कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ । पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ । गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ । कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण… Continue reading कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

न्युयोर्क जुत्ता उत्पादनको दुनियाँमा शिखरमा रहेको नाम “नाइक” ले कोरोना भाइरसको महामारीमा ३२ हजार ५ सय जोर नयाँ जुत्ता दान दिने भएको छ । अमेरिकाको ओरेगन राज्यस्थित मुख्य कार्यालय रहेको नाईकले अमेरिका र युरोपको स्वास्थ सेवा क्षेत्रको लागि आफ्नो नयाँ उत्पादन “जुम प्लस” दिन लागेको सोमबार जनाएको हो । नाईकले निकट भबिष्यमा “गूड ३६०” नामक… Continue reading नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

ओहायो ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले… Continue reading मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

नेकपा स्थायी समिति बैठक अनिश्चित

काठमाडौं । नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गर्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ । बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा तय गर्नु पर्ने थियो । तर, २० गतेको निर्णयअनुसार… Continue reading नेकपा स्थायी समिति बैठक अनिश्चित

दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्।… Continue reading दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए । बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। कोरोना परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ । त्यस्तै सरकारले आन्तरिक… Continue reading जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। पछिल्लोपटक थपेको १० दिने लकडाउन… Continue reading जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ । यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी… Continue reading नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

न्युयोर्क अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट् … Continue reading अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

File

काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । कुल १६ जना उपचारपछि निको भएर घर फर्किएका थिए । तर, उनीहरुमध्ये दुई जनामा कोरोना पुनः देखा परेको पुष्टी भएको छ । थप एक जनामा पनि पुनः संक्रमणको आंशका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर फर्किएका… Continue reading नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपालले अहिले लिएकै नीति प्रभावकारी रहेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ । भोली बस्ने मन्त्रीपरिषद्ले सम्भवतः यसको औपचारिक निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार अहिलेको उपाय प्रभावकारी छ भन्ने… Continue reading लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष

अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन

काठमाडौं । सरकारले अनलाइन पठनपाठनका नाममा कुनै पनि स्कूलले विद्यार्थीसँग शूल्क उठाउन नपाउने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन समेत निर्देशन दिएको हो । कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा… Continue reading अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन

कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु

नेपालगन्ज । कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त रहेको प्रदेश हो । तर, कर्णाली प्रदेशको तल्लो बेल्ट नेपालगन्जमा भने एकसाथ ठूलो संख्यामा कोरोना संक्रमित देखिएका छन् । सोहीकारण कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका बन्द गर्ने भएको छ । अबको एक हप्तासम्म कर्णाली प्रदेश पूर्ण रुपमा बन्द हुने… Continue reading कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु

सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट

काठमाडौं । सरकारले सीमा नाकामा प्रहरीको तैनाथी बढाउने भएको छ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ खटिएका सशस्त्र तथा नेपाल प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय सरकारले गरेको हो । अब कारागार, विकास निर्माण आयोजनासहित संवेदनसिल क्षेत्रमा खटिएका प्रहरीलाई समेत सीमा सुरक्षामा खटाइने भएको छ । ती क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली… Continue reading सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट

नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना

नेपालगन्ज । नेपालमा पहिलो पटक बालकमा कोरोना देखिएको छ । यसअघि १४ वर्षका किशोरलाई कोरोना देखिएकोमा आइतबार भने ७ वर्षको बालकमा कोरोना पुष्टी भएको छ । नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसमेत गरी नेपालगन्जमा आइतबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् ।… Continue reading नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्। त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको… Continue reading नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो

कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मात्र ६७ हजार ४ सय मानिसको ज्यान गएको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा यति संख्यामा मानवीय क्षति भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १६ सय ४७ जनाको ज्यान गएको छ। यस मुलुकमा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ पुगेको छ। अमेरिकामा १ लाख… Continue reading कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु

अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

न्युयोर्क       गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ ।  महामारीको समयमा अमेरिकास्थित समुदायमा… Continue reading अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

मिचिगन अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क… Continue reading कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

काठमाडौं     काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ  सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार  समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा… Continue reading राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार र पार्टी संचालनका दौरान कमीकमजोरी भएकोमा शीर्ष नेतृत्वले आत्मआलोचना गरेको छ । पार्टी भित्रको चर्को विवादका सम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना सहित सच्चिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् । शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले गरेका… Continue reading नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने

सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको अहिलेसम्मको अवस्थाका सार्क मुलुकमध्ये भुटान र नेपाल सफल देखिएका छन् । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि राम्रो रहेको निकष्कर्षमा सरकारले पुगेको हो । नेपाल र भुटानमा अहिलेसम्म कोरोनाका कारण बिरामीले ज्यान गुमाउनु परेको छैन । यी दुबै मुलुकमा मानिसलाई संक्रमण समेत निकै कम छ… Continue reading सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल

महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो । शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र… Continue reading महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

३४ लाखमा पुग्यो कोरोना संक्रमण

काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ । शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका… Continue reading ३४ लाखमा पुग्यो कोरोना संक्रमण

‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् । शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको… Continue reading ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी… Continue reading ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै… Continue reading श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ । ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्या‌ंकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ । ३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो