उत्तर कोरियाको राजधानी पुगे पुटिन

Grigorov/Sputnik/Reuters

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन

स्वदेश फर्किदै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला… Continue reading स्वदेश फर्किदै राष्ट्रपति

पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने… Continue reading पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

पूर्वी नेपालमा आज पनि ठूलो वर्षा

काठमाडौं । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया… Continue reading पूर्वी नेपालमा आज पनि ठूलो वर्षा

उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले… Continue reading उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

काठमाडौं । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषदमा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा… Continue reading द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका–८ तिलगंगा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो । गुरुयोजना कार्यान्वयनका क्रममा तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी… Continue reading तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध डा. केसी अनशन बस्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दैआफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह… Continue reading दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध डा. केसी अनशन बस्ने

हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

एजेन्सी । एशियाली शहर हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको छ । युरोपेली र अमेरिकी सहरहरूलाई पछि पार्दै हङकङ सन् २०२४ मा विश्वकै महँगो सहर बनेको हो । मर्सरको २०२४ को कस्ट अफ लिभिङ रिपोर्ट अनुसार यस वर्ष हङकङ संसारकै महँगो सहर बनेको हो । हङकङसँगै अर्को एसियाली मुलुक सिंगापुर पनि सर्वाधिक महँगो सहरको शीर्ष… Continue reading हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोेजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा परेको थियो। रिट हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। । गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै… Continue reading गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा

राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो… Continue reading राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए। ‘रायबरेली र वायनाडबाट अब… Continue reading राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा मंगलबारबाट सुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरे । बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ । जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव… Continue reading नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति… Continue reading बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

काठमाडौं । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटसत्रमा सहभागी… Continue reading राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

कुकुर मारेको आरोपमा तीन पक्राउ

काठमाडौं । कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीया संगम लिम्बू र १७ वर्षीय अशोक लिम्बूलाई पक्राउ गरेको छ । उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट सार्वजनिक भएको थियो।यो घटना सामाजिक… Continue reading कुकुर मारेको आरोपमा तीन पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सार्वजनिक गरेको हो। उनलाई गएराती काठमाडौंको बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् । उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा… Continue reading ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको थियो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री… Continue reading ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

ब्याटिङमा खराब फर्मले नेपालले अर्को ऐतिहासिक अवसर गुमायो

काठमाडौं । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग हारेको छ । कम लक्ष्य पाए पनि नेपाललाई बंगलादेशले २१ रनले हराएको हो । नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन रह्यो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १… Continue reading ब्याटिङमा खराब फर्मले नेपालले अर्को ऐतिहासिक अवसर गुमायो

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे… Continue reading आज बकर इद, सार्वजनिक बिदा

सन्दीपले पुरा गरे टी-२० आईमा १ सय विकेट

काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे… Continue reading सन्दीपले पुरा गरे टी-२० आईमा १ सय विकेट

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

file

काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना ३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन… Continue reading पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Dipendra Singh Airee of Nepal reacts during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौं । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो । नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए… Continue reading इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट

अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर–६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना–८ का २८ वर्षीय प्रतिक बस्याल… Continue reading अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ

प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका… Continue reading प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आइतबार अधिवक्ता विमल पोखरेलले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्को जेठ २४ गतेको बैठकले आगामी आवदेखि सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय… Continue reading भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

तराई अझै केही दिन ‘अत्यधिक’ गर्मी, ६ गतेसम्म तातो लहरको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (असार ३ देखि असार ६ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले आइतवार विशेष बुलेटिन निकालेर मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह… Continue reading तराई अझै केही दिन ‘अत्यधिक’ गर्मी, ६ गतेसम्म तातो लहरको चेतावनी

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन

पृथ्वी राजमार्गको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तार आयोजना कार्यमा खटिएका श्रमिक । उक्त आयोजनाको विस्तार कार्यमा दिन रातमा नै प्राविधिक र मजदुर खटिने गरेका छन् । तस्बिरः पूर्ण विके÷रासस

काठमाडौं । विगतका वर्षहरुमा जस्तै चालु चालु आर्थिक वर्ष २०८०/८१ मा पनि पूँजीगत (विकास) खर्चको अवस्था दयनीय रहेको छ । चालु आवको ११ महिना बितिसक्दा आधा पनि बजेट खर्च हुन नसकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पूँजीगत खर्च ४४.६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२.६… Continue reading विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन

मेयर बालेनले भने- ‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नगरसभा बैठकमा दलको प्रतिनिधित्व गरेर नआउन भनेका छन् । आर्थिक वर्ष २०८१/८२ वर्षको जेठ ३२ गते प्रस्तुत भएको नगरको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाइएको बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेपछि प्रमुख शाहले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘३ जना… Continue reading मेयर बालेनले भने- ‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू’