Category: समाचार

  • झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् ।

    यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन् । ज्ञानेन्द्र र कोमल आइबार साँझ बुद्ध एयर चढेर झापा पुगेका छन् । उनीहरुलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा समर्थकहरूले भब्य स्वागत गरेका थिए।

    समर्थकबाट राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट« कायम गर जस्ता नारा लागेका थिए । झापामा रहँदा धार्मिक पिठ प्रतिष्ठानहरुमा ज्ञानेन्द्र दम्पत्ति सहभागी हुने भएका छन् । पछिल्लो राजनीतिक उथलपुथलमा मौन बसिरहेका पूर्वराजा ज्ञानेन्द्र एक्कासी झापामा देखा परेका हुन् ।

  • क्यामरुनमा बस र ट्रक ठोक्किए, कम्तिमा ३७ जनाको मृत्यु

    क्यामरुनमा बस र ट्रक ठोक्किए, कम्तिमा ३७ जनाको मृत्यु

    काठमाडौं । क्यामरूनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यामरुनको मध्यक्षेत्रमा आइतबार उक्त दुर्घटना भएको हो ।

    क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गर्दै यस घटनाको पुष्टी गरेको छ । समाचार अनुसार एक यात्रुबाहक बस ट्रकसँग ठोक्किएर भयानक दुर्घटना भएको थियो । जहाँ कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

    १९ यात्रु गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ । सोहीकारण हताहतीको संख्या बढ्न सक्ने जनाइएको छ । ट्रकसँग ठोक्किएको बस अनियन्त्रित भई सडकबाट खोचमा खसेको थियो । बसमा सवार धेरैजसो यात्रुको घटना स्थलमै ज्यान गएको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरी आयुक्त पाउलिनले जानकारी गराएका छन् ।

  • सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन

    सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ ।

    विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय गरिएको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नो निर्वाचन क्षेत्रको दमौलीमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न भनेको छ ।

  • चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?

    चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो ।

    काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ ।

    स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नेछ । नेपालमा कम्युनिष्ट पार्टी फूटको निकट पुगेको छ । समानान्तर कमिटिहरु बनिरहेका छन् । यस सन्दर्भमा भएको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यो टोलीले राष्ट्रपतिसँग करीव १ घण्टा कुराकानी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि यतिबेला कम्यूनिष्ट एकता नै धरापमा परेको छ ।

    नेपालमा चीनले कम्यूनिष्ट पार्टीको एकता चाहेको र बदलामा सरकार परिवर्तन गर्न सकिने संकेत गरेको नेताहरुले बताउने गरेका छन् । सोहीकारण यो भेट नेकपाको भविश्वसँग जोडेर समेत हेर्ने गरिएको छ ।

    चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएसँगै उता भारतमा समेत सरगर्मी बढेको छ । भारतीय संचारमाध्यमले यस टोलीको भ्रमणको समाचारलाई उच्च प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

  • संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो ।

    त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए ।

    प्रहरीले एक दर्जन गोली चलाएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा गएको बताइएको छ ।

    गोली चलाउँदै उक्त समूहका नेतासहित ३ जना जंगलतिर भागेको बताइएको छ । उक्त घरबाट भने विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद भएको बताएको छ ।

  • राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

    राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।

    गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

  • नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

    नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

    काठमाडौं। नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८२५ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ पुगेको छ ।

  • शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

    अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

    प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् । प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम राखिएको छ ।

    यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।

    साथै आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् सदर गरेर चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ ।

    ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै छुट्टाछुट्टै बैठक गरिरहेका छन् । त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो ।

  • चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

    चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चाबहिलमा मोटरसाइकल पुलबाट खस्दा एक जनाको मृत्यु भएको छ । चाबहिलको गोपिकृष्णहल नजिकै पुलबाट मोटरसाइकल धोवीखोलामा खसेको हो । प्रहरीका अनुसार बा २६ प ४०२१ नम्बरको मोटरसाइकल खोलमा खस्दा चालक सिन्धुली घर भएका २७ वर्षिय लोकनारायण श्रेष्ठको ज्यान गएको हो ।

    उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए । राती भएको यो घटनालगत्तै उनलाई उपचारका लागि नेपाल–भारत अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा

    मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे । अन्ततः यो कदम उनकै मन्त्रीपरिषद्का लागि घातक हुने देखिएको छ । आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले उनले मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    तर, अब भने वास्तवमै अविश्वासको प्रस्ताव ल्याउन बाटो खुलेको प्रतिक्रिया नेताहरुले दिएका छन् । मन्त्री आङ्बो प्रचण्ड–नेपाल समुहका हुन् । मूख्यमन्त्री राई भने ओली समुहका हुन् । मूख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै सम्भवतः आजै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।

