
    अर्जुन थापा
    १०९ गण्डकी
    बागलुङ
    बागलुङ १

    ११० गण्डकी
    बागलुङ
    बागलुङ २
    ज्ञाननाथ गैरे
    १११ गण्डकी
    पर्वत
    पर्वत १
    मनहरी शर्मा
    ११२ लुम्बिनी
    गुल्मी
    गुल्मी १
    सुर्दशन बराल
    ११३ लुम्बिनी
    गुल्मी
    गुल्मी २
    श्रीराम महत
    ११४ लुम्बिनी
    पाल्पा
    पाल्पा १
    होमबहादुर सुनारी
    ११५ लुम्बिनी
    पाल्पा
    पाल्पा २
    सोमप्रसाद पाण्डे
    ११६ लुम्बिनी
    अर्घाखाँची
    अर्घाखाँची १
    रामबहादुर चौहान
    ११७ लुम्बिनी
    नवलपरासी ९पश्चिम० नवलपरासी ९पश्चिम० १ सिन्धु जलेशा
    ११८ लुम्बिनी
    नवलपरासी ९पश्चिम० नवलपरासी ९पश्चिम० २ देबेन्द्र पौडेल
    ११९ लुम्बिनी
    रुपन्देही
    रुपन्देही १
    घनश्याम यादव
    १२० लुम्बिनी
    रुपन्देही
    रुपन्देही २
    सुभाष पाण्डे ९विश्वदीप्०
    १२१ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ३
    फैज अहमद खान
    १२२ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ४
    बाबुलाल यादव
    १२३ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ५
    वकिल मुसलमान
    १२४ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु १
    कृष्ण कुँवर
    १२५ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु २
    बृजेश कुमार गुप्ता
    १२६ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु ३
    एहसन अहमद खाँ
    १२७ लुम्बिनी
    पूर्वी रुकुम
    पूर्वी रुकुम १
    पुष्पकमल दाहाल‘प्रचण्ड’
    १२८ लुम्बिनी
    रोल्पा
    रोल्पा १
    वर्षमान पुन
    १२९ लुम्बिनी
    प्युठान
    प्युठान १
    कृष्णध्वज खड्का
    १३० लुम्बिनी
    दाङ
    दाङ १
    मेटमणि चौधरी
    १३१ लुम्बिनी
    दाङ
    दाङ २
    निर्मल आचार्य
    १३२ लुम्बिनी
    दाङ
    दाङ ३
    धनबहादुर मास्की
    १३३ लुम्बिनी
    बाँके
    बाँके १
    नरेन्द्र पाण्डे
    १३४ लुम्बिनी
    बाँके
    बाँके २
    दिपेन्द्र विष्ट
    १३५ लुम्बिनी
    बाँके
    बाँके ३
    दिपक जिएम
    १३६ लुम्बिनी
    बर्दिया
    बर्दिया १
    विष्णु प्रसाद थारु
    १३७ लुम्बिनी
    बर्दिया
    बर्दिया २
    सुरेश पन्थ
    १३८ कर्णाली
    सल्यान
    सल्यान १
    रमेश कुमार मल्ल
    १३९ कर्णाली
    डोल्पा
    डोल्पा १
    धनबहादुर बुढा
    १४० कर्णाली
    मुगु
    मुगु १
    चन्द्रबहादुर शाही
    १४१ कर्णाली
    जुम्ला
    जुम्ला १
    नरेश भण्डारी
    १४२ कर्णाली
    कालिकोट
    कालिकोट १
    महेन्द्र बहादुर शाही
    १४३ कर्णाली
    हुम्ला
    हुम्ला १
    दिपेन्द्र रोकाया
    १४४ कर्णाली
    जाजरकोट
    जाजरकोट १
    शक्ति बहादुर बस्नेत
    १४५ कर्णाली
    दैलेख
    दैलेख १
    अम्बर बहादुर थापा
    १४६ कर्णाली
    दैलेख
    दैलेख २
    योगेन्द्र शाही
    १४७ कर्णाली
    सुर्खेत
    सुर्खेत १
    जीतबहादुर राना
    १४८ कर्णाली
    सुर्खेत
    सुर्खेत २
    झकबहादुर मल्ल
    १४९ कर्णाली
    पश्चिम रुकुम
    पश्चिम रुकुम १
    गोपाल शर्मा
    १५० सुदूरपश्चिम
    बाजुरा
    बाजुरा १
    प्रकाश बहादुर शाह
    १५१ सुदूरपश्चिम
    अछाम
    अछाम १
    भिम बहादुर रावल
    १५२ सुदूरपश्चिम
    अछाम
    अछाम २
    बलबहादुर कुँबर
    १५३ सुदूरपश्चिम
    बझाङ
    बझाङ १
    मीन बहादुर कुँवर
    १५४ सुदूरपश्चिम
    डोटी
    डोटी १
    त्रिलोचन भट्ट
    १५५ सुदूरपश्चिम
    कैलाली
    कैलाली १
    रामलाल डगौरा थारु
    १५६ सुदूरपश्चिम
    कैलाली
    कैलाली २
    नन्दबहादुर साउद
    १५७ सुदूरपश्चिम
    कैलाली
    कैलाली ३
    वीरमान चौधरी
    १५८ सुदूरपश्चिम
    कैलाली
    कैलाली ४
    हरिराम चौधरी
    १५९ सुदूरपश्चिम
    कैलाली
    कैलाली ५
    प्रेम आले
    १६० सुदूरपश्चिम
    दार्चुला
    दार्चुला १
    लक्ष्मणदत्त जोशी
    १६१ सुदूरपश्चिम
    बैतडी
    बैतडी १
    परमानन्द भट्ट
    १६२ सुदूरपश्चिम
    डडेल्धुरा
    डडेल्धुरा १
    मानसिंह माल
    १६३ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर १
    विना मगर
    १६४ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर २
    माधव पन्त
    १६५ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर ३
    मानबहादुर सुनार