Category: समाचार

  • संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

    संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

    काठमाडौं । संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई २९ गते हुने भएको छ । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको हो ।

    आजको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भन्दै वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।

    आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ ।

  • संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

    संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

    काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास मा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए ।

    बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए । त्यस्तै अर्का अधिवक्ता दिनेश त्रिपाठीले पनि हरिकृष्ण कार्कीमाथि गम्भीर प्रश्न उठेकाले बेञ्चमा नबस्न सुझाव दिएका थिए ।

  • कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने

    कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने

    काठमाडौं । नेपाली कांग्रेसले अन्य पार्टी छाडेर आफ्नो पार्टीमा आएपनि नेताले सांगठनिक मूख्य पद नपाउने नियम बनाएको छ । १९ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी प्रावधानमा सहमति जुटाएको हो । जसमा अन्य दलबाट आएर संगठनमा सिधै प्रमुख पद प्राप्त गर्न नसक्ने उल्लेख छ । अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिले पार्टीको सांगठनिक संरचनामा समायोजन हुँदा प्रमुख पदबाहेक अन्य पद भने पाउने छन् ।

    अन्य पार्टी छाडेर आएकालाई कांग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाइएको थियो । समितिकै सिफारिसका आधारमा केन्द्रीय समिति बैठकले समायोजनको मापदण्ड समेत बनाएको छ । नेताहरुका अनुसार कांग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई भने क्रियाशील सदस्यता दिन सकिने उल्लेख गरेको छ ।

    कांग्रेसमा प्रवेश गरेका र सम्बन्धित जिल्लामा केन्द्रबाट पठाइएका र पठाउने प्रक्रियामा रहेका नामावली टुंगो लगाई सम्बन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फारम भरी तहगत सिफारिस सहित समायोजनको कार्य सम्पन्न गर्ने निर्णय समेत उक्त बैठकले गरेको हो ।

  • सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

    सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

    सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न विज्ञले सिफारिस गरेका छन् । जिल्लाको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको हो । गत असार र साउनमा गएको भीषण पहिराले लिदीमा ३९ जनाको मृत्यु भएको थियो ।

    सरकारले सो क्षेत्रलाई आधार बनाएर त्यस आसपासका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गर्न विज्ञको टोली खटाएको थियो । एक महिना अघिबाट फिल्डमा खटिएको टोलीले उक्त सिफारिस गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन समेत गरेको थियो ।

    टोलीमा प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको बताए ।

    टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए । ३९ जना अझै बेपत्ता रहेका छन् ।

  • सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।


    त्यसपछि सो टोलको लाइन काट्न लगाएर प्रहरी एम्बुलेन्स लिएर घटनास्थलमा खटिएको थियो । घटनामा दुबै जना गम्भीर घाइते भएका थिए । भक्तपुर अस्पतालमा बुढाथोकीको मृत्यु भएको हो । घाइते सिन्धुली कमलामाई नगरपालिका ११ का २७ वर्षीय विक्रम मोक्तानको कीर्तिपुर अस्पताल उपचार जारी रहेको छ । टप्सन इनर्जी सानोभर्‍याङ, काठमाडौंबाट खटिएका कामदारले सिमेन्टको पोलमा सडकबत्ती जडान राख्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

  • झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई छन् । मोटरसाइकल तामाङले चलाएका थिए । राई पछाडि सवार रहेको बताइएको छ ।

    शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र १०२ ०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो ठोक्किएका थिए । त्यसपछि गम्भीर घाइते भएका दुबै जनालाई बीएण्डसी अस्पताल विर्तामोडमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा ९३ महिला र १३९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ व्यक्ति संक्रमित भएका छन्।

  • नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज

    नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२२ कोरोना संक्रमित थपिएका छन् । यो

    संगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ७८ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ६६६ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ पुगेको छ ।

  • ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, ओलीले संसदको हत्या गरे’- माधवकुमार नेपाल

    ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, ओलीले संसदको हत्या गरे’- माधवकुमार नेपाल

    काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन् ।

    जनता समाजवादी पार्टीले बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् ।

    यस्तै प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत बताएका छन् ।

    नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । ‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने। प्रधानमन्त्री ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि उनले आग्रह गरेका थिए।

    ‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो।

    उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’ उनले ओलीको अधिनायकवादी प्रवृत्तिप्रति संघर्ष जारी रहेको पनि बताएका छन्।

  • पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा

    पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा

    काठमाडौं । संसारमा कोरोना विरुद्धको खोप लगाउने बेलायत पहिलो मुलुक हो । तर, कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण तिब्र बन्दै दैनिक ५० हजार माथि संक्रमण पुष्टी भएको छ । यससँगै प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन् । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न यस्तो कदम चाल्न बाध्य भएको उनले सोमबार गरेको टेलिभिजन अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन् ।

    यसबाट स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनी लकडाउन गर्नु परेको हो । बेलायतमा अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप समेत लगाउन सुरू भएको छ । तर, नयाँ भाइरस उत्पन्न भएपछि चिकित्सक तथा वैज्ञानिकहरु समेत हैरानीमा देखिएका छन् ।

    बेलायतका अस्पतालमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब रहेको प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन् । देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएको र नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन अझै मिहेनत गर्नुपर्ने देखिएको उनको भनाई छ ।

    लकडाउन मंगलबारदेखि शुरु भएको छ । यो कम्तिमा फेब्रुअरी १५ सम्म लागु हुने भएको छ । लकडाउन भएका बेला मेडिकल र अत्यावश्यक कामबाहेक घरबाहिर जान निषेध गरिएको छ । सोमबार बेलायतमा ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । एकै दिन ४ सय ७ जनाको मृत्यु भएको छ ।

  • कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८८५ पुग्यो

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८८५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

    सोमबार दिउँसो श्री एयरलाइनसको विमानमार्फत काठमाडौंबाट भद्रपुर जान लागेका झापा मेचीनगर नगरपालिका–२ का वृजहाङ राईको साथबाट ५० राउण्ड गोली बरामद भएको हो ।

    २० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए।

    विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो।

  • देशभरको मौसम बद्ली: केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात

    देशभरको मौसम बद्ली: केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात

    काठमाडौं । देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात भएको मौसमविद्ले बताएका छन् ।

    दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रतिर हिमपात तथा वर्षा सुरु भइसकेको छ भने काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। ‘यो क्रम बुधबारसम्म जारी रहने देखिन्छ ।

    पुस २० गते (सोमबार)

    दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    पुस २१ गते (मंगलबार)

    दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

    पुस २२ गते (बुधबार)

    दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

    निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

    काठमाडौं । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो ।

    यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् ।

    उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताए ।

    उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् ।

    नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा त्यस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन ।

    उनको अनुसार यसअघि गत फागुनमा नवीकरण रोकिएका फर्मलाई असारमसान्तसम्मको समय दिइएको थियो । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो ।

    पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ ।

    छ वर्षपछि प्रत्येक दुई(दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यता व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् ।

  • नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज

    नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय ३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ रहेको छ ।

  • ‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’

    ‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् ।

    बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् ।

    उनले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेकोे बताँउदै वैशाखमा तोकिएकै समयमै चुनाव गर्ने बताए । उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे ।

    सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए ।

    उनले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दावी गरे । ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे ।

  • कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो।

    कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।

    केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् । निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए।

    निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा। शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए । निरञ्जनका दुई जना छोरा छन्। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

  • कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त

    कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हाे।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० देशमा कोरोना भाइरसबाट ३ सय १५ जना नेपालीकाे मृत्यु भइसकेकाे छ।

    संघको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।

    स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब र कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

    हाल बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रजातिकाे (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ।

    भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रजातिकाे भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

  • प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै

    प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले आज लिखित जवाफ पेस गर्दैछ।

    यही पुस १० गतेको इजलासले यही पुस १९ गते भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। सोहि आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने गर्न लागेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासले इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको अन्तिम म्याद आइतबार सकिँदैछ ।

    सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध परेका यी मुद्दाहरूको निरन्तर सुनुवाइ यही पुस २२ गतेदेखि हुने छ।

    इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिससहितको निर्णय, अविश्वासको प्रस्तावका लागि पेस भएका कागजात, कुन प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने कागजातसँगै एमिकस क्यूरी मगाउन अदालतले आदेश दिएको थियो।

    सोही अनुसार प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार एसोसिएसनले तीन जना र सर्वोच्च बार एसोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई मनोनयन गरिसकेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते बिहान ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए। सिफारिस गरेको केही घण्टामै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

  • संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड

    संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस ७ गतेदेखि केन्द्रीय समितिमा जुटेको हो।

    सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन तताउन नमिल्ने बताउँदै आएका छन्। यता देउवाइतर पक्षले भने अदालतलाई दबाव दिन भने पनि सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।

    बैठक दिउँसो एक बजे केन्द्रिय कार्यलय सानेपामा बस्ने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए। बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको उनले जानकारी दिए।

    प्रतिनिधिसभा विघटनपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ।

    यसैबीच काँग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। यसैगरी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनायो। यसक्रममा देउवा पक्षधरले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु चुनावी तयारी भएको बताएका छन्।

    यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलगायतले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन्।

    आजको बैठकमा पनि यसबारेमा जोड दिइने पौडेल पक्षको तयारी छ।

  • भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?

    भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?

    काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेका नटबोल्टको संज्ञा दिएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् । ।

    ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ रु दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि बढेको बताए ।’

    उहाँहरु पार्टी फुट्यो भनेर कराईरहनुभएको छ हामी सक्कली हौं भनेर । यो बरमझीयाको बुढो पेडा पसल हो असली र नक्कली रु पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर हामी सक्क्ली हौं’, उनले भने, ‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? हामीले बनाएको पार्टी हामी निवेदन हाल्ल्न जानुपर्दैन । भेट्नु कुइएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने रु आउनूस् एकता गर्न । प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं ।’

    प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् ।

    ‘पार्टीले यस्ता कार्यक्रम गर्न पाएको थियो रु पार्टीमा झमेला मात्रै । पार्टीले देशका निम्ति महत्वपूर्ण काम गर्नुपथ्र्यो । तर, कार्यकर्तालाई अलमलमा राखियो । कार्यकर्तालाई काम गर्न दिइएन ।

    हाम्रा तेज कार्यकर्ताहरु, बलिदानी पूर्ण तरिकाले आएका कार्यकर्ताहरु हलन चल भएर शिथिल भएर बस्नुपर्यो ।उहाँहरुको एजेण्डा संविधान संशोधन, संविधान संशोधन, देशको नक्सा छाप्दा उहाँहरुलाई कत्रो छटपटी छ’, उनले भने ।

    प्रधानमन्त्री ओलीले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।

  • कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

    कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८७० पुगेको छ ।

  • नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

    नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७१ रहेको छ ।

  • प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

    प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

    शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।

    संघर्ष समितिले घोषणा गरेको आन्दोलन पुस २० देखि माघ २३ गतेसम्मको लागि तय भएको छ ।

    पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ ।

    यस्तै २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाइनेछ ।

    यस्तै पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।

    यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाण्डु उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ । यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ ।

    पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । आन्दोलनका माघ २३ गतेसम्म जारी छ । २३ गते काठमाण्डुमा विरोध प्रर्दशन र सभा गर्ने बताइएको छ ।

  • ‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

    ‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् ।

    शुक्रबार अपरान्ह सुरू भएको राष्ट्रिय सभा बैठकमा बोल्दै शर्माले कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन नभएको दाबी गरे ।

    पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ। मुटु फुटेको अनुभव गरेको छु उनले भने । ’

    उनले उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतमले पार्टी एकताका लागि जोड्न रसायन छ भने प्रयोग गर्न आग्रह गरेका छन्।

  • कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो

    कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।

  • नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

    नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५३ हजार १ सय ७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

  • फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

    फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

    संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् ।

    कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताए ।

    डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ ।

    फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो । विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।

  • माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

    माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

    काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुुँदैछ ।

    निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।

    मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्थानुुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुुरोध गरेको छ ।

    झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्ध उजूरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुुरोध गरेको छ । आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

  • ‘हामी यहाँ छौँ’ भनेर टाँस्नै पर्दैन, वैधानिक नै हामी हौं-‘ प्रधानमन्त्री ओली

    ‘हामी यहाँ छौँ’ भनेर टाँस्नै पर्दैन, वैधानिक नै हामी हौं-‘ प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपामा वैधानिकताको प्रश्न नै नरहेको बताएका छन् ।

    शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेकोले वैधानिकताको प्रश्न नै नरहेको बताएका हुन् ।

    उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौं ।

    हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ? ’

    साथै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले पार्टी कार्यालय कब्जा गर्ने तथा पार्टीको खाताबाट पैसा गायव पारेको समेत बताएका छन् । कार्यकर्ताले दुख गरेर जम्मा गरेको पैसा पार्टीको खाताबाट गायव पारेको भन्दै प्रधानमन्त्रीले भने, ‘कार्यालय कसको पछि थाहा हुन्छ । कार्यकर्ता किन भिडाउनु ?’ उनले प्रचण्ड-माधव समूह देशभर कार्यकर्तालाई पार्टीको सम्पत्तिको नाममा भिडाउन तल्लिन रहेको बताए ।

    पार्टी विवादको टुंगो नलाग्दै रकम निकासा नगर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बैंकलाई खाता रोक्का गर्न पत्र लेखेका थिए ।

    त्यसैगरी प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०ः५५ मा दर्ता गरेको बनाई कीर्ते गरेको पनि आरोप लगाए ।