    यसको तयारीमा जुटेको नेताहरुले जनाएका छन् ।प्रचण्ड–नेपाल समुह नेकपा भित्र बहुमत रहेका कारण अविश्वासको प्रस्ताव आउनासाथ मूख्यमन्त्री राई स्वतः अल्पमतमा पर्नेछन् ।

    यसअघि बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश १ मा भने नयाँ सरकार बनाउन अब निकै कसरत गर्नपर्नेछ ।

    किनकी नेकपामा फूट आएसँगै अब कांग्रसलाई सरकारमा सहभागी गराउनै पर्छ । केन्द्रमा पार्टीमा आएको फूटको प्रभाव अब प्रदेश सरकारहरुमा पर्न लागेको हो ।

  • नयाँ मन्त्रीले आज कार्यभार सम्हाल्ने

    नयाँ मन्त्रीले आज कार्यभार सम्हाल्ने

    काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भई आएका मन्त्रीहरुले आज पदभार सम्हाल्ने कार्यक्रम छ । शुक्रबार राती अबेर मात्र सपथ खाएका कारण उनीहरु सो दिन कार्यालय जान पाएनन । शनिबार सार्वजनिक बिदा थियो ।

    सोहीकारण आज उनीहरुले आज आआफ्नो मन्त्रालय सम्हाल्ने भएका हुन् । आइतबार उर्जा मन्त्रीले बिहानै मन्त्रालय पुगी कार्यभार ग्रहण गरिसकेका छन् । अन्य मन्त्रीले समेत छुट्टाछुट्टै समयमा कार्यभार सम्हाल्नेछन् ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ९ जना नयाँ मन्त्रीलाई नियुक्त गरेकी थिइन् । वर्तमान मन्त्रीपरिषद्का केही सदस्यको भने जिम्मेवारी हेरफेर भएको थियो ।

    शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रालयमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश सिंह ठगुन्ना, वन तथा वातावरणमा प्रेमबहादुर आले, युवा तथा खेलकुदमा दावा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जुलीकुमारी महतोलाई नियुक्त भई जिम्मेवारी सम्हाल्दैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई नियुक्ति दिइएको छ ।

  • ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    ट्रक बुटवलबाट खाद्यान्न बोकेर सदरमुकाम तम्घास तर्फ जाँदै थियो । ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आइतबार विहान साढे २ बजेतिर उनीहरुलाई ठक्कर दिएको थियो ।

    प्रहरीका अनुसार दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

  • चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

    चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

    धन लामा, कनेक्टिकट

    अमेरिका निवासी गायक तथा संगीतकार केशव शर्मा दाहाल र हालका चर्चित गायिका मेलिना राईको स्वरमा “चौतारीमा बसौन पियारी” बोलको गीत डिसेम्वर २५ को दिन आफ्नै युट्युब च्यानल (Keshab S. Dahal Official) बाट सार्वजनिक गरिएको छ । यो सुन्दर गीतको सर्जक राजु बाबु श्रेष्ठ हुनुहुन्छ भने, हालका चर्चित संगीतकार राजन राज सिवाकोटीले सर्जकको शब्दलाई जीवन्तता प्रदान गर्नु भएको छ । शब्द, संगीत र स्वरको धेरै राम्रो त्रिवेणी सिर्जना भएको छ । सत्यम, शिवम, सुन्दरम भन्ने जस्तै अर्ग्यानिक शब्द, संगीत र स्वरको यो संगमलाई गाउँले परिवेशको प्राकृतिक छायाँकन, निरन्जन प्रधान र एलिशा राईको अर्ग्यानिक नृत्यले सुनमा सुगन्ध थपेको छ ।

    अहिलेको नयाँ पुस्तामा एक छत्र राज गर्नुभएकी गायिका मेलिना राईसँग केशव शर्मा दाहालले गाउनुभएको यो नयाँ गीत “चौतारिमा बसौंन पियारी” आम श्रोताहरुको मनको चौतारिमा कत्तिको बस्छ त्यो भने हेर्न बाँकी छ । यस भिडियोलाई सन थापाले निर्देशन गर्नुभएको हो । केशव संगीतको समेत असल विद्यार्थी भएको कारणले होला स्वरमा निखरता र मिठासको अनुभूति गर्न सकिन्छ ।

    नेपालको पूर्व ताप्लेजुङ्गमा जन्मेर, हाल अमेरिकामा बसोबास गर्नुभएका केशवको आफ्नै शब्द, संगीत र हाल युवा पिडींको अत्यन्त लोकप्रिय गायक राजेश पायल राईको स्वरमा अत्यन्त मार्मिक गीत बजारमा आउँने तयारीमा रहेको समेत गायक दाहालले बताउनुभयो ।

