एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई… Continue reading एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी… Continue reading ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको… Continue reading भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे । अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि… Continue reading साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने… Continue reading पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति

काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो… Continue reading सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने भए… Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको… Continue reading इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक… Continue reading कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।… Continue reading नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए… Continue reading लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को दोस्रो त्रैमास (साउन–पुस) मा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९–८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो । यस त्रैमासमा अर्थतन्त्र वृद्धि हुनुमा धान लगायत अन्नबाली र… Continue reading दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केहीदिन देखि काठमाडौंमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन्। धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनलेप्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको… Continue reading काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

जर्मनीमा गाँजाले पायो वैधानिकता

file

काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए ।… Continue reading जर्मनीमा गाँजाले पायो वैधानिकता

नेपाल र बरोडाबीच आज खेल

काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।… Continue reading नेपाल र बरोडाबीच आज खेल

आइपीएल : मुम्बईको लगातार तेस्रो हार

काठमाढौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो । जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो… Continue reading आइपीएल : मुम्बईको लगातार तेस्रो हार

बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । विपक्षमा ३७ जना सांसदले मत दिए । १५ जना सांसद तटस्थ बसे । एक सय १० सदस्यीय… Continue reading बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् । चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक… Continue reading अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

file

काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख… Continue reading पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीले उत्कृष्ट खेल प्रदर्शन गरेको खेलमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले हारेको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाउन सक्यो । चेन्नाईका धोनी १६ बलमा… Continue reading आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार… Continue reading बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदै छन् । उनी आज बिहान साढे १० बजे काठमाडौं पुग्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष… Continue reading चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

२७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण

File

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो । स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र… Continue reading २७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण

नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४ रुपैयाँले बढेको निगमले जनाएको छ । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत… Continue reading पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत

तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’

काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार… Continue reading तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’

गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट… Continue reading गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप… Continue reading कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु