Category: समाचार

  • चीन आइपुग्यो बेलायतमा देखिएको कोरोनाको नयाँ भाइरस

    चीन आइपुग्यो बेलायतमा देखिएको कोरोनाको नयाँ भाइरस

    काठमाडौं । बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ स्वरुप चीनमा समेत देखिएको छ । कोरोना भाइरस भने पहिलो पटक चीनमा देखिएको थियो । विश्व नै आक्रान्त बनाएको यो भाइरसको एक वर्षपछि खोप वितरण भइरहेको छ । तर, बीचमा बेलायतमा नयाँ प्रकृतिको भाइरस भेटिएपछि पुनः एकपटक अन्यौल बढेको छ ।

    चीनमा एक २३ वर्षीया युवतिमा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको हो । बीबीसीका अनुसार बेलायतबाट हुने यात्रु आवागमन बन्द गरिसकेको अवस्थामा भेटिएको यो संक्रमणले थप प्रश्न सिर्जना गरेको छ ।

    यता, नेपालमा बेलायतबाट आएका ५ जनामा भेटिएको कोरोना नयाँ हो या पुरानो भन्ने पुष्टी गर्न स्वाव थप परीक्षणका लागि हंकंग पठाइने भएको छ । त्यसपछि मात्र उनीहरुबारे पुष्टी हुने भएको छ । अघिल्लो साता भएको परीक्षणमा बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी भएको हो ।

  • आजबाट शुरु हुँदैछ राष्ट्रिय सभा, प्रतिनिधिसभा विघटनको विषय उठ्ने

    आजबाट शुरु हुँदैछ राष्ट्रिय सभा, प्रतिनिधिसभा विघटनको विषय उठ्ने

    काठमाडौं । राष्ट्रिय सभाको हिँउदे अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरेको नयाँ परिस्थितिमा बस्न लागेको राष्ट्रिय सभाको बैठकमा नयाँ राजनीतिक परिस्थिति नै बहसको विषय हुने नेताहरुले जनाएका छन् । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि मन्त्रिपरिषद पुनर्गठनबारे सदनलाई जानकारी गराइने भएको छ ।

    अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने कार्यसूची समेत राखिएको छ । अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेश समेत आज राष्ट्रिय सभामा पेस गरिने भएको छ ।

    संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश सरकारले ल्याएको थियो । आज राष्ट्रिय सभामा रहेका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने भएका छन् ।

  • नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण

    नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण

    काठमाडौं । पछिल्लो एक साता काठमाडौंसहितका शहरी इलाकामा विद्यूत आपूर्तिमा समस्या देखिएको छ । अकस्मात लाइन जाने र निकै बेर नआउने समस्याले उपभोक्ता हैरानीमा छन् । संचारमाध्यमले यस प्रकारको समस्यालाई अघोषित लोडसेडिङको उपमा दिएसँगै प्राधिकरण स्पष्टिकरण सार्वजनिक गर्न बाध्य भएको छ ।

    प्राधिकरणले नेपालमा औपचारिक रुपमा लोडसेडिङ हटेको भन्दै अब त्यस्तो अवस्था नआउने बताएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाका अनुसार अहिले बत्ती जाने समस्या हुनुका पछाडि पुराना संरचनाको मर्मत सम्भार र कहिलेकाहीँ अचानक आउने समस्या मूख्य कारण हो । तर, विजुली जाने अन्य कारण भने छैन ।

    विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदलीजस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सुचारू गर्ने गरिएको उनले जनाएका छन् ।

    प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको भन्दै स्पष्ट पारिएको छ ।

    प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्रणालीमा आएको प्राविधिक समस्याले भएको समेत स्पष्ट पारेको छ । यो समस्या तत्पश्चात भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् निराकरण गरिसकिएको प्राधिकरणको भनाई छ ।

  • अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् ।

    मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनमा हस्ताक्षर गर्ने १५ जनालाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएको थियो । जसमा १५ जनालाई निलम्बन गरिएको हो । यसअघि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको थियो ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका अन्य चार जना तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकाले कारवाही नगरिएको बुझिएको छ ।

    निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

  • नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

    नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ ।

  • ‘ओलीको कदम अलोकतान्त्रिक हो, आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन’- देउवा

    ‘ओलीको कदम अलोकतान्त्रिक हो, आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन’- देउवा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् ।

    मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार गरेको भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको बताए ।

    ‘ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन् । ओलीको कदम अलोकतान्त्रिक पनि छ’, देउवाले भने ।

    उनले नेपाली कांग्रेसले हिँसात्मक बाटो अवलम्बन नगर्ने बताएका छन् । सभापति देउवाले अदालतलाई धम्क्याएर निर्णय गर्न लगाउन नमिल्ने बताए ।

    ‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन । कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो,’ देउवाले भने, ‘अदालतको निर्णय पर्खनुपर्छ ।’

    सभापति देउवाले ‘कुनै पनि बाहनामा एकदलीय शासन नमान्ने बताएका छन् । उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए ।

    ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’

  • प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, भीम आचार्य चयन

    प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, भीम आचार्य चयन

    काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ ।

    बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।

    प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो ।

    संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो । सत्तारुढ नेकपा विभाजित भएपछि अहिले बिभिन्न प्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र संसदीय दलबाट हटाउने अभियान सुरु भएको छ।

    यसअघि नेकपा सांसदहरुले नै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

    प्रदेश ३ का बहुमत नेकपा सांसदले उनलाई संसदीय दलबाट हटाई नेकपाकै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेका छन्।

  • नर्वेमा भीषण पहिरो, कम्तिमा २० जना वेपत्ता

    नर्वेमा भीषण पहिरो, कम्तिमा २० जना वेपत्ता

    ओस्लो । नर्वेमा भीषण पहिरोमा परी कम्तिमा २० जना व्यक्ति बेपत्ता भएका छन्। कैयौ मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ । घटनामा १० जना घाइते छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटना राजधानी ओस्लो नजिकै एक गाउँमा भएको हो ।

    पहिरोले घटनास्थलका सयौँ घर बगेको वा पुरिएको आशंका गरिएको छ । त्यहाँका घर पहिरोले नष्ट समेत भएका छन् । घटनास्थलमा खोजी तथा उद्दारको काम भइरहेको अधिकारीहरुले जनाएका छन् । उक्त स्थानमा करीव दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलमा पहिरो बगेको बताइएको छ ।

    ५ सय मानिस विस्थापित भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

  • आज मिलमिलाप दिवस, कांग्रेसले विविध कार्यक्रम गरी मनाउँदै

    आज मिलमिलाप दिवस, कांग्रेसले विविध कार्यक्रम गरी मनाउँदै

    काठमाडौं । आज नेपाली कांग्रेस र पार्टीका भ्रातृ संस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहसहितका नेता ४० वर्ष अगाडी आजकै दिन लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएका थिए । यस दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ ।

    आज कांग्रेसले ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । खासगरी सरकारको दमकका विरुद्धमा जनचेतना जगाउने गरी कांगेसले कार्यक्रमहरु आयोजना गर्न लागेको बताएको छ ।

    नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए ।

    त्यसपछि पार्टीहरु प्रतिवन्धमा परे । नेताहरुलाई जेल हालियो । २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायत नेता जेलमुक्त भए र उनीहरु भारतमा निर्वासनमा गए । २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कासहितका नेता आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दा यथावत रहँदै स्वदेश फर्किए । मुलुकमा प्रजातन्त्रको लडाईमा ठूलो योगदान गरेका नेताहरुको यस आँटको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस घोषणा गरेको थियो ।

  • काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमालको मृत्यु भएको हो ।

    बुधबार राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएको छ । प्रहरीले चालक रामचन्द्र थापा र टिपरलाई समेत नियन्त्रणमा लिएको छ । राजधानीमा साँघुरा संरचनामा समेत तिब्र गतिमा कुद्ने टिपर सडक दुर्घटनाका मूख्य कारक बन्दै गएका छन् ।

  • प्रचण्ड पत्नी अस्पताल भर्ना, स्वास्थ्यलाभको कामना गर्न प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    प्रचण्ड पत्नी अस्पताल भर्ना, स्वास्थ्यलाभको कामना गर्न प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनमा वंशानुगत पार्किन्सन जस्तो देखिने रोग रहेको छ । सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको दाहालकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत पुष्टी गरेकी छिन् ।

    सीता अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रचण्ड दिउँसो अस्पताल पुगेका थिए । पार्टीमा देखिएको विवादका बीच प्रचण्ड दौडधुपमा छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ प्रचण्डलाई टेलिफोन गरी पत्नि सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पार्टीमा फाटो आएपछि सार्वजनिक कार्यक्रममा नेताहरुबीच एक अर्काको उछितो काड्ने क्रम जारी छ । तर, पहिलो पटक टेलिफोनमा वार्ता भएको हो । बुधबार साँझ प्रधानमन्त्रीले आफु निकट दुई नेता विण्णु पौडेल र सुवास नेम्वांगलाई समेत आफ्नो सन्देशसहित अस्पताल पठाएका थिए ।

  • ‘चुनावमा आउनुस्- बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन, बाक्सा साट्न दिइँदैन’

    ‘चुनावमा आउनुस्- बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन, बाक्सा साट्न दिइँदैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई निर्वाचनको तयारी थाल्न आग्रह गरेका छन् ।

    सूदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्कवेटमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

    संसद पुनर्स्थापना नहुने उल्लेख गर्दै ओलीले भने कहाँ सडकमा गएर कपडा बिगार्‍या? उहाँहरु सिंगौरी खेल्दै हुनुहुन्छ।

    कहिले माइतीघरमा कहिले भृकुटीमण्डपमा। एक्लै सिंगौरी खेलेर केही हुन्न। चुनाव लड्दा थाहा हुन्छ। जनताले देखाइदिन्छन्। तर पनि मेरो शुभकामना छ उहाँहरु पनि केही सिट जित्नुस्।’ निर्वाचनमा आउनुस्, बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन । च्यात्न दिइँदैन । बाक्सा साट्न दिइँदैन । यस्तो तमासा लोकतन्त्रमा गर्न पाइदैन । स्वच्छ निर्वाचन हुन्छ । शान्त निर्वाचन हुन्छ ।’

    सम्बोधनका क्रममा उनले यसअघि चुनावमा मतपत्र च्यातिएको समेत स्मरण गरे । ‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो । छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने ।

  • ‘म मित्रताको अँगालो हाल्छु प्रचण्ड धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छ’

    ‘म मित्रताको अँगालो हाल्छु प्रचण्ड धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद पुनःस्थापना कुनै पनि हालतमा नहुने प्रष्ट पारेका छन् ।

    बुधबार काठमाडौंको कार्की बैंङ्क्येटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको दाबी गरे ।

    अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो । संसद् पुनःस्थापना किन ? तमासाका लागि ? उनले प्रश्न गरे । अब अरुको सरकार बन्दैन । संविधानमा पनि त्यो व्यवस्था छैन ।

    उनले बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै भएको बताए । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालसँग बहुमत नभएको स्पष्ट पारे ।

    ‘म मित्रताले अँगालो हाल्छु उहाँ धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छ । मैले उहाँलाई षड्यन्त्रकारी राजनीतिक छोड्नुस् । राजनीति भनेको इमान्दारिताका साथ जनताको सेवा गर्नुपर्छ भनेको छु । उहाँ बहुमत छ भन्नुहुन्छ । के को बहुमत छ ?, उनले भने ।

  • ‘प्रचण्ड-नेपाल समूहको सानो झिल्का विलाएर जान्छ, निर्वाचन जितेर सरकारमा आउने हामी नै हौं’ -लेखराज भट्ट

    ‘प्रचण्ड-नेपाल समूहको सानो झिल्का विलाएर जान्छ, निर्वाचन जितेर सरकारमा आउने हामी नै हौं’ -लेखराज भट्ट

    काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई सानो झिल्को भएको बताएका छन् ।

    केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्री भट्टले प्रचण्डसँग आफ्नो ४० वर्षको सहयात्रा रहेको बताउँदै प्रचण्ड पनि ओली समूहमा आउने दाबी गरेका छन् । उनले महाधिवेशनसम्म प्रचण्डले धैर्यता गर्न नसकेर नेकपा फुटेको आरोप लगाएका छन् । उनले व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि पार्टी विभाजन भएको बताएका हुन् ।

    ‘विभाजन भनेको सत्रुतापूर्ण नै हो । किनभने अहिले हामीबीच विचारमा मतभेद छैन् । सैद्धान्तिक, वैचारिक राजनीतिक रुपमा के हो भन्ने छैन् । अहिलेको विभाजन भनेको व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि विभाजन हो । कसैलाई प्रधानममन्त्री र कसैलाई अध्यक्ष चाहिएको छ ।

    पार्टीको कार्यकारी अध्यक्षले आफ्नो जिम्मा पूरा गरेर महाधिवेशनसम्म जाने धैर्यता उहाँ भएन’, उनले भने, ‘त्यसकारण उहाँहरुको अधैर्यता, महत्वकांक्षा सबै बुझिन्छ । बिस्तारै सबैले बुझ्दै जान्छन् र फेरी उहाँहरु यही ठाउँमा आउनुहुन्छ । प्रचण्डसँग मैले ४० वर्ष सहकार्य गरेको छु ।

    हामी गएपछि साथीहरु आइहाल्छन् यसमा शंकै छन् । बहुमत प्राप्त प्रधानमन्त्रीले सर्वस्वीकृतपार्टीको नेता त्यो नेतालाई काम गर्न नदिएपछि संविधानमा टेकेर नयाँ जनादेशमा जान्छु भन्नु त्यो कलंक कसरी हुन्छ ? जनादेशमा जान उहाँहरु(प्रचण्ड–नेपाल) किन आत्तिएको ?’

    मन्त्री भट्टले कसैले चाहेर पार्टी विभाजन नभएको र गत बैशाखको निर्वाचन आफूहरुले नै जित्ने दाबी गरेका छन् ।

    ‘पार्टीभित्रको अन्तरद्वन्द्वले यो स्थितिमा पुर्यायो । कसैले पनि चाहेको कुरा होइन । प्रधानमन्त्रीले चाहेर भएको होइन् । परिस्थिति सिर्जना गरेपछि यसलाई रोक्ने को हो त ? संसद विघटन गरेर जनादेशमा जानु नै सही कदम हो ।

    अब निर्वाचन हुन्छ । हामी जनताबाट जितेर आउँछौं । निर्वाचन हुन्छ भन्ने विश्वस्त छु । अदालतले सरकारको कदमलाई सही हो भन्छ’, उनले भने ।

  • नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

    नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

    काठमाडौं। नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ ।

  • प्रचण्ड–नेपाल समूह: वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयाे

    प्रचण्ड–नेपाल समूह: वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयाे

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

    बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई ९शाक्य०चयन गरेको हो ।

    बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

    बागमती प्रदेशमा नेकपाका ८१ जना संसद छन् । जसमध्ये ४५ जना शाक्यको पक्षमा रहेको स्रोतले जानकारी दियो । बागमती प्रदेशमा जम्मा प्रदेश सांसदको संख्या ११० रहेको छ ।

  • फर्कियो चिनियाँ टोली, नेकपा एकता जोगाउने ‘मिशन’ के भयो ?

    फर्कियो चिनियाँ टोली, नेकपा एकता जोगाउने ‘मिशन’ के भयो ?

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

    चार दिने भ्रमणमा आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलको टोली बुधबार बिहान हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएको हो ।

    भ्रमणका क्रममा उक्त उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालका शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभक्त भयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जितपिङको एकता सन्देश लिएर टोली आएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएका बेला त्यसलाई उनीहरुले खण्डन गर्दै नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको स्पष्ट पारेको छ ।

  • आज नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनका थप कार्यक्रम आउने

    आज नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनका थप कार्यक्रम आउने

    काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकलाई शीर्ष नेताले सम्बोधन गर्दैछन् । नेताहरुका अनुसार आजको स्थायी समिति बैठकले आगामी रणनीति तय गर्ने भएको छ । यसअघि नेकपाले सरकारको कदमका विरुद्धमा मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो ।

    बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ । यसबाट पार्टी एकता समेत तोडिएको छ । स्थायी कमिटी बैठक बस्नुअघि पेरिसडाँडामा अखिल नेपाल महिला संघको वृहत भेला हुँदैछ ।

  • थप ८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो

    थप ८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

  • काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १५६ महिला र १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्।

    हाल काठमाडौंमा २ हजार ९४२ ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप ७०४ जनामा कोरोना संक्रमण, ७०८ जना डिस्चार्ज

    नेपालमा थप ७०४ जनामा कोरोना संक्रमण, ७०८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १३५ जनाको पिसिआर परीक्षणमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४० पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ३ सय १२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ३९६ पुगेको छ ।

  • ‘ओली सच्चिए भन्ने लागेको थियो,गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ’

    ‘ओली सच्चिए भन्ने लागेको थियो,गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ’

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् ।

    राजधानीमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी गरेका हुन् । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् ।

    ‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि म स्वीकार्छु भन्नुभएको थियो । तर, ओलीले मनबाट गणतन्त्र स्वीकार गर्नुभएको थिएन । प्रतिनिधिसभा विघटन गरेर उहाँ बयलगाडामा नै अडिग रहेको प्रष्ट देखिएको छ । उहाँलाई चिन्न नसकेकोमा म जनतासमक्ष माफी माग्न चाहान्छु,’ प्रचण्डले भने ।

    सभामा बोल्दै उनले भने, ‘हामीले बुझ्न सकिएन छ,केपी ओलीलाई । यति छिटो संविधानमाथि निमर्म प्रहार गर्न सकेको थिएन् । हामीले बनाएको कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौं ।’

    उनले भने आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा चाहान्छु । ‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ प्रचण्डले भने ।

    प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।

    ‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’

  • ‘केपी ओली सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं,सच्चिन अन्तिम मौका छ’

    ‘केपी ओली सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं,सच्चिन अन्तिम मौका छ’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको बताएका छन् ।

    राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको बताए । ओली असंवैधानिक कदमबाट पछि हटे आफूहरु सबै कुरा बिर्सनसमेत तयार रहेको नेता नेपालले बताए । नेपालले निरंकुश केपी ओलीको आयु पुगेको र सच्चिनका लागि अन्तिम मौका रहेको बताए ।

    पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।

    संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

    तर, मैले भनेको छु बालुवाटारको बालुवा पेल्दा-पेल्दा तेल निकाल्न सकिन्छ कि ? तेल निकाल्नुभयो भने धन्यवाद । बाङ्गो पुच्छरलाई तेल घस्दा सोझो बनाउन सक्नुहन्छ भने धन्यवाद,’’ उनले भने ।

  • ‘ओली तानाशाहको कारण सडकमा आउन बाध्य भयौं’- वरिष्ठ नेता खनाल

    ‘ओली तानाशाहको कारण सडकमा आउन बाध्य भयौं’- वरिष्ठ नेता खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् ।

    राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीजस्ता तानाशाहले संविधान र लोकतन्त्रमाथि प्रहार गरे त्यसैले सडकमा आउन बाध्य भएका बताएका हुन् ।

    खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’

    ‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने ।

    हामीले पटक पटक सोध्यौँ–उहाँ भन्नुहुन्छ , मैले काम गरेको देखेर विश्व चकित भएको छ । उहाँ भन्नुहुन्छ मैले सडक र पूल हालेको छु । केपी ओलीले रानीपोखरी बनाएँ भन्नुहुन्छ । उहाँले बनाएको हो ? कालिगढहरुले बनाएका हुन् उहाँहरुलाई धन्यवाद दिनुपर्छ ।

    त्यस्तै अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री केपी शर्मा ओली कमरेड बन्न नसकेको बताएकी छन् । शाक्यले ओलीलाई निरंकुश शासक बनेको आरोप लगाइन् ।

    ‘हामीले आदर गरेको ओली कमरेड बन्नु भएन, उहाँ निरंकुश शासक बन्नुभयो, स्वच्छाचारी शासक बन्नुभयो, सामन्ती शासक बन्नुभयो, सर्वोसत्तावादी शासक बन्नुभयो’, उनले भनिन्,‘ जनतामाथि धावा बोल्नुभयो।’

    प्रधानमन्त्री ओलीले संविधानमाथि कू गरेकोसमेत शाक्यले आरोप लगाइन् । उनका अनुसार जनताले ओली सरकारमाथि जुन आशा गरेका थिए त्यो तोडिएको छ । ‘जबसम्म ओलीले खोस्न लागेको अधिकार प्राप्त गर्न सक्दैनौँ जबसम्म हामी रोकिँदैनौँ’, उनले भनिन् ।

  • मुख्यमन्त्री भट्टले गरे ओली समूहमा रहेका सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

    मुख्यमन्त्री भट्टले गरे ओली समूहमा रहेका सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

    काठमाडौं । । केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।

    विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका हुन् ।

    नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन । नेकपा केन्द्रमा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ ।

  • सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन

    सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन

    काठमाडौं । सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी प्रदर्शन गर्ने भएको छ । राजधानी काठमाडौंसहित देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना हुने भएको छ ।

    राजधानीको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको नेताहरुले बताएका छन् । राजधानीमा बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस निकालिने भएको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस निकाल्ने तयारी छ ।

    रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकाल्दैछन् । यी जुलुस भृकुटीमण्डपमा जम्मा हुनेछन् । यहाँ शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

    यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । अहिले जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

  • ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’

    ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् ।

    भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।

    ‘हामी अदालतलाई मान्ने पार्टी हौं । अदालतलाई तर्साउने, धम्क्याउने काम हामी गर्दैनौं । अदालतलाई स्वविवेकिय निर्णय गर्ने अधिकार छ । अदालतको निर्णयपछि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भने । अदालतमा विचारिधन मुद्धामा हामी बोल्ने विषय छैन् ।’

    त्यस्तै उनले भोलीका दिनमा प्रर्दशनको तयारी गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले कोरोनाको महामारी कायम रहेकोले सबै जना सतर्क भएर हिँड्नुपर्ने बताएका छन् ।

  • काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज

    नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय १८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ पुगेको छ ।

  • ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड

    ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड

    काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

    सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’

    प्रधानमत्री ओलीले संसद विगठन गरेर श्री ३ जंगबहादुर राणाको बाटोमा गएको आरोप समेत लगाएका छन्। उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’

    संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दावी गर्दैं आएको छ।

    सडक आन्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले संसद विघटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्यक्त गरेका छन्।

    संसद पुर्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।