    विभिन्न स्टेज कार्यक्रमहरुमा मनोरञ्जन प्रदान गर्ने केशवको आधुनिक गायनमा बढी रुची भए ता पनि लोक गीत र प्यारोडी गायनमा समेत उहाँको आवाज जमेको देखिन्छ । उहाँको पहिलो गीत “बैँसमा लाको पिरती” निक्कै चर्चित छ जुन गीत उहाँको पहिलो गीत हो ।

  • हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    हेटौंडा । हेटौंडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

    हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    दुर्घटना गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका ८ जनाको चुरेहिल अस्पतालमा उपचार जारी छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।

  • ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी

    ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा कुल ५४३४ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यसअवधिमा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

    यसमध्ये २ लाख ४९ हजार १३२ जनाले कोरोना जित्न सफल भएका छन् । १८१९ जनाको भने निधन भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर मात्र ६७४९ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३४९ होम आइसोलेसनमा छन् । जसले गर्दा अस्पतालहरुको उच्च चाप घटेको छ । २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

  • १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

    १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

    काठमाडौं । आज यस हिउँदकै सबैभन्दा चिसो दिनका रुपमा तापमान मापन भएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज १.३ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार भने काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो।

    यसअघि ३ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसम्म झरेको थियो । त्यसपछि केही बढेको तापक्रम आज भने ह्वात्तै घटेको छ । काठमाडौंको तापक्रम अझै कम हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।

    सोहीकारण दिउँसो चर्को घाम लाग्दा काठमाडौंबासीलाई राहत भने पुगेो छ । महाशाखाका अनुसार तराईमा हुस्सु र कुहिरोको प्रभाव रहनेछ । यसले तराई क्षेत्रमा भने जनजीवन प्रभावित बनेको छ ।

    देशका अन्य भूभागको मौसम भने सामान्य रहने भएको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने गरिएको छ ।

  • राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने निर्णय लिएको बताइएको छ ।

    यसअघि १८ असारमा राष्ट्रपतिबाट वर्षे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रतिनिधिसभा भने नेकपा भित्रको आन्तरिक कलहको शिकार बनी विघटनमा परेको छ । यसविरुद्ध अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

  • पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शक्ति केन्द्रित गर्न अनेक उपाय लगाइरहेका छन् । संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । रमाइलो पक्ष त उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् ।

    उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिए । उनी प्रदेश सभामा सिन्धुपाल्चोकमा हारेका नेता हुन् । प्रचण्ड समुहका उनलाई ओलीले मन्त्री पद दिएर आकर्षित गरेका छन् ।

    सिन्धुपाल्चोककै पूर्वएमाले नेता शेरबहादुर तामांगले प्रचण्डलाई साथ दिएपछि ओलीले लामालाई लाभको पद दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९ जना नयाँ नेतालाई मन्त्री पद दिए ।

    दुई जनाको मन्त्री पद भने गुमेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोती दुगडको पद गएको हो । शुक्रबार हतार हतारमा भएको मन्त्रिपरिषद बिस्तारमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिए ।

    शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो मन्त्री बने । विमला विश्वकर्मालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।


    आज थप र जिम्मेवारी हेरफेर भएका मन्त्री
    टोपबहादुर रायमाझी : उर्जा
    मणि थापा : खानेपानी
    प्रभु साह : शहरी विकास
    प्रेम आले : वन
    गणेश ठगुन्ना : सामान्य प्रशासन
    गौरी शंकर चौधरी : श्रम
    दावा लामा : युवा तथा खेलकुद
    जुली कुमारी महतो : महिला बालबालिका
    विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री
    भानुभक्त ढकाल : पर्यटन (मन्त्रालय हेरफेर)
    हृदयेश त्रिपाठी : स्वास्थ्य (मन्त्रालय हेरफेर)
    लीलानाथ श्रेष्ठ : कानून
    शिवमाया तुम्बाहाङ्फे : भूमिसुधार (मन्त्रालय हेरफेर)
    पद्मा अर्याल : कृषि (मन्त्रालय हेरफेर)
    कृष्ण गोपाल श्रेष्ठ : शिक्षा

  • काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २७९जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ९ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।

  • नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना डिस्चार्ज

    नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार १४२ जनाको परीक्षणमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८९२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४८ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ७ हजार ९२ पुगेको छ ।

  • संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

    संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

    संसद विघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथि संवैधानिक इजालाशमा सुनुवाईपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिइएको छ ।

