राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै… Continue reading राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ । अब कालापानी नजिकैको… Continue reading लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ । यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ । साथै सडक संचालनमा… Continue reading सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ । परराष्‍ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् । उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना… Continue reading सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स

न्युयोर्क       विश्व – जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडा अनुसार विश्वभरी ४० लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन्  भने २ लाख ७९ हजारको मृत्‍यु भै सकेको छ ।   अमेरिका – अमेरिकामा १३ लाख भन्दा धेरै मानिस संक्रमित र ७८ हजार मानिसको मृत्‍यु भएको छ । अमेरिकामा सि डि सि डाइरेक्टर… Continue reading विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स

सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण विरुद्ध एक्सनमै जानुपर्ने धारणा राखेका छन् । त्यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । दार्चुलामा भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा बहस व्यापक भएको छ । यसै सन्दर्भमा आइतबार संघीय… Continue reading सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड

आइतबार दुई जना कोरोना संक्रमित निको भए

विराटनगर । आइतबार दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै नेपालमा अब कोरोनालाई जित्ने बिरामीको संख्या ३२ पुगेको छ । आइतबार झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएको कोशी अस्पतालले जनाएको छ । दुबै जना विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । अब भोजपुर… Continue reading आइतबार दुई जना कोरोना संक्रमित निको भए

भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । पश्चिम नेपालमा भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । संसद सचिवालका अनुसार नेकपा सांसद रामकुमारी… Continue reading भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले संचार माध्यमहरुलाई बताएका छन् । घटना शनिवारको हो ।  उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा तत्कालको लागि विवाद समाधान… Continue reading भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

१२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’

न्यूयोर्क कोरोना कहरका कारण करोडौँ अमेरिकीले रोजगारी गुमाएपछि तीन डेमोक्रेटिक सिनेटरले आकर्षक राहत प्याकेज प्रस्ताव गरेका छन् । क्यालिफोर्निया सिनेटर कमला ह्यारिस, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स र मासाचुसेट्स सिनेटर एड मर्केले प्रत्येक अमेरिकी करदातालाई अवस्था सामान्य नहुन्जेल मासिक दुई हजार डलरको चेक पठाउन प्रस्ताव गरेका हुन् । यस अघि डेमोक्रेटिक सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभहरुकै… Continue reading १२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’

व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

न्युयोर्क अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो ।  गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए)… Continue reading व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

file

प्रभात भट्टराई/अमेरिका संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू  (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए… Continue reading कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

न्युयोर्क प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए ।  पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको साथमा शान्ति पाठ गरेका थिए । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा यो महामारीबाट प्रभावित… Continue reading विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएको छ । यसले भारत र चीनसँग सडक मार्गले जोडिएको छ । शुक्रबार भारत सरकारले यो सार्वजनिक गरेको थियो । यस विषयमा नेपाल भित्र भारतको व्यापक विरोध शुरु भएको छ । विरोधका बीच सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार प्रेस… Continue reading लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

काठमाडौं । ११ चैतयता लकडाउनका कारण घरमै बसेका सरकारी कर्मचारी अब आइतबार बाट नियमित कार्यालय जानु पर्ने भएको छ । सरकारले निजी क्षेत्रतर्फ धेरैजसो क्षेत्र सन्चालनको निर्णय गरेपछि सरकारी कर्मचारीलाई पनि कार्यालय बोलाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुनेछन् । कार्यालय सूचारु भएपनि कर्मचारीको उपस्थिति… Continue reading आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

मे ८, २०२०, न्युयोर्क संसारभर व्याप्त कोभिड- १९ संकटको समयमा राज्यले नागरिकको आवश्यक संरक्षण नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले सशक्त प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ्को नामबाट जारी विज्ञप्तीको पूर्णपाठ; आदरणीय जनसमुदायमा हार्दिक अभिवादन  नेपाल बहुभाषीक, बहुजातीय, बहुसास्कृतिक, विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएको मुलुक हो ।… Continue reading नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

न्युयोर्क कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’  नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो ।  विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार… Continue reading कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

न्युयोर्क       अमेरिकी बिमान कम्पनी “जेट ब्लु” ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क ‘राउण्ड ट्रिप’ टिकट दिने भएको छ । कम्पनीले ‘जेट ब्लु हेल्थ केयर हिरो’ कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाईन्सले कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने १ लाख जना… Continue reading अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको आंकडा हरेक दिन उकालो लागिरहेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार त्यहा १ हजार ८ सय ८६ जना व्यक्तिको कोरोनाका कारण ज्यान गएको हो । यस मुलुकमा कोभिड–१९ बाट संक्रमितको संख्या भने ५६ हजार ३४२ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमणबाट… Continue reading भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

मस्को । कोरोना भाइरसको चपेटामा आइरहेको रुसमा रहेक दिन १० हजार माथिको संक्रमण पुष्टी भइरहेको छ । यो क्रम पछिल्लो ६ दिन देखि जारी रहेको छ । रसियामा पछिल्लो २४ घण्टामा मात्र १० हजार बढी कोरोना भाइरसका संक्रमित पुष्टी भएका छन् । शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार २४ घण्टा भित्र १० हजार ६ सय ९९… Continue reading रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

काठमाडौं । बजेट अधिवेशन शुरु भएको छ । कोरोना भाइरसको त्रासका बीच पूर्ण सृुरक्षा सचेतना अपनाएर शुक्रबारबाट संसदको अधिवेशन प्रारम्भ भएको हो । बजेट अधिवेशनको पहिलो दिन नेताहरुले आफ्नो धारणा राखे । त्यसक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताए । उनले जीर्ण शरीरलाई आराम दिन समेत प्रधानमन्त्री समक्ष अपिल गरे… Continue reading शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

काठमाडौं । बिहीवार कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी दुई युवा एक साता अगाडी मात्र खुला सीमानाको फाइदा उठाउँदै लुकिछिपी नेपाल छिरेको पाइएको छ । १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि मात्र कपिलवस्तु आएका थिए । उनीहरु भारतबाट आएको थाहा पाएलगत्तै स्थानीयले क्वारेन्टाइनमा लगेका थिए ।… Continue reading कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ । शुक्रबार राष्ट्रिय र प्रतिनिधिसभा, दुबै सदनको अधिवेशन बस्दैछ । त्यसअगाडी बिहीबार सबै सांसदको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसको नतिजा भोली सम्म आइपुग्नेछ । कोरोना भाइरसको महामारीकोबीच सुरु हुन लागेको बजेट अधिवेशनको संसद सचिवालयले भने सांसदका लागि आचारसंहिता बनाएको छ । यो आचारसंहिता अनिवार्य… Continue reading बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

न्युयोर्क       राष्ट्रपति डोनाल्ड  ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन्… Continue reading सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

काठमाडौं । रोल्पा र पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएको प्रहरीको भनाई छ । रोल्पामा लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको ज्यान गएको हो । बिहान करिब साढे ८ बजे विकको घर नजिकैको रुखमा चट्याङ पर्दा उनीहरुलाई… Continue reading रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

बारा । नेपाल र भारतीय सिमाना बन्द छ । यसकारण सिमा नाकाबाट एक अर्काको मुलुकमा छिर्न प्रतिवन्ध लागेको छ । तर, बाराको सुवर्ण गाउँपालिकामा भारतीयको ठूलो संख्या नेपाल छिर्न खोजेपछि बिहीबार तनाव उत्पन्न भएको छ । शुरुमा दुई जना भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो संख्यामा भारतीय चेकपोष्टमा आक्रमण गर्न थालेको… Continue reading भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक एक दुई दिनमै बस्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जानकारी दिएका छन् । बिहीबार कोरोना परीक्षणका सिलसिलामा संसद भवनमा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यसक्रममा उनले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका हुन् । यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो… Continue reading प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

न्युयोर्क       अमेरिकामा महामारी सुरु भए यता दशलाख भन्दा धेरै मानिस कोरोना पोजेटिभ भै सकेका छन् । तर विश्वकै शक्तिशाली सैन्य शक्ती अमेरिकी सेनाले भने कोरोना पोजेटिभ देखिएका र कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकालाई अमेरिकी सेनामा  प्रबेश नदिने प्रस्ताव अगाडि ल्याएको छ । यु एस मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा जारी नयाँ निर्देशिकाका अनुसार… Continue reading कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

आज सांसदहरुको कोरोना परीक्षण गरिदै

काठमाडौं । आज राष्ट्रिय तथा प्रतिनिधिसभा सांसदहरुको  कोरोना परीक्षण गरिने भएको छ । शुक्रबारबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालन अगाडी आज सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने भएको हो । कोरोनाको पिसिआर विधिबाट सांसद र कर्मचारीको परिक्षण हुने भएको छ । आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन… Continue reading आज सांसदहरुको कोरोना परीक्षण गरिदै

न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

न्युयोर्क न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ?… Continue reading न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित