अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारु भएको छ । सडक बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन्… Continue reading अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति… Continue reading कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते… Continue reading दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन्… Continue reading चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन

रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ… Continue reading रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन

कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान

File

धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन… Continue reading कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी… Continue reading रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु

माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी… Continue reading माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?

महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको… Continue reading महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने

१ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १०… Continue reading १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

प्रतिकात्मक तस्वीर

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र… Continue reading कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई… Continue reading व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले… Continue reading नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

पश्चिम तराईमा मध्यरातमा भुकम्प

बाँके । पश्चिम तराईमा  भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यरातमा आएको भुकम्पले स्थानीय त्रसित बनेका थिए ।

तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्… Continue reading तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

दार्चुला दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान

दार्चुला । बुधबार दार्तुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा बझाङ, बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहराको मृत्यु भएको छ ।शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर… Continue reading दार्चुला दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान

रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

रौतहत । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा… Continue reading रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको,… Continue reading कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण… Continue reading धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

मोरङमा आगलागी, एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर हुन्… Continue reading मोरङमा आगलागी, एक जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु… Continue reading दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको… Continue reading ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठान । प्युठानमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा जीप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा छन् ।… Continue reading प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।… Continue reading बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको भ्यान दुर्घटना हुँदा रुकुममा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको कार्यालयले जनाएको छ… Continue reading रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता… Continue reading नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर ज्यान गएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका… Continue reading झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक पहिरोले बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने पहुँच नै अवरुद्ध बनेको छ । गतराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो । सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका,… Continue reading चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

काठमाडौंमा नदी किनारमा बाढी पस्यो

File

काठमाडौं । काठमाडौंमा गत राती आएको ठूलो वर्षाका कारण नदी किनारमा बाढी पसेको छ । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला डुबानका परेको छ । प्रहरी चौकीको मेस बगेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित… Continue reading काठमाडौंमा नदी किनारमा बाढी पस्यो

सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७… Continue reading सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी