Category: समाचार

  • पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप

    पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप

    काठमाडौं । नेपालमा शुरु भएको पहिलो कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेट मार्फत पहिलो चरणको खोप अभियान अन्तिम चरणमा पुगेको बताएका हुन्।

    खोप अभियानमा उत्साहजनक सहभागि भएका छन्, अबको तीनदिनमा पुरा हुने उनले बताए ।

    स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन्।

    लायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

  • लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

    लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

    प्रचण्डविरुद्ध समीर हायूले सोमबार सर्वोच्चमा दर्ता गरेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

    मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेसी सरिएको थियो । निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

    अदालतले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिईसकेको छ ।

  • नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २०६ जना डिस्चार्ज

    नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २०६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ६५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ रहेको छ ।

  • प्रचण्ड-नेपाल समूहद्वारा बिहीबार देशव्यापी हड्ताल घोषणा

    प्रचण्ड-नेपाल समूहद्वारा बिहीबार देशव्यापी हड्ताल घोषणा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।

    प्रतिनिधि सभा विघटन विरुद्ध र संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको विरोधमा आमहड्तालको घोषणा गरेका हुन् ।

    पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले जनाकारी दिए ।

    २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ, त्यहाँ विस्तृत जानकारी दिइनेछ उनले भने ।’

    आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

  • उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक परिषद् सदस्यको सपथ ग्रहण कार्यक्रम बहिष्कार

    उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक परिषद् सदस्यको सपथ ग्रहण कार्यक्रम बहिष्कार

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।

    कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन र विघठित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बहिस्कार गरेका हुन्।

    नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि तत्कालिन माओवादीबाट उपराष्ट्रपति बनेका पुन प्रचण्ड–नेपाल समूहसँग नजिक रहँदै आएका छन् ।

    सभामुख सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको नियुक्ती सिफारिसमा असन्तुष्टी जनाउँदै फिर्ता पठाएका थिए ।

    विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका छन् ।

  • संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

    संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

    काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् ।

    आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् ।

    विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथ गराइएको हो ।

    प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसै दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    परिषद्का अध्यक्ष केपी ओली र सदस्य चोलेन्द्रशमशेर राणाले भागबन्डाका आधारमा ३८ जनाको नियुक्ति गरेका थिए। ६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए । ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो ।

    तर, ३० मंसिरमा अध्यादेशको आधारमा ऐन संशोधन गरेर त्यही साँझ ३८ पदमा नियुक्ति गरिएको थियो । अध्यादेशविरुद्ध १ पुसमा नै सर्वाेच्च अदालतमा रिट परे पनि ५० दिनसम्म पनि सुनुवाइ सुरु हुन सकेको थिएन ।

  • संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

    संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

    काठमाडौं । आज संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण गरिने भएको छ । नियम अनुसार संवैधानिक परिषदले सिफारिस गरेका नामका संसदीय समितिमा सुनुवाई भई त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ती हुने प्रचलन छ । तर, यस पटक सरकारले नियम कानून लत्याउँदै धमाधम नियुक्ति दिएको छ ।

    राष्ट्रपति कार्यालय शितल निवासमा आज सपथ ग्रहण हुने भएको हो । संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था रहेको छ।

    संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो। सिफारिस समेत छलछाम गरी झुटो बोलेर पछि मात्र सार्वजनिक भएको थियो ।


    संवैधानिक निकायमा आफू अनुकूलका मान्छे राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको गणपूरक संख्या घटाएर अध्यादेश ल्याएका थिए।

    संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश आएपछि सभामुख अग्नी सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमति बीना नै सिफारिस भएको थियो । यद्दपी देउवामाथि भने भित्र भित्र मिलेको आरोप लाग्ने गरेको छ ।

  • गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु

    गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु

    कोभिड -१९ को कारण बन्द भएको गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको स्वास्थ केन्द्रको स्वास्थ्य सेवा एक कार्यक्रमका बिच पुन सुचारु गरिएको छ।सामुदायिक विकास समाजबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्रको आंशिक रुपमा संचालित स्वास्थ्य सेवा कार्यक्रम विश्व भरी महामरिको रुपमा फैलिएको कोरोना भाइरसको कारण बन्द गरिएको थियो।

    गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित स्वास्थ्य केन्द्रको सेवा पुन शुभारम्भ कार्यक्रमको सभापतित्व सामुदायिक बिकास समाजका अध्यक्ष गम्भिरमान श्रेष्ठले गरेका थिए भने नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी,वालुवा स्वास्थ्य शाखा प्रमुख लेखराज निरौला,समाजसेवी किरण बहादुर बिष्ट,गोकुल बिष्ट,हर्क बहादुर तामाङ,रवि कुमार पौडेल,कृष्ण प्रसाद भण्डारी,श्याम राज गौतम,स्थानिय संघ-संस्था महिला समुहका प्रतिनिधि लगायत स्थानिय जनसमुदायहरुको शुभारम्भ कार्यक्रममा उपस्थिती थियो।


    कार्यक्रममा शुभकामना मनतव्य दिदैं नेत्र बिशेषज्ञ रबि कुमार पौडेलले आफुले महिनामा एक चोटि निशुल्क नेत्र शिविर संचालन गर्ने प्रतिबद्धता समेत जनाए।स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,स्वास्थ्य सेवालाई स्थानियहरुको लागि जिवन्त होस् भनी नगरपालिकाबाट दुई जना स्थायी कर्मचारी दरबन्दी सहितको व्यवस्थापन गराएर स्वास्थ्य केन्द्रको पुन शुभारम्भ गर्न पाउँदा आफू हर्षित भएको बताउदै नगर प्रमुख चालिसेले “कर्मचारीलाई स्थानिय जनसमुदायको उत्कृष्ट सेवा पुर्‍याउन आग्रह गरेका थिए “।

    गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाबाट निशुल्क औषधि उपचारको व्यवस्था साथ शुभारम्भ स्वास्थ्य सेवाबाट स्थानिय जनसमुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

  • नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २५९ जना डिस्चार्ज

    नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २५९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २५९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ ।

  • संवैधानिक नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

    संवैधानिक नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौं । संवैधानिक नियुक्ति रोक्न माग गर्दै सर्वोच अदालतमा रिट दायर भएको छ ।

    संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै मंगलबार सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट पेश गरेका हुन् ।

    उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाएका छन् ।

    निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।

  • संवैधानिक परिषद्को बैठक स्थगित

    संवैधानिक परिषद्को बैठक स्थगित

    काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

    बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

    गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए ।

    बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख सापकोटाले भने उक्त बैठक बहिष्कार गरेका थिए।

    तर, बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश जारी गरेको सरकारले देउवा र सापकोटाको अनुपस्थिति भएपनि नियुक्ति सिफारिसको निर्णय गरेको थियो। बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ ।

    संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ। बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।

  • निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा आधिकारिकता दाबी पेश

    निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा आधिकारिकता दाबी पेश

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।

    आयोगमा अध्यक्षद्वयको सथमा वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेतहरुको सहभागिता रहेको थियो ।

    प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेकपाको पहिलो अध्यक्ष नभएको दाबी गरेका छन् ।

    उनले आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

    नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्नस्वरुप आफूहरुले ओलीलाई अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको बताए ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाइएको छ ।

  • म्यानमार घटनालाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज

    म्यानमार घटनालाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज

    काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएको घटनालाई लिएर आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । आजका लागि बोलाइएको बैठकमा सेनाले गरेको कु र उत्पन्न परिस्थितिबारे छलफल हुने भएको छ । यसबारे संयुक्त राष्ट्रसंघको औपचारिक धारणा समेत आजै आउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    बीबीसीका अनुसार म्यानमारमा उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न सुरक्षा परिषदका सदस्य सहमत छन् । यो घटनाबारे विश्वभरबाट आलोचना भइरहेका बेला संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक बस्न लागेको हो ।

    घटनाबारे अमेरिकी राष्ट्रपतिले समेत चेतावनी दिएका छन् । उनले म्यान्मारको सेनालाई सत्ता छोड्न आग्रह गरेका छन् । त्यसो नभए म्यानमारमाथि अमेरिकाले प्रतिवन्ध लगाउन सक्नेछ । विश्वभरका नेता म्यानमारमा प्रजातन्त्र पुनस्र्थापनाको पक्षमा उभिएका छन् ।

  • कोरोनाको जोखिम बढेपछि नेपाल र कतारबीचको टी-२० क्रिकेट सिरिज स्थगित

    कोरोनाको जोखिम बढेपछि नेपाल र कतारबीचको टी-२० क्रिकेट सिरिज स्थगित

    काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल र कतार बीच हुने भनिएको बाइल्याट्रल टी २० क्रिकेट सिरिज स्थगित भएको छ । कतारमा कोभिडको जोखिम कायम रहेका कारण प्रतियोगिता स्थगित भएको क्रिकेट संघ नेपाल (क्यान)ले जनाएको छ । कतारमा फेब्रुअरी ९ देखि १२ सम्म प्रतियोगिता हुने गरी तय भएको थियो ।

    कोभिड १९ को असर बढदै गएकोले कतार स्पोर्टस डे का अवसरमा कतार क्रिकेट एशोसिएसनका निमन्त्रणामा हुन गइरहेको श्रृङ्खला स्थगित गरिएको संघले उल्लेख गरेको छ । संघले विज्ञप्ती जारी गर्दै क्रिकेट संघले प्रतियोगिताको लागि तय गरेको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्पसमेत स्थगित भएको जानकारी गराएको छ । अर्को सूचना नआएसम्म प्रशिक्षण बन्द भएको छ ।

  • थप १५९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    थप १५९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    काठमाडौं । नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २६४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ रहेको छ ।

    प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।

  • सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

    सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभा सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध गरेका छन् ।

    तिमिल्सिनाले अदालतले आदेश दिएको खण्डमा बाहेक संवैधानिक परिषदले गरेको सिफारिस सभामुखले फिर्ता गर्न नमिल्ने भन्दै विरोध गरेका हुन् ।

    आइतबार सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेका थिए।

    सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आपत्ति जनाउनु परेको बताए ।

    ‘पत्रमा उल्लिखित संघीय संसद तथा सो अन्तर्गतका समितिहरुको व्यवस्थापन, सञ्चालन समेत व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको छ,’ तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलनमा भने ।

    नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।

  • सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता

    सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सोमबार बिहान सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएको हो ।

    अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने चेतावनी दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् । अदालतले उक्त मुद्दाको सुनवाईबारे भोलि अर्थात मंगलबारका लागि पेशी तोकेको छ ।

    प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा सर्वोच्चले कारबाही नगरे आफुहरुले सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

  • कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द, ११४९० जनाको स्थगित

    कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द, ११४९० जनाको स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान सम्पन्न बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

    बोर्डले यस वर्ष कक्षा १२ को लागि ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

    कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।

    कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै ११ हजार ४९० जनाको परीक्षा भएको छ ।

    परीक्षा बोर्डको वेबसाइट र एसएमएस सर्भिस लगायतबाट हेर्न सकिन्छ ।

    कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

  • धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु

    धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । धादिङमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका २ कोइरालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भीर घाइते छन् । बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किएको बताइएको छ ।

    मध्यराती ३ बजे भएको दुर्घटनामा ज्यान गुमाएको परिचय भने खुलिसकेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार जारी रहेको छ ।

  • आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसका १३ वटा भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्न लागेको बताइएको छ । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसको भनाई छ ।

    संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको कांग्रेसको भनाई छ ।

    नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्दैछ् । काठमाडौंमा भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने छ । कांग्रेसका सबै भातृ संगठनले आन्दोलनमा सरिक हुन आह्वान गरेका छन् । सरकारको विरोधमा कांग्रेसले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

  • आज नेकपा प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक, के छन् एजेण्डा ?

    आज नेकपा प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक, के छन् एजेण्डा ?

    काठमाडौं । आज नेकपा (प्रचण्ड–नेपाल समूह)को केन्द्रीय समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा समसामयीक विषयमा छलफलको तयारी छ । प्रचण्ड–माधव समूह अहिले सरकारको कदमको विरुद्ध आन्दोलनमा रहेको छ ।

    सरकारले ५ पुसमा संसद विघटन गरी निर्वाचनको तयारीमा छ । तर, यो समुह भने सरकारको कदम असैंवैधानिक भएको भन्दै आन्दोलनमा रहेको छ । विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने माग यो समुहको रहेको छ ।

    बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा सम्पन्न गरी समूहले २८ माघमा काठमाडौंमा विशाल सभा आयोजनाको तयारी समेत भएको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक यसअघि पुस ७–९ मा बसेको बसेको थियो ।

    उक्त बैठकपछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेसँगै भावनात्मक रुपमा नेकपा विभाजन भइसकेको छ । तर, निर्वाचन आयोगले भने पार्टी विभाजनलाई मान्यता दिएको छैन ।

  • नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ सय पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ५सय ९४ रहेको छ ।

    प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६० जनामा कोरोना पुष्टि भएको छ। चितवनमा १, भक्तपुरमा २, रसुवामा १, ललितपुरमा ६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुमा ३, पाल्पामा १ र बाँकेमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।

  • सेनाको बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने

    सेनाको बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने

    किन लगाउँदैछ सेनाको बख्तरबन्द गाडीले राति चक्रपथ चक्कर ?
    काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ ।

    माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउन लागेको सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।

    सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

    देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

  • सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

    सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन्।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो ।

    ती नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाइएको थियो।सभामुख सापकोटाले मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।

    ‘११ वटा संवैधानिक निकायमा रिक्तरहेका ती आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु, अध्यक्ष तथा सदस्यहरुको नियुक्तीका लागि सिफारिस भई नेपालको संविधानको धारा २९२ बमोजिम यस सचिवालयमा पुस ९ मा पत्र प्राप्त हुन आइको सन्दर्भमा उपर्युक्त संवैधानिक आधार र कारण तथा अवस्था विद्यमान देखिन आएकाले संदीय सुनुवाई हुन नसकेको कारणले गर्दा तहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात यसै साथ फिर्ता पठाइएको छ’, पत्रमा भनिएको छ ।

    संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश ल्याएर परिषद्का बहुमत सदस्यको उपस्थितिमा बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो।

  • सत्तारुढ समूह चुनाव लक्षित सभामा, प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त

    सत्तारुढ समूह चुनाव लक्षित सभामा, प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त

    काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ।

    अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त रहेका छन् ।

    आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ।

    धर्ना कार्यक्रम २१ गतेसम्मका लागि तोकिएको थियो। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

    यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

    ओली पक्षले माघ २३ गते नारायणहिटी दरबारअगाडि शक्ति प्रर्दशन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। दुई लाख जनता उतार्ने यस अघि नै घोषणा गरि सकेको छ ।

    उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

  • काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोक र नयाँ बसपार्कस्थित बिजी मल अगाडि सडक दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो ।

    हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना भएको र सो क्रममा सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालक प्रहरीको नियन्त्रणमा छन् ।

    उता, नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट ज्यान भएको छ ।

    गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक भने प्रहरी नियन्त्रणमा छन् ।

  • पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

    पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

    काठमाडौ । शनिबार सम्पन्न वाई वाई नेपाल स्टार सिजन १ मा पोखराकी एलिना गुरुङले टाईटल हात परेकी छिन् । गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी भएको बताउदै आएकी एलिनाले वाई वाई नेपाल स्टार सिजन १ को उपाधी हात पारेसङै काठमाडौ तारेभिरका सुरेश लामाको सपना यस पटकका लागि पुरा हुन सकेन ।

    काठमाडौस्थित गोकर्णेश्वोर नगर पालिकाका पदाधीकारीहरुले आफ्नै नगर पालिका भित्रका स्थाई बासिन्दालाई जिताउने प्रतिबद्दता सहित बिभिन्न समितीहरु समेत बनाएर लामालाई जिताउन कम्मर कसेर लागेका थिए । लामा यस पटक उक्त रियालिटी सोको उपबिजेता बनेका छन् ।

    शनिबार साँझ सम्पन्न फाइलनमा ३ प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले नगद ३५ लाख रुपैयाँ पुरस्कार जितिन् । साथै १ करोड रुपैयाँ बराबरको जीवन वीमा प्राप्त गरिन् । उपविजेता अन्य ३ जनाले जनही ५ लाख र ५० लाख रुपैयाँको जीवन वीमा प्राप्त गरेका छन् ।

    विजेता र उपविजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

  • जगडोलस्थित शहिद पार्कमा राष्ट्रिय शहिद दिवस मनाईयो ।

    जगडोलस्थित शहिद पार्कमा राष्ट्रिय शहिद दिवस मनाईयो ।

    अमृता के. सि ( रोनी )
    काठमाडौं / राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती स्मारक सामुदायिक वन पर्यापर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिको आयोजनामा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको छ। शुक्रबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको हो । राष्ट्रिय शहिद पार्कको संयोजकत्वमा आवद्ध बिभिन्न संघ संस्था र सामुदायिक सेवा केन्द्र ,सहयोगी बहुमुखी महाबिद्यालय ,जागेश्वरी मन्दिर व्यवस्थापन समाज,भगवती युवा क्लब ,मेरुदण्डिय पक्षघात समाज,सुगम वेलफेयर सोसाइटी ,यज्ञडोल जगडोल युवा क्लब लगायत विभिन्न जातिय संघ संस्थाहरुको सहभागितामा सम्पन्न कार्यक्रम राष्ट्रिय शहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देलको  सभापतित्वमा सम्पन्न भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सहायक महासचिव डा.बाबुराम अधिकारी,शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलनाथ दहाल,जन आन्दोलन घाइते मेघराज आचार्य,लगायत स्थानिय जनप्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति थियो।कार्यक्रममा बक्ताहरुले शाहीदहरुको योगदानको स्मरण गरेका थिए ।

  • काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

    काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

    काठमाडौं । काठमाडौंमा बल्र्डफ्लु भित्रिएको छ । घरपालुवा पंक्षीमै बर्ड फ्लुको संक्रमण पुष्टी भएको पशु सेवा विभागले जानकारी दिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको हो ।

    त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागको भनाई छ ।

    रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको छ ।

    सो क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको बताइएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले उल्लेख गरेको छ ।


    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ।

    सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।

  • नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

    नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । अब नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२७ पुगेको छ ।