Category: समाचार

  • नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

    नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

    नयाँ दिल्ली । नेपाल भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषय यो बैठकमा औपचारिक प्रवेश नै नभएको पाइएको छ ।

    वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका थिए । तर, वैठकपछि जारी विज्ञप्तिमा भने यसबारेमा कुनै उल्लेख छैन ।

    भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा भने ज्ञवालीले यी विषय उठाएका हुन् । तर नेपाल भारत–संयुक्त आयोगको वैठकपछि आयोजक मुलुक भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको बारे भने उल्लेख छैन ।

    बैठकमा सीमा व्यवस्थापनको विषयमा कुरा भएको छ । सन् २०१४ मा काठमाडौंमा भएको आयोगको वैठकमा किटेर नै सुस्ता र कालापानीको किटेरै छलफल भएको थियो ।


    यस पटकको वार्तामा भारत यसअघिझैं प्रवुद्ध समूहको प्रतिवेदन ग्रहण गर्न तयार भएन । परराष्ट्रमन्त्रीको भ्रमणको समयमा कोभिड–१९ खोप ल्याउने विषयमा कुराकानी भएको समेत बताइएको छ । वार्तामा नेपालले भारतलाई सकेसम्म छिटो खोप प्रदान गर्न आग्रह गरेको छ ।

  • नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्।

    प्रदेश १ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा मात्र १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९ र रुपन्देहीमा ८ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ र कैलालीमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४८ पुगेको छ ।

  • संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

    संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

    संसद विघटनको असंवैधानिक कदमविरुद्ध कांग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सक्रिय सहभागी देउवाले अपील गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ । यसअघि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

    उनले माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।

    ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, उनले भनेका छन् ।

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४३ पुग्यो

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४३ पुगेको छ ।

  • नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

    नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २६ जना सक्रिय संक्रमित छन्।

  • देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ।

    पर्बत जान हिडेका सभापति देउवा चढेको कैलाश एयरको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल स्थानमा नजिक आकस्मिक अवतरण गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

    भट्टराईले सभापति देउवा चढेको हेलिकप्टर खाराब मौसमका कारण आकस्मिक अवतरण गरेको जानकारी दिदै अहिले देउवा सुरक्षित रहेको बताए ।

    मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ।

  • आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

    आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

    भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्ने बताइएको छ । मन्त्रीसँगै परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायत सरकारी अधिकारी पनि जानेछन् । उनी ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

    नेपाल भारत संवाद नभएको समयमा हुन लागेको यो भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सम्भवतः यो भ्रमणबाटै नेपाल र भारतबीच कोरोना खोप खरीद सम्बन्धमा समेत सम्झौताको रुपरेखा बन्ने छ ।

  • मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

    मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

    विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका –१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुषको शव भेटिएको हो । विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक बुधबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जानकारी दिएको छ ।

    भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको हो । उनी आफैंले चलाउने पीबी ९ एक्स २९६४ नम्बरको ट्रक भित्र मृत अवस्थामा भेटिएका छन् । मंगलबार सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँगै सुतेका नुर नउठेपछि सह–चालकले प्रहरीलाई यसबारे जानकारी गराएका थिए ।

    शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उता, मोरङको ग्रामथान गाउँपालिका–७ बाट मंगलबारदेखि हराइरहेका ३३ वर्षीय मनोज शाहको शव सुन्दरहरैचा नगरपालिका– ११ को झर्ना खोलामा भेटिएको छ ।

    बुधबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उनी मंगलबार दिउँसोबाट बेपत्ता भएका थिए । उनको शव समेत पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

    नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्।

    योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

  • ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

    ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संविधान भाँचेको आरोप लगाएका छन् ।

    बुधबार काठमाण्डुमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा नेपालको संविधानमाथि प्रहार गरेको बताएका छन् ।

    ‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो ? विदेशी आएर के–के मन्त्र सुनाए । जी न्यजको अन्तर्वार्ता नाटक नै हो । उहाँले भारत र आफ्नै पार्टीबाट हटाउन खोजे भन्नुभयो । हामीले हटाएनौं नि । तर, भारतको दबाबमा यसलाई तपाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई भन्न खोजेको होइन ।

    म भएको भए त्यति नै बेला राजीनामा दिइहाल्थें’, उनले भने, ‘पहिले पनि सरकार छोड्नुपर्यो भने कुर्सी भाँच्छु भन्नुभयो । तर, उहाँले संविधान, गणतन्त्र नै भाँच्नुभयो । सबै भाँचभुच पारेको छ । भाङ खाएर नाचेको जस्तो । निर्वाचन आयोग, सर्वोच्च अदालत पनि केही होइन । तानाशाहा जस्तो । कमिलाको प्वाँख उम्रिएपछि छिट्टै चिप्लिन्छ । उहाँ गणतन्त्र विरोधी हो । पोहोरबाट उहाँले पार्टी फुटाउन खोज्नुभयो । अहिले त उहाँले घरमै आगो लगाइदिनुभयो । सर्वोच्चमा सरी भनेर निवेदन दिनुभयो ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन् । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै भएको बताएका छन । उनले पहिलो नम्बरको अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।

    ‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै हो । माधवजी एक नम्बर अध्यक्ष हो । केपी ओलीले माधव नेपाल प्रचण्डसँग मिल्न गयो भन्नुभयो । प्रचण्ड चाँही माधव नेपालसँग मिल्न गएको हो’, उनले भने ।

    उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन् ।

    ‘हामी राजनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा छौँ, ७० वर्षदेखि हामीले जे जति संघर्ष ग¥यौँ, जनताले बलिदान गरे, ती सबैको उपलब्धि गणतन्त्र घोषण र गणतन्त्रात्मक संविधान निर्माण ग¥यौँ त्यो अहिले धरापमा छ’, उनले भने ।

    अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।

    ‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपायबारे छलफल गर्ने उपस्थित भएका छौं ।’

  • प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

    प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

    काठमाडौं । प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटबारेको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा गठित इजलासमा रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

    रिट निवेदकहरुको बृहत पूर्ण इजलासको माग गरेपनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् ।

    उनले असहमति जनाएपछि प्रधानन्यायाधीश राणाले सरकारबाट सहमति नभएपछि बहस गर्न रमण श्रेष्ठलाई आग्रह गरेका थिए । नेकपा नेता देव गुरुङ उक्त मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा हुनुपर्ने माग गरेका छन् ।

    आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश राणाले संसद विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि बुधबार बिहान संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

    संवैधानिक इजलासमा प्रधानन्ययाधीश चोलेन्द्रशमशेर राणासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

  • प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

    प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    उनले रिर्पोटमा सगरमाथाको नाम फेर्नुपर्ने र यसमा भारतको दावा हुनुपर्ने उल्लेख छ । चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ, यसको नाम ‘राधानाथ सिकदर’ हुनुपर्छ ।

    राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेको उनको दावि छ । जी न्यूजले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यस रिर्पोटको विरोधमा नेपालका केबल अपरेटरले केही च्यानललाई प्रसारणमा रोक समेत लगाएका थिए । तर, प्रधानमन्त्री ओलीले यसै च्यानलमार्फत आफ्ना सहकर्मीलाई जनतासामु गिराउन खोजेका थिए ।

  • अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

    अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

    काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्ने भएको छ । लाइसेन्स सम्बन्धी निर्देशिका परिवर्तन गर्दै सरकारले अंकभार ल्याउने तयारी गरेको हो । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ ।

    प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।

    अहिले प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन सक्ने चालक समेत सबै प्याराममिटर सजिलै पार गर्न नसक्दा फेल हुने गरेका छन् । यसले चालकहरु प्रभावित बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ निर्देशिकाको तयारी गरेको हो ।

    मन्त्रालय स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइने भएको छ । सजिला प्याराममिटरले कम अंकभार पाउने छन् । यसरी पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याएमा चालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

  • नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

    न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो ।

    यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।

    नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

  • नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

    नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित छन्।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

  • ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

    ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

    काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् ।

    मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिन्ह र पार्टीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ । नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन । चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउँछ ।’

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन् । प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताए ।

    ‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? होइन भने यो स्वीकार्य छैन ।’

    उनले केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने तयारी भएको बताएका छन् । अध्यक्ष प्रचण्डले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा परेको बताए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएको दाबी गरेका छन् ।

    प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे ।

    ‘पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ । के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’

  • झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए । उनको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाई छ । स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो करीव एक घण्टापछि नियन्त्रणमा आएको हो ।

  • कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प

    कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प

    काठमाडौं । काठमाडौंमा सोमबार भूकम्पको महसुस भएको छ । अपराह्न साढे २ बजे कुलेश्वर केन्द्रविन्दु भएर भुकम्प गएको हो । अपराह्न २ बजेर ३२ मिनेटमा ३।१ म्याग्निच्यूडको भुकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    काठमाडौंमै केन्द्र भएका कारण सानो भूकम्प भएपनि यसको झट्का भने ठूलो महसुस भएको हो । काठमाडौं भूकम्पीय दृष्टिकोणबाट जोखिमयुक्त क्षेत्रमा रहेको क्षेत्र हो ।

  • नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

    आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५ विन्दु पार गरेको थियो ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३० खर्ब नाघेको छ । यो हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ३.७० अंकले बढेर २२३९.४२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९२ रुपैयाँ बराबरको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७६.९३ अंकले बढेको छ उत्पादनमूलक समूह ४१.३२ अंकले घटेको छ ।

    कारोबारमा आएका २०८ कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता सिद्धार्थ बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४२ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक २५ करोड र एनएमबी बैंक १८ करोडसहित शीर्ष तीनमा रहे ।

    झिनो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.९५ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो

    नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १० जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।

  • २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना

    २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित भेटिएका हुन्।

    यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्।

    प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रोल्पामा २ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।

    सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

    स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा तोकिएका छन् ।

    यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुखको जिम्मेवारी डा. मदन उपाध्यायलाई तोकिएको छ ।

    यसअघि उक्त महाशाखाको जिम्मा डा. रमेश खरेललाई दिइएको थियो । हाल डा. खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

  • प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

    प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

    काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् ।

    अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।

    नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल दुबै समूहलाई निर्वाचन आयोगले २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो ।

    सरकारले पुस ५ गते संसद विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि नेकपा दुई भागमा विभाजन भएको छ । तर औपचारिक घोषणा भने गरिएको छैन ।

    विभाजनपछि ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टी नै वैधानिक नेकपा भएको र सूर्य चिह्न आफ्नो भएको दाबी गर्दै आइरहेका छन् । यस विषयमा निर्वाचन आयोगले भने अध्ययन गरिरहेको छ ।

  • म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् ।

    उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगगरी सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरेका छन् । उनले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको बताएका छन् ।

    नेताहरु विदेशीको इशारामा चलेकोतर्फ समेत उनले सावधान गराएका छन् । उनले भनेका छन्, ‘राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’

    परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको समेत उनको सन्देशमा राखिएको छ ।

  • नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

    नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले दोस्रो पटक विधान संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको छ । अब या नेकपामा केन्द्रिय सदस्यको संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

    मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको उल्लेख गरिएको हो । केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको बताइएको छ ।

    यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्‍याएको सार्वजनिक भएको थियो । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन् । यो समुहले पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने कार्यकारी अधिकार खोसिदिएको छ ।