    यी निवेदनहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलाश गठन भएको थियो । जसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

    सो मुद्दामा बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

  • बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्‍त्रीको राजीनामा

    बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्‍त्रीको राजीनामा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपा प्रचण्ड–माधव समूहका ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

    त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

  • संसद विघटनविरुद्ध हामी यहाँ छौँ भन्दै सडकमा प्रचण्ड–माधव नेपालको समूह

    संसद विघटनविरुद्ध हामी यहाँ छौँ भन्दै सडकमा प्रचण्ड–माधव नेपालको समूह

    काठमाडौं । संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन शुरु गरेको छ ।

    माइतीघरबाट शुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु सहभागी भएका छन् ।

    उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

    बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको योजना छ ।

    नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । पुष ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सदर गरेपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आइरहेको छ ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    काठमाडौं । आज संसारभर क्रिसमस डे मनाइदैछ । यस दिनको उपलक्ष्यमा नेपालमा समेत क्रिश्चियन धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार छ ।

    यसलाई क्रिश्चियन धर्मालम्बीले क्रिसमसका रुपमा धुमधाम साथ मनाउने गर्छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मान्यता छ । येशुलाई जिसस क्राइस्ट समेत भनिन्छ ।

    उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहेको छ ।

    क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस प्रकारका धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

    सरकारले आज क्रिश्चियन समुदायका लागि बिदा दिएको छ । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

  • सरकारको कदमविरुद्ध कांग्रेसले १३ पुस र नेकपाले १४ पुसमा आन्दोलन गर्ने

    सरकारको कदमविरुद्ध कांग्रेसले १३ पुस र नेकपाले १४ पुसमा आन्दोलन गर्ने

    काठमाडौं । सरकारले चालेको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस र नेकपा (प्रचण्ड -नेपाल) समूहले आन्दोलन घोषणा गरेका छन् । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

    बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    उता, नेकपा केन्द्रिय कमिटि बैठकले समेत सरकारको कदम असंवैधानिक भएको भन्दै फिर्ता लिनुपर्ने माग गरी सडक आन्दोलन घोषणा गरेको छ । १४ पुसमा देशैभर आन्दोलन गर्ने घोषणा नेकपाले गरेको छ । नेकपाले वडास्तरसम्म संगठनात्मक भेला गर्ने निर्णय समेत गरेको छ ।

  • चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो अभियानका दौरान ३ सय ४२ वटा मोटरसाइकल प्रहरीको फन्दामा परेका हुन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यस प्रकारका मोटरसाइकलका कारण दुर्घटना निम्तिने खतरा हुन्छ । त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण समेत गर्छ ।

    साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलको संचालनमा प्रहरीले कडाई गरिरहेको छ । महाशाखाका अनुसार यस प्रकारका मोटरसाइकलको नम्बर संकलन गरी निरन्तर निगरानी गरिदै आएको छ ।

  • ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

    ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा आफुसँगै चुनाव लड्न चूनौति दिएका छन् । बुधबार नेपालको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिएको तनहुँमा निर्वाचन हार्ने भएकाले भन्दै टिप्पणी गरेका थिए ।

    यसको जवाफमा पौडेलले ओलीलाई तनहुँमै चुनावमा आफुसँग भिड्न चूनौति दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको भन्दै कांग्रेस महाधिवेशनबाट सभापति बन्न सुझाव दिएका थिए। कांग्रेसको राजधानीमा जारी केन्द्रिय समिति बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले ओलीलाई यस्तो चूनौति दिएका हुन् ।

    पछिल्लो समय ओलीले आफुविरुद्ध बोल्ने नेताप्रति लक्षित गलर्दै विष वमन गर्दै आइरहेका छन् । आज समेत उनले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध कटाक्ष गर्दै उनको नेपाली राजनीतिमा कुनै योगदान नै नभएको बताएका थिए ।

    यता, पौडेलले भने आफु पाँचपटक चुनाव जितेको मानिस भएको भन्दै भने, ‘अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु ।’

    प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद भंग गरेपछि कांग्रेसमा पौडेल समुह आन्दोलन चर्काउनु पर्ने पक्षमा छ । सभापति देउवा समुह भने पर्ख र हेरको रणनीतिमा देखिएको छ ।

  • राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

    काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ ।

    आयोगका कार्यवाहक प्रमुख आयुक्त डा।गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष ०७६–०७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

  • ‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अध्यक्षबाट हटाइयो

    ‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अध्यक्षबाट हटाइयो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    ओली नेतृत्वको नेकपाको बिहिबार वालुवाटारमा बसेको केन्द्रिय समितिको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

    यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।