उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो । त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ ।… Continue reading उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

बाँके । बाँकेमा खेल्दाखेल्दै ३ जना बालकको पानीमा डुबेर ज्यान गएको छ । बाँकेको बैजनाथपुरस्थित नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैजनाथपुर गाउँपालिका, २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको ज्यान गएको छ । बैजनाथपुर… Continue reading पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

काठमाडौं । नेपालमा बिहीबार दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ । ९ जना भने निको भएर घर गइसकेको छन् । मन्त्रालयका अनुसार बिहीबार उदययुरमा ५५ वर्षीया महिला र जनकपुरमा १४ वर्षीय किशोरमा संक्रमण… Continue reading नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ । आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो… Continue reading आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता हुने भएको छ । यससम्बन्धी सहमति पत्रमा बुधबार राती सम्झौता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिने भएको छ । पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने गरी सहमति भएको छ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको… Continue reading समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार… Continue reading नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

काठमाडौं । नेपालले भारततर्फको सीमा नाका तत्काल नखोल्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुसँगको ब्रिफिङमा उक्त जानकारी गराएका हुन् । बुधबार प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संघीय सांसदसँग छलफल गरेका थिए । सोहीक्रममा प्रधानमन्त्रीले उक्त स्पष्टोक्ती दिएका हुन् । दुई अध्यक्षले छुट्टा छुट्टै प्रदेशका सांसदसँग… Continue reading सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो

काठमाडौं । नेकपा नेतृत्वले आफ्ना सांसदहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदसँग छलफल थालेका हुन् । सरकारले दुई दिन ल्याएको दुई अध्यादेशपछि स्वयमः नेकपा भित्रैबाट यसको आलोचना भइरहेको बेला नेतृत्वले सांसदहरुसँग छलफल गर्न लागेको हो । कोरोना संक्रमणविरुद्ध सरकारले गरिरहेको… Continue reading नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो

लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन । काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ । उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको… Continue reading लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन… Continue reading अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क       विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलबारको अध्यावधिक अपडेट सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा मात्र ११ जनामा कोरोना पुष्टी भएको हो । यससँगै देशभर ४२ जनामा संक्रमण पुष्टी भएको छ । मंगलबार काठमाडौंमा ३ जना र कोशी अस्पतालमा ८ जनाको नमुना पोजेटिभ पाइएको हो । यअसघि… Continue reading स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् । कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्‍चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै… Continue reading नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या  ४० पुगेको छ भने  उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड  ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा  गरेका छँन् । ट्रम्पले सोमबार  राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै  अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन्   ।   ट्रम्पले कस्तो सँयन्त्र प्रयोग… Continue reading ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्न लागेको हो । खासगरी संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभएपनि निर्णय दिन सक्ने व्यवस्थ र दल विभाजनलाई सहज बनाउने गरी सरकारले सोमबार दुई अध्यादेश ल्याएको थियो । त्यसमध्य एक… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन्… Continue reading अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

न्यूयोर्क कोरोना भाइरसको संक्रमण गहिरिँदा कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा झरेको छ । अमेरिकी कच्चा तेल सोमबार शुन्यभन्दा पनि तलको बिन्दुमा झरेको हो । आज एनवाईमेक्समा एक ब्यारल कच्चा तेलको मूल्य माइनस १.४३ डलरसम्म झर्यो । सन् १९८३ मा एनवाईमेक्स स्थापना भएयताकै सबैभन्दा कम मूल्य हो त्यो । फ्युचर बजारमा अहिले मे कन्ट्र्याक्टमा लगानीकर्ताले… Continue reading कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

काठमाडौं । सरकारले पार्टीमा बीना छलफल दुई वटा अध्यादेश पारित गरेसँगै राजनीतिक मौहाल गर्माएको छ । यसै सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको आग्रहमा सोमबार साँझ नै नेकपा सचिवालय बैठक बस्यो । तर, बैठकले कुनै ठोस निर्णय भने नगरेको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बस्दाबस्दै राष्ट्रपतिबाट अध्यादेश पारित… Continue reading नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

न्युयोर्क विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य… Continue reading कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् । मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको… Continue reading राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

काठमाडौं । अब विपक्षी दलका नेता उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न र बैठकले निर्णय गर्न सक्ने भएको छ । सरकारले सोमबार दुई अध्यादेश जारी गरेको छ । जसमा पहिलो अध्यादेश राजनीतिक दलको विभाजनसम्बन्धी थियो भने दोस्रो चाही संवैधानिक परिषद्सम्बन्धी थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक… Continue reading अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

न्युयोर्क पछिल्ला दिनहरूमा नेकपाभित्र विवाद चर्किँदै गएको देखिएको थियो। हालसालै एक अध्यक्ष प्रचण्डले कोरोना भाइरसले निम्त्याएको सङ्कटको सामना गर्न उच्चस्तरीय संयन्त्र गठनको पक्षमा धारणा राखेका थिए। तर प्रधानमन्त्रीले त्यसप्रति असन्तुष्टि जनाउँदै उक्त प्रस्ताव लत्याइ दिएका थिए। प्रचण्डले पूर्वएमालेका नेताहरूबीच फाटो ल्याएर चलखेल गरिरहेको र ओलीको विकल्प खोज्ने तयारी समेत गरेको भन्ने सूचना पाएको प्रधानमन्त्री निकटहरूले… Continue reading प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने

काठमाडौं । आज नेपालबाट रुसले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । रुसको रोयल फ्लाइट एयरलाइन्स बिहान काठमाडौं अवतरण गर्दैछ । जहाजले लकडाउनपछि नेपालमा अडकिएका नागरिकलाई रुस फिर्ता लैजाने रुसी दूतावासले जनाएको छ । जहाज १ बजे काठमाडौंबाट फिर्ता हुनेछ । यो जहाजको उडान मस्कोसम्मको हो । उक्त जहाजले काठमाडौंमा रहेका १ सय ४३ यात्रु… Continue reading आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने

गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमण महामारीको ” ‘हाफ टाईम’ भएको बताएका छन् । गत मार्च १ तारिख ईरान भ्रमणबाट न्युयोर्क फर्किएकी ३९ बर्षीया महिलामा पहिलो पटक कोरोना संक्रमण देखिएको न्युयोर्कमा झन्डै डेढ महिना पछि २ लाख संक्रमित र १८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । गभर्नर कुमोले न्युयोर्कमा कोरोना… Continue reading गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

अप्रिल १९  नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको… Continue reading नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् । नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् । आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् । कैलाली लम्कीचुहा नगरपालिका–९… Continue reading नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ । गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन । तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन… Continue reading कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

(यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो) कृष्टिन चुन, न्यूयोर्क  गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् । अहिले कारोना… Continue reading सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान