काठमाडौं। नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको हो । जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना… Continue reading नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण
Category: समाचार
प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा
काठमाडौं । सरकारले नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । यस नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ । मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको… Continue reading प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा
गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने
न्युयोर्क न्युयोर्क राज्यमा १० जनासम्म भेला हुन खुल्ला गरिएको छ । यस अगाडि न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले आगामी २५ तारिख सोमबार परेको मेमोरियल डे र केही धार्मिक कृयाकलापको लागि मात्र जमघट गर्न दिने संकेत गरेका कारण गभर्नरलाई उनको नीति भेदभाब पूर्ण भन्दै अदालतमा नालिस दिइएको थियो । कोरोना महामारीका कारण गत मार्च मध्यदेखि राज्यस्तरमा… Continue reading गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने
अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तदेखि अमेरिकामा अत्यावश्यक सेवा अन्तर्गत राखेर सम्पूर्ण गिर्जाघरहरु खोल्न्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी बीच प्रार्थनाको लागि गिर्जाघरहरु खोल्ने बिषयमा आफ्नो प्रशासनले निर्देशिका समेत जारी गर्ने शुक्रबार बताएका छन् । ट्रम्पले भनेका छन्; “कतिपय राज्यका गभर्नरले रक्सी पसल र एबोर्सन क्लिनिकलाई अत्यावश्यक सेवा… Continue reading अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश
अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था
क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको… Continue reading अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था
नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३… Continue reading नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित निर्णय गरिएको स्रोतले जनाएको छ । निर्णय अनुसार नयाँ… Continue reading संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोनाबाट निधन भएकी पहिलो संक्रमित महिलाको नवजात शिशु र उनका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ देखिएको थियो । ति नवजात शिुश र परिवारलाई आज आइसुलेसन वार्डबाट डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज… Continue reading कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज
नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो
काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो
साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान
काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् ।… Continue reading साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान
नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७
काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् । संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको… Continue reading नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७
दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर
कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्यु भयो । अमेरिकामा मात्र १५ लाख… Continue reading दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर
४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा… Continue reading ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
न्युयोर्क अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू… Continue reading यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
नेपालमा ९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा… Continue reading नेपालमा ९ जना कोरोना संक्रमित थपिए
नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल… Continue reading नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु
अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने
काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ । अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने… Continue reading अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने
आज दिनभर पानी पर्ने संभावना
काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ । चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले… Continue reading आज दिनभर पानी पर्ने संभावना
अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्यु
कनेक्टिकट, अमेरिका अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ… Continue reading अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्यु
न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्यु
न्युयोर्क न्युयोर्कको केन्द्रबिन्दु म्यानह्याटनमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । बुधवार साँझ अन्दाजी ७ बजे वेष्ट १२७ स्ट्रिट र सेन्ट निकोलस एभिन्युमा प्रहरी गोली प्रहार गर्दा दुईको मृत्यु भएको हो । घटनामा कस्को मृत्यु भएको हो, त्यो प्रष्ट भएको छैन । घाईतेको उपचार… Continue reading न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्यु
कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क
न्युयोर्क ब्यस्त न्युयोर्क बिगत दुई महिनादेखि लकडाउनमा छ । झण्डै ९० लाख मानिसको बसोबास रहेको सपनाको सहर न्युयोर्कमा अहिले कोरोना त्रासका कारण चमक धमक खासै छैन । गर्मी यामको प्रतिक्षामा रहेका लाखौं न्युयोर्कबासी समुन्द्री किनार होस् या हरिया पार्कमा खासै खुलेर हिंड्न पाएका छैनन् । तर पनि मेई महिनाको प्यारो घाम सुरक्षित तरिकाले ताप्ने बातावरण… Continue reading कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क
विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
न्युयोर्क कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ । विश्व बैंकले… Continue reading विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्यो अस्विकार
काठमाडौं नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो । भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले… Continue reading नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्यो अस्विकार
नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा… Continue reading नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो
अब यस्तो हुने भयो नेपालको नक्सा
काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको एक साता नबित्दै सरकारले नक्सा सार्वजनिक गरेको उल्लेख गरिन् । सबैको साझा प्रयासबाटै यसमा सफलता मिलेको उनको भनाई छ । उनका अनुसार अब नेपालको औपचारिक प्रयोगमा यही… Continue reading अब यस्तो हुने भयो नेपालको नक्सा
नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी… Continue reading नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज
आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा
काठमाडौं । सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको नेपालको नक्सा आज सार्वजनिक गरिने भएको छ । भूमिसुधार मन्त्रालयले आज औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गर्न लागेको हो । यसअघि सरकारले निर्णय गरेपनि नक्सा सार्वजनिक नगरेको भन्दै संसदमा प्रश्न उठेको थियो । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय मूख्यसचिवबाट प्रमाणिकरण गरेसँगै आज सार्वजनिक गर्न लागिएको हो । सरकारले… Continue reading आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा
सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया
न्युयोर्क बेलायतस्थित एक १०० वर्षीय दोश्रो विश्व युद्ध अनुभवी (भेटेरान) सेनाले आफ्नै घरको करेसामा घुमेर राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्भिस) का लागि ४० लाख अमेरिकी डलर (पचास करोड) नेपाली रुपैंया चन्दा संकलन गरेका छन् । गत अप्रिल ३० तारिखका दिन ९९ सय बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गरेका दोश्रो विश्व युद्धका अनुभबी क्याप्टेन… Continue reading सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण
काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना… Continue reading नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण
‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने एमसीसी सभामुखको टेबलमा आइसकेको छ, एमसीसी पास… Continue reading ‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री