टोकियो जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो । सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने… Continue reading जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो
Category: समाचार
दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
न्युयोर्क झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए । न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो । … Continue reading दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)
न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ । ती अश्वेत मानिसको मृत्यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल… Continue reading मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)
२४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमित ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २,… Continue reading २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण
गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना
गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो । गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै… Continue reading गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना
कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना
काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान थप पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा विज्ञप्तिमा जनाईएको छ ।… Continue reading कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना
टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे
भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो । टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको… Continue reading टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे
महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्यु २४ घाईते
न्युयोर्क अमेरिकामा कोरोना महामारी जारी नै छ । दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्यु भै रहेको छ । दैनिक हजारौ संक्रमित बढी रहेका छन् । कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको अमेरिकामा गोली प्रहारका समाचार पनि बढ्न थालिएको छ । अमेरिकाको सेन्ट लुईस राज्यको मिजौरी क्षेत्रमा… Continue reading महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्यु २४ घाईते
कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर
न्युयोर्क अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको अंकमा ‘हिसाब नगरिएको क्षति’ शिर्षक राखेर पहिलो पृष्ठमा महामारीमा मृत्यु हुनेहरुको नामावली मात्रै छापेको छ… Continue reading कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर
अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए । उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे । आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै… Continue reading अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री
नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त
काठमाडौं । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ । ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको… Continue reading नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त
नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२
काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा… Continue reading नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२
कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।
डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा
काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्ति जारी गरेर सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् । उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा,… Continue reading डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा
महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए
महोत्तरी । महोत्तरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीले ज्यान जाने व्यक्ति लागुऔषध कारोवारी भएको दाबी गरेको छ। लागुऔषधध कारोबारीलाई समात्न गएको प्रहरीको कारवाहीमा रौतहट रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय छोरा राजन यादवको ज्यान गएको प्रहरीले जनाएको छ । उनको खुट्टा र तिघ्रामा गोली लागेको थियो । गम्भीर… Continue reading महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए
काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले
काठमाडौं । काठमाडौंको टोखा र बुढानिलकण्ठका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ… Continue reading काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले
काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा सोमबार बिहान ७२ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा तीन जना सहित ७२ जना थप बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३ र काठमाडौंमा ३ जनामा कोरोना देखियो । यसैगरी बारामा २, रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरिमा २, बर्दियामा 1,… Continue reading काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए
न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो
न्युयोर्क न्युयोर्क प्रहरीले आईतबार क्वीन्स र म्यानह्याटनको फरक फरक ठाँऊबाट दुई वटा मानव मृत शरीर फेला पारेको छ । ती दुबै लास प्रहरीले पानीबाट तानेको हो । प्रहरीले एउटा लास फार रकवेस्थित रकवे प्वाईन्ट याट क्लबका पानीबाट पन्छिएर रहेको अवस्थामा किनारामा फेला पारेको हो । प्रहरीका अनुसार आईतबार ११ बजे बिहान २०१ स्ट्रिट र ब्रिजी प्वाईन्ट नजिक… Continue reading न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो
न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति
मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्यु हुनेहरुको अनुपात उच्च देखिएको हो । अधिकांश गरिबीको… Continue reading न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति
अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप
चीनले कोरोना भाईरसको मुल श्रोत उहान ल्याब नै हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा असन्तुष्टी जनाउँदै अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाएका छन् । चीनका बिदेश मन्त्री वाङ यिले आईतबार एक पत्रकार सम्मेलनमा अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाउँदै कोरोना भाईरसको श्रोत पत्ता लगाउन चीन सधैंभरी खुल्ला रहेको र पूर्ण सहयोग गर्ने… Continue reading अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप
नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको… Continue reading नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली
काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आइतबार बिहान सुत्ने ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टी गरेको छ । ती असईको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको प्रहरी स्रोतको भनाई रहेको छ ।… Continue reading स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली
टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्यु
देवराज न्यौपाने, टेक्सस टेक्सस, फ्लुगरभिल निवासी चन्द्र कडेलको ६३ बर्षको उमेरमा मृत्यु भएको छ । गत मेई २० तारिख बुधबारका दिन सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय… Continue reading टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्यु
लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि
न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल” लाई लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा.… Continue reading लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि
‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या
न्युयोर्क न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि… Continue reading ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या
अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि
न्युयोर्क अमेरिकाना प्रत्येक ३ जना कोरोना संक्रमित मध्ये १ जना बिना लक्षण हुने गरेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा जारी नयाँ निर्देशिकामा जनाईएको छ । सि डि सि को पछिल्लो अद्यावधिक सुचनाका अनुसार अमेरिकामा ३५ प्रतिशत कोरोना संक्रमितमा लक्षण नै नदेखिने गरेको जनाईएको हो । सि डि सिले कोरोना लक्षण देखिने मानिसहरु मध्येबाट भने… Continue reading अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि
कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्यु
न्युयोर्क मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्यु भएको छ । न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी… Continue reading कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्यु
नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना
बुटवल । नेपालमा शनिबार साझ थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा… Continue reading नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना
गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्यो बैंकरप्सी फाइल
न्युयोर्क गाडी भाडा ब्यापारको दुनियाँमा चर्चित नाम ‘हर्ट्ज’ ले कोरोना महामारीको कारण ब्यवसाय टाट पल्टिएको घोषणा गरेको छ । १ सय २ बर्षदेखि गाडी भाडामा लगाउने काम गर्दै आएको हर्ट्जले शुक्रबार ‘बैंकरप्सी’ फाईल गरेको हो । एक दर्जन फोर्ड मोडलका गाडी सहित सन् १९१८ मा ब्यापार सुरु गरेको हर्ट्जले दोश्रो विश्व युद्ध लगायतका ठुला ठुला… Continue reading गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्यो बैंकरप्सी फाइल
जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने
लन्डन कोरोना महामारीको कारण लकडाउनमा रहेको बेलायतको भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुले अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । महामारी पछि बिस्तारै खुकुलो हुँदै गएको बेलायतमा भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुलाई क्वारेन्टिनको नियम आगामी जुन ६ तारिखदेखि लागू हुने गृह सचिव प्रिती पटेलले शुक्रबार बताएकी छिन् । १४ दिनसम्म अनिबार्य क्वारेन्टिन बस्नु पर्ने नियम बेलायती नागरिकलाई समेत… Continue reading जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने