Category: समाचार

  • विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

    विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको मृत्यु भएको हो।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ।

    संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५१ हजार १ सय १६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९३ प्रतिशत हो।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको हो।

  • नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

    नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२०० विन्दु पार गरेको यो पहिलो पटक हो ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३० खर्ब नाघेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८८.४५ अंकले बढेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता प्रभु बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४० करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक ३० करोड र नेपाल पुनर्बीमा कम्पनी २४ करोडसहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंक, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ४.३१ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

  • कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

    कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएका नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिने दाबी गरेका छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा सम्बोधन गर्दै ओलीले भारतसँग मित्रवत् छलफल गरेर सुगौली सन्धिपछि प्राप्त नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम गर्ने दाबी गरेका हुन् ।

    उनले भने, ‘मिचिएको भूमि नक्सामा समेट्यौँ । संविधानमा राख्यौं । ती भूमि फिर्ताका लागि मित्रवत् ढंगले छलफल हुँदै छ र त्यो भूभाग लिन्छौँ । नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि कायम गर्छौँ ।’

    उनले व्यवहारमा राष्ट्रवादलाई उतार्न नसक्ने र मौकामा राष्ट्रवादका चर्का नारा लगाउनेलाई कटाक्ष गर्दै भने, ‘हाम्रो पानी हाम्रो खेतको सिरानबाट जाँदा हामीले हाम्रो खेतमा पानी चाहियो भन्न नसक्ने ? अनि सुमधुर सम्बन्धका लागि चुप लागेर बस्नुपर्छ भन्ने ? खेत बाँझै राखेर मौका मिल्दा राष्ट्रवादको ठुला नारा लगाउने ? यस खालको कुरा अन्त्य गर्नुपर्छ ।’

    ओलीले भारतसँगको मित्रवत् छलफलबाट नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम हुने दाबी गरे ।

  • माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

    उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

    उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र होइन, माघेसंक्रान्ति सबैले मनाउँछन्, यो सबैका लागि हो । माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

  • काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

    काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

    काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् ।

    उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका ८ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

    ती बत्ती जडानका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उनले भने, ‘यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।’

    विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले बताए ।

    तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।

    विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकामा पालिकाले राखेका बत्ती छन् । विभागले थप अरु ६/७ ठाउँमा बत्ती राख्ने योजना बनाएको छ ।

    चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्नेगरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ ।

  • ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

    ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

    राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

    सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए ।

    ‘सरकारलाई काम नै गर्न दिइएन,’ ‘प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन उनले भने’ ।

  • रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

    रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमाना ननाघ्न धम्की दिएका छन् । जति ठूलो सेलिब्रेटी भएपनि सिमाना नाघ्दा त्यसको जवाफ समयले माग्ने रिमालको चेतावनी छ । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले यस्तो चेतावनी दिएका हुन् ।

    शनिबार साँझ मिश्रले प्रधानमन्त्रीले पूर्वन्यायमूर्तिहरुलाई धम्क्याएको प्रति आलोचना गर्दै ट्विट गरेका थिए।

    उनले भनेका थिए, “कस्तो समय आयो पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो ।”

    उनको यो ट्वीटमा जवाफ दिने क्रममा रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी, तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।”

    प्रधानमन्त्रीले शनिबार विचाराधिन मुद्दामा बोलेको भन्दै पूर्वप्रध्यानन्यायाधिशहरुको आलोचना गरेका थिए । तर, प्रधानमन्त्री स्वयम भने आफ्नो कदम सही भन्दै अदालतलाई प्रभाव पार्ने गरि बोलिरहेका छन् । संसद विघटनको मुद्दा अहिले पनि अदालतमा वहसका क्रममा रहेको छ ।

  • आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् ।

    आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ ।

    बैठकमा प्रधानमन्त्रीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

  • स्वदेश फर्किए प्रचण्ड

    स्वदेश फर्किए प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि उनी पुस २० मा भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई पुगेका थिए । उनको सचिवालयका अनुसार प्रचण्ड आज नेपाल आएका हुन् । यद्दपी पत्नी सीताको उपचार भने जारी रहेको छ ।

    अध्यक्ष दाहाललाई विमानस्थलमा वर्षमान पुनसहितका नेताले स्वागत गरेका छन् । पत्नी सीताको उपचारका क्रममा हेरचाहका लागि छोरीहरु गङ्गा र रेणु दाहाल खटाएर दाहाल स्वदेश फर्किएका हुन् ।

    मुलुकभित्र तातेको राजनीतिक माहौलमा प्रचण्डको अनुपस्थितिमा उक्त समुहको सक्रियता कमजोर बनेको थियो । एकातर्फ पारिवारिक चिन्ता र अर्कोतर्फ पार्टीमा देखिएको कलहले प्रचण्ड दोहोरो तनावमा छन् । त्यसो त प्रचण्डले पछिल्लो एक दशकयता त्यस्तै परिस्थितिको सामना गर्दै आइरहेका छन् ।

  • नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

    यसमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । १९१२ जनाको मृत्यु भइसकेको छ । घट्दो संक्रमणका कारण देशभर मात्र ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् । १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।

  • टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

    टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

    काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी बढेको प्रहरीको भनाई छ । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएको बताइएको छ ।


    समाचारमा जनाइ अनुसार गतराती ९ बजे प्रहरी उनीहरुको कोठामा पुग्दा उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए । श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । पछिल्लो दिनमा नेपालमा पारिवारिक कलहका कारण यस प्रकारका अप्रिय घटना बढिरहेका छन् ।

  • सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

    सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

    काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो ।


    राष्ट्रपति भने सार्वजनिक कार्यक्रममा निस्कन छाडेकी छिन् । गृह मन्त्रालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा पनि सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाउन थालिएको छ ।

    यसअघि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । अहिले भने प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरी सुरक्षाकर्मी बढाइएको हो ।

    प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि रोक्न समेत सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । ओली जाने कार्यक्रममा कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने चिजहरु समेत प्रहरीले निषेध गर्ने भएको छ ।

    असंवैधानिक कदम चालेर त्यसको बचाउमा उत्रिएका ओलीले अहिले आफ्नो कदमबारे जनमत जुटाउन देश दौडाहा थालेका छन् । सरकारले पूर्वमाओवादी खेमाका मन्त्रीहरुमाथि समेत सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा बढाउने निर्णय गरेको छ ।

  • ओली-रावल बाझाबाझ : को हो भगौडा ?

    ओली-रावल बाझाबाझ : को हो भगौडा ?

    काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका नेता लेखराज भट्टलाई मन्त्री पद दिएर फकाइरहेका छन् ।

    काठमाडौंमा शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले ओलीको भनाईप्रति लक्षित गर्दै उनलाई भगौडा भनेका हुन् ।

    नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक नै केपी ओली भएको उनको आरोप छ ।

    शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको तर्फ उनले इंगित गरे । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपसहित ओली अनुपस्थित हुने गरेको भन्दै उनलाई भगौडा भनेका हुन् । उता ओलीले भने प्रचण्ड-नेपाल समुहका नेता भगौडा भएको भन्दै त्यतातर्फ नलाग्न आग्रह गरेका थिए ।

  • काठमाडौं उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा ९० महिला र ११७ पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

    नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार २१ जना रहेको छ ।

  • ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

    ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फुर्सदै नभएको बताएका छन् ।

    शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् ।

    नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन् ।

    हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सद छैन ।’ उनले केही भगौडाहरु केन्द्रीय कमिटीको बैठकमा नआएर अन्त गएर गालीगलौजमा समय बिताएको भन्दै चर्को आलोचना गरे । उनले भने, ‘बाटामा बसेर भन्छन्, हामी यहाँ छौँ । मुख छाडेर हिँडेका छन् ।’

    उनले भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको बताए ।
    ‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, उनले भने ।

  • ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

    ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

    काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कार्य भएको बताएका छन् ।

    शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका छन् ।

    श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहस गरेको बताए ।

    ‘अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन् । त्यही भएर यो असंवैधानिक छ । सरकार सञ्चालनका निम्ति पार्टीमा छलफल हुँदै थियो । छलफलले कुनै निष्कर्ष । संविधानको हत्या गर्न पाइँदैन । पार्टीमा छलफल हुँदैथियो । स्थायी कमिटीको बैठकको बस्दैथियो’, उनले भने ।

    सांसद श्रष्ठले सर्वोच्च अदालतले पनि संसद विघटनको मुद्दाको फैसला संविधानमा टेकेर फैसला गर्ने अधिकार दिएको बताए ।

    ‘संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानमा टेकेर फैसला गर्ने अधिकार दिएको छ ।

    संविधान कागजको खोस्टोमा परिणत र संविधान च्यातिएको अवस्थामा हुन्छ’, राष्ट्रियसभा सदस्य श्रेष्ठले भने, ‘आफ्नो पदको सुरक्षा नहुने भयो भने पार्टी एकता पनि भंग लोकतन्त्र पनि भंग, पार्टी विधान पनि मान्दिनँ संविधान पनि मान्दिनँ भन्न पाइँदैन ।’

    उनले प्रधानमन्त्री अ‍ोलीलाई अहिले पनि अवसर रहेको भन्दै प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एकता हुन सक्ने बताए ।

    ‘अहिले पनि अवसर छ । असंवैधानिक घोषणाप्रति आत्मआलोचना गर्दै प्रतिनिधिसभा घोषणा होस भन्ने प्रधानमन्त्रीबाट आयो भने पार्टी एकतालाई एकताबद्ध बनाएर अगाडि जान सकिन्छ’, उनले भने ।

  • महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ ।

    बिहीबार पत्रकारको एक समूह मुसहरको एकीकृत बस्तीमा पुगेपछि यसबारे खुलेको राससले उल्लेख गरेको छ । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुरा नभएपछि पुस ९ मा रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसोले सताएको थियो ।

    त्यसपछि अत्यधिक रक्तश्राव भएको उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो। उनी बिरामी भएकै अवस्थामा छोरी जन्माएकी थिइन्। केहीबेरको अस्पताल बसाइपछि उनको मृत्यु भएको परिवारले जनाएको छ । नवजात शिशुको समेत जन्मेको ६ घण्टामै मृत्यु भएको छ ।

    एकसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो। गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिका दिन उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको समेत चिसोकै कारण मृत्यु भएको छ । यस बस्तीमा ३५० परिवार दलित मुसहर रहेका छन् ।

  • व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

    व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

    काठमाडौं । व्यक्ति अपहरण गरेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरुका पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको किटानी जाहेरी परेको हो । १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बुधबार ठमेलबाट पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघेको छ ।

    बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै यो संख्या १९०० नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ४ जना संक्रमितको मृत्यु भयो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा २५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १११ महिला र १४० पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।

  • नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण, ४८३जना डिस्चार्ज

    नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण, ४८३जना डिस्चार्ज


    काठमाडौं । नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको छ ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको छ ।

  • जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

    जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

    काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओेलीलाई हिटलरको संज्ञा दिएका छन् ।

    राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रायमाझीले ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन् ।

    उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरे । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाउको आरोप पनि लगाए ।

    ‘संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । प्रधानमन्त्री हिटलर हो ? जे मन लाग्यो त्यही गर्ने ? म ओलीलाई मात्र भन्दिनँ सारा कम्युनिस्ट पार्टी दोषी छ यो मुलुकमा । मुलुकलाई यो दिशामा पुर्‍याउन,’ उनले भने ।

    त्यस्तै, रायमाझीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी प्रधानमन्त्री ओलीले बोलेको भन्दै आलोचना पनि उनले गरे । प्रधानमन्त्री र मन्त्रीहरुलाई सर्वोच्च अदालतलाई प्रभावित गर्ने गरी नबोल्न पनि उनले चेतावनी दिए ।

  • ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

    ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

    काठमाडौं । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् ।

    राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उहाँले राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो गौतमले भने । ’

    राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताए ।

    प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,” उनले भने, “प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।”

  • कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

    कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

    काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ ।

    यो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय हल गर्न र सो क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने सरकारको विश्वास रहेको छ ।

    मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको उल्लेख गरेको छ । साउदीले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी खुलाएको छ ।

  • बालाजुमा कैंचीले घोपेर एक जनाको हत्या

    बालाजुमा कैंचीले घोपेर एक जनाको हत्या

    काठमाडौं । काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले पेटमा घोपेर एक जनाको हत्या भएको छ । बाईपासस्थित सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरेको छ ।

    शर्माले पेटमा कैंचीले घोपेर घाइते बनाएका मियाँलाई उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा लगिएको थियो। उनको अस्पतालमै निधन भएको हो । मियाँ बुवाको कपडा सिलाई कारखानामा काम गर्दै आएका थिए। पहिले देखि नै दुई जनाबीच खटपट रहेको र सोहीकारण भएको विवादले घटना भएको शर्माले स्वीकार गरेका छन् । मृतक मियाँले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधको बयान छ ।

  • काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

    नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५६हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

  • सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको घोषणा गर्दै राजीनामा दिएका हुन् ।

    पूर्वमाअ‍ोवादी नेतासमेत रहेका बोहरा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिन्छन् । उनले अछामबाट चुनाव लडेका हुन् । पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेको भट्टसमेत ओली नेतृत्वको नेकपामा आएका थिए ।

    उनले राजीनमापत्रमा प्रदेशभित्रको आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न लगानीमैत्री कानून र संरचना तयार भएको बताएका छन् । मन्त्रध बोहराले देशको कूल गार्हस्थ उत्पादनमा आफ्नो प्रदेशको हैसियतलाई बढाउँदै लगिएको बताएका छन् ।

    उनले सात वटा प्रदेश सरकारहरु मध्ये वित्तिय अनुसाशसनको परिपालना गर्दै धेरै पूँजीगत खर्च गर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह भएको उल्लेख गरेका छन् ।