गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने… Continue reading गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

न्यूयोर्क पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त… Continue reading बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले यसको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी… Continue reading नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो । महाशाखाका… Continue reading शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

न्युयोर्क न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार  आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती… Continue reading न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

न्युयोर्क अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्‍यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय… Continue reading अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

वासिङ्टन डिसी  अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाऊस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको  अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो । ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको… Continue reading ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

न्युयोर्क शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् ।  शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका… Continue reading अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

न्युयोर्क कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार… Continue reading महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

न्युयोर्क जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक… Continue reading आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

काठमाडौं । नेपालमा आइसोलेसनमा उपचाररत थप ४३ संक्रमित शुक्रबार निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २… Continue reading एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए ।  पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो। शंकास्पद… Continue reading नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो सँगै संक्रमितको संख्या २९१२ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

फाइल तस्वीर

काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो । यसले स्थानीय र पश्चिमी… Continue reading देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएका एक युवालाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनको घरमा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गरिएको पिसीआर परिक्षणको नतिजा भने पोजेटिभ पाइएको छ । पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकलाई आरटीडी विधिको परीक्षणले भने… Continue reading आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्‍यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्‍यु हुनेको अनुमानित आँकडा बिहीवार  प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई… Continue reading जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

न्युयोर्क      गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएड नाममा, मृत्‍यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ ।  फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१… Continue reading जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी

न्युयोर्क मेई २५ तारिख प्रहरी कस्टडीमा नै बिबादस्पद मृत्‍यु भएका जर्ज फ्लोएडको लास परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको छ ।  बुधबार सार्वजनिक गरिएको लास परिक्षण रिपोर्टमा फ्लोएडको मृत्‍यु हुनु भन्दा केही हप्ता अगाडि कोरोना संक्रमण भएको जनाईएको हो । मृतक फ्लोएडको हेनिपिन काउन्टी मेडिकल एक्जामिनरद्वारा जारी लास जाँच रिपोर्टमा उनलाई अप्रिल ३ तारिख कोरोना… Continue reading आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी

बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको… Continue reading बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे

लकडाउनको विरोध गर्दै खुल्न थाले सबै पसल, सामाजिक दूरीको पनि अवज्ञा

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा बिहीबार बिहानैदेखि बजार खुलेका छन्। सरकारले ७२ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले सपल खोल्न सुरु गरेका हुन । बिहानैदेखि अत्यावश्यक लगायतका सबै पसल खुलेका छन्। लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन । पसलहरु खुले पनि सामाजिक दूरीको नियम… Continue reading लकडाउनको विरोध गर्दै खुल्न थाले सबै पसल, सामाजिक दूरीको पनि अवज्ञा

डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

डालस, टेक्सस नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले… Continue reading डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक स्वास्थ रिपोर्ट ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको छ । ह्वाईट हाऊसका अनुसार ६ फिट ३ इन्च उचाईका ७३ बर्षीय ट्रम्पको तौल २४४ पाउण्ड छ । उनको रक्तचाप १२१/७९ एमएमएचजि छ भने मुटुको चाल ६३ बिट्स प्रति मिनेट देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोना रोकथाममा मद्दत गर्ने भन्दै बिवादास्पद औषधि… Continue reading राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

एजेन्सी बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन्  कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन… Continue reading बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

नेपालमा कोरोनाबाट ९औं व्यक्तिको निधन

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९ औं व्यक्तिको ज्यान गएको छ । दोलखाका एक व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति… Continue reading नेपालमा कोरोनाबाट ९औं व्यक्तिको निधन

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।

‘अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना’

काठमाडौं। स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन हेकाफले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी… Continue reading ‘अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना’

न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो ।  न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि… Continue reading न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले  पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो… Continue reading क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

न्युयोर्क अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्‍यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय… Continue reading सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु