Category: समाचार

  • आयात केन्द्रित नेपालको व्यापार : ८८ प्रतिशत आयात-१२ प्रतिशत निर्यात

    आयात केन्द्रित नेपालको व्यापार : ८८ प्रतिशत आयात-१२ प्रतिशत निर्यात

    सञ्जय पौडेल
    काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापार आयातमा केन्द्रित छ । समग्र अन्तर्राष्ट्रिय व्यापारमा ८८ प्रतिशत आयात र १२ प्रतिशत मात्रै निर्यात हुन्छ । तर, निर्यात पनि आयातमा केन्द्रित सामानको हिस्सा निकै ठूलो छ । चालु आर्थिक वर्षमा निर्यात भएको १ खर्ब २७ अर्बको सामानमा ५० प्रतिशतभन्दा बढी निर्यात आयातमा केन्द्रित हो । अहिलेको निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलको छ । यस्तो तेल नेपाली उत्पादन होइन । तेस्रो मुलुकबाट आयात गरिन्छ र सामान्य प्रशोधनपछि भारत पठाइन्छ ।


    १ खर्ब २७ अर्बको निर्यात हुनेमा ३९ अर्ब अर्थात् ३० प्रतिशत हिस्सा भटमास र सूर्यमुखी तेलको मात्रै छ । खाने तेल आयातमा पनि उच्च आयात हुने वस्तुमा पर्छन् । यो वर्ष भटमास र सूर्यमुखीको कच्चा तेल ५५ अर्ब रूपैयाँ बराबरको आयात भएको छ । भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेन लगायतका देशबाट किनिएको छ । रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ ।

    सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेन लगायतका देशबाट किनिन्छ । रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ । विगतका वर्षहरूमा यसैगरी पाम तेलको पनि आयात निर्यात हुने गरेको थियो । यो वर्ष भने पामको निर्यात खस्किएको छ । भटमास र सूर्यमुखी तेलको केही मात्रा नेपालमा उत्पादन भए पनि पाम भने नेपालमा उत्पादन नै हुँदैन ।


    आयात गरिएको वस्तुलाई ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरी भन्सार संकेत (एचएस कोर्ड) अर्को हुने गरी निर्यात गर्न सकिने व्यवस्था गरिएको छ । व्यापारीहरुले यही नियमको पालना गरेर यस्ता सामानको आयात निर्यात गर्ने गरेको बताएका छन् । नेपालमा २५ वटा खाने तेल उद्योगहरु सञ्चालन छन् । यी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर भारतमा निर्यात गर्ने गरेका छन् ।
    नेपालकै कच्चा पदार्थमा आधारिक वस्तुहरु भने निकै कम मात्रामा विदेशी बजारमा पुग्छन् ।

    नेपालले गर्ने समग्र व्यापारमा छिमेकी देशहरु भारत र चीन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा अर्जेन्टिना छ भने चौथो स्थानमा अमेरिका रहेको छ । नेपाल वस्तुको बिक्री गर्नका लागि भने भारतपछिको दोस्रो बजार अमेरिका देखिएको छ । चालु आर्थिक वर्षको सात महिनाको निर्यातमा ९८ अर्ब रूपैयाँ बराबरको निर्यात भारतमा भएको छ । त्यसपछिको ठूलो निर्यात भने अमेरिकामा छ । अमेरिकामा १० अर्ब २ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।

    अमेरिका दोस्रो बजार
    ‘एक खर्ब २७ अर्बको निर्यातमा १० खर्ब रूपैयाँ सामान्य नै मानिए पनि नेपाली वस्तुका लागि भने अमेरिकी बजार निकै महत्वपूर्ण छ । नेपाली वस्तुका लागि मात्रै हेर्ने हो भने भारत, अमेरिका उस्ता–उस्तै नै रहन्छन्,’ व्यापारविज्ञ पुरूषोत्तम ओझाले भने– ‘लामो समयदेखि नेपाली सामानको दोस्रो बजार अमेरिका नै छ ।’ चालु वर्षको समग्र निर्यातमा अमेरिकाको हिस्सा करिब ८ प्रतिशतको छ । गत आर्थिक वर्षमा पनि अमेरिका निर्यात व्यापारमा दोस्रो स्थानमा थियो भने समग्र निर्यात व्यापारको हिस्सा ११ प्रतिशतको रहेको थियो । गत आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रूपैयाँको निर्यात भएकोमा अमेरिकामा मात्रै १७ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ ।


    विभिन्न सामानहरुमा दिएको फ्री भन्सार सुविधाका कारण पनि नेपाली वस्तु अमेरिका पु¥याउन सहज भएको छ । गत आर्थिक वर्षमा ६ अर्ब ३८ करोड रूपैयाँ बराबरको जनावरको रौं र ऊनबाट बनेका कपडाको निर्यात भएको छ । नेपाली वस्तुको यो सामानमा अमेरिकामा भन्सार फ्री छ । तर, अमेरिकाबाट यस्तो सामान आयात गर्दा भने ३० प्रतिशत भन्सार रहेको छ । त्यस्तै २ अर्ब ७६ करोड रूपैयाँ बराबरको प्याक गरिएको कुकुर बिरालोको खाना अमेरिका निर्यात गरिएको छ । यो सामानमा पनि अमेरिकामा फ्री भन्सार छ । तर, नेपाल आयात गर्दा भने १० प्रतिशत भन्सार महसुल छ ।


    अमेरिका निर्यात भएका यस्ता धेरै सामानहरुमा भन्सार छुटको सुविधा छ । तर, हालसालै अमेरिकी राष्ट्रपतिले रेसिप्रोकल भन्सार नीति लागू गर्ने जनाउ दिएका छन् । यो भनेको व्यापार गर्ने देशले अमेरिकाबाट सामान पठाउँदा जति भन्सार लिन्छ, सोही आधारमा भन्सार लिने भनेको हो । यस्तो अवस्थामा भने अमेरिकी बजार गुम्न सक्ने सम्भावना हुन्छन् ।

    कस्ता वस्तुको आयात हुन्छ नेपालमा
    चालु वर्षको सात महिनाको अविधमा ९ खर्ब ८८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात व्यापारमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहेको छ । यो अवधिमा नेपालले ६६ अर्ब ४८ करोड रुपैयाँको डिजेल मात्र आयात गरेको छ । त्यस्तै, पेट्रोल ३७ अर्ब ६४ करोड र एलपी ग्यास ३५ अर्ब ४७ करोड रुपैयाँको आयात गरेको छ ।

    सोही अवधिमा भटमासको कच्चा तेल ३८ अर्ब २९ करोड रुपैयाँको आयात गरेको छ । यसैगरी, शुद्ध फलाम २९ अर्ब ९५ करोड, तयारी कपडा २५ अर्ब २४ करोड, एचआर सिट २४ अर्ब २४ करोड, मोबाइल टेलिफोन २० अर्ब २० करोड, एलोपेथिक औषधी १८ अर्ब १६ करोड र सूर्यमुखीको कच्चा तेल १७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ ।

    कुन वस्तुको कति निर्यात
    चालु वर्षको सात महिनाको अवधिमा १ खर्ब २७ अर्ब रूपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । सबैभन्दा धेरै योगदान भने वनस्पति तेलको रहेको छ । प्रशोधन गरिएको भटमासको तेल ३२ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै, निर्यात गरिएका अन्य वस्तुहरुमा क्रमशः सेन्थेटिक यार्न ८ अर्ब १० करोड, सूर्यमुखी तेल (प्रशोधित) ६ अर्ब ५७ करोड, ऊनी गलैंचा कार्पेट ६ अर्ब ४६ करोड, अलैंची ५ अर्ब ३९ करोड, प्लाइउड ५ अर्ब ५ करोड, तयारी कपडा ४ अर्ब ९३ करोड, फलामे पाता ४ अर्ब ८९ करोड, फलफूलको जुस ३ अर्ब ९६ करोड र चिया ३ अर्ब ४० करोड रुपैयाँको रहेका छन् ।

    विद्युतीय गाडीको आयात उच्च
    नेपालमा विद्युतीय गाडीको बढ्दो प्रयोगले हालैका वर्षहरुमा ठूलो मात्रामा गति लिएको छ । यसले नेपालको यातायात क्षेत्रमा एक महत्वपूर्ण परिवर्तन ल्याएको छ र पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी आएको छ । तथापि, यो प्रवृत्ति अझै प्रारम्भिक अवस्थामा छ र यसको प्रभाव पूर्णरुपमा देख्न अझै समय लाग्न सक्छ । यहाँ नेपालमा विद्युतीय गाडीको प्रयोगको अवस्था, यसको प्रभाव, र भविष्यका सम्भावनाहरुसम्बन्धी गहन अध्ययन, अनुसन्धान भने अझै हुन सकेको छैन ।

    चिनियाँ, भारतीय र अमेरिकी कम्पनीका विद्युतीय गाडीको आयात उच्च छ । संसारभर उत्पादन भएका विद्युतीय गाडी नेपाली बजारमा पाउन सकिन्छ । संसारमै उदाहरणीयरुपमा नेपालमा पछिल्लो समय विद्युतीय गाडीको प्रयोग प्रतिशतका हिसाबले धेरै छ । नेपाल सरकारको तथ्यांकअनुसार नयाँ बिक्री हुने गाडीमध्ये झण्डै ७० प्रतिशत विद्युतीय गाडीले बजार लिएको छ । जसले गर्दा नेपालको अर्थतन्त्रमै नयाँ ढंगले सोचनीय बनाएको छ ।


    नेपालमा विद्युतीय गाडीको बढ्दो प्रयोगको अवस्था हेर्दा सबैभन्दा धेरै कार बिक्री भएको पाइएको छ । त्यसपछि मोटरसाइकल तथा स्कुटर, सामाग्री ओसार पसार गर्ने मिनी ट्रकहरु, हाइस मोडेलका गाडी र ठूला ठूला बसहरु आयात भएको पाइएको छ । नेपालमा विद्युतीय गाडीको प्रयोग पछिल्ला ५ वर्षमा धेरै बढेको यातायात व्यवस्था विभागले जनाएको छ । यसको मुख्य कारणहरुमा सरकारको प्रोत्साहन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र वातावरणीय असुरक्षाले निम्ताएको चिन्ता समावेश छन् ।

    विद्युतीय गाडीहरुले पेट्रोल र डिजेलमा निर्भरता कम गर्ने, वायु प्रदूषण घटाउने र देशको ऊर्जा सुरक्षा बढाउने सम्भावना राख्ने भएका कारणले नेपाल सरकारले विद्युतीय गाडीको प्रयोगका लागि प्रोत्साहन गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको अहिलेसम्मको तथ्यांकलाई हेर्दा पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यान झण्डै ३ अर्ब ६० करोड रुपैयाँको आयात गरिएको छ । त्यही ७ महिनामा विद्युतीय जीप, भ्यान र कारको आयात १४ अर्ब १७ करोडको रहेको छ ।


    चालू आर्थिक वर्ष २०८१\०८२ को ८ महिनामा नेपालमा १० हजारभन्दा धेरै गाडी आयात भएको छ । विद्युतीय, पेट्रोल र डिजेलबाट सञ्चालन हुने १० हजार २४ गाडी ८ महिनामा भित्रिएको नेपाल सरकारको तथ्यांकले देखाएको छ । चीनबाट ५ हजार २ सय ८५ र भारतबाट ४ हजार २ सय गाडी नेपाल भित्रिएका छन् । कार, जीप, भ्यानलगायतका गाडी नेपालमा आयात गरिएको छ । इण्डोनेसिया, जापान, कोरिया, अमेरिका र जर्मनीका ब्राण्डका गाडी पनि भित्रिने गरेका छन् ।


    पछिल्लो ८ महिनामा भित्रिएका १० हजारभन्दा धेरै गाडीमध्ये ७ हजार ८९ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । त्यसमध्ये ५ हजार २ सय ७८ विद्युतीय गाडी चीनबाट मात्र आयात गरिएको छ । बाँकी भारतलगायतका देशबाट आयात गरिएको छ । नेपाल भित्रिने बसको भर भारतमै पर्नुपर्ने अवस्था रहेको थियो । तर, अहिले चीनबाट ११ देखि २५ सिटसम्मका गाडी आयात गरिएको छ । त्यस्ता गाडी पछिल्लो ८ महिनामा १ हजार ३ सय ८१ रहेका छन् । यी सबै गाडी चीनबाट आयात भएको तथ्यांक छ ।


    नेपालमा विद्युतीय गाडीहरुको बजार बिस्तार हुँदै गइरहेको छ । विशेषगरी काठमाडौं उपत्यकाजस्ता ठूला शहरहरुमा इलेक्ट्रिक कार, स्कूटर, र बसहरुको प्रयोग बढेको छ । विद्युतीय स्कूटर र इ–रिक्साहरुले सहरी यातायातमा ठूलो स्थान बनाएका छन् । यसका साथै, निजी क्षेत्रले पनि विद्युतीय गाडी आयात गर्ने र बिक्री गर्ने कार्यमा ठूलो भूमिका खेलिरहेको छ । नेपाल सरकारले विद्युतीय गाडी प्रवद्र्धनका लागि विभिन्न नीतिगत प्रोत्साहनहरु ल्याएको छ ।

    उदाहरणका लागि, विद्युतीय गाडीहरुमा लाग्ने करमा छुट, चार्जिङ स्टेशन स्थापनाका लागि अनुदान र आयात शुल्कमा छुट दिइएको छ । यसले गाडी आयातकर्ता र उपभोक्ताहरुलाई आकर्षित गरेको छ । विद्युतीय गाडीको प्रयोग बढ्नुसँगै चार्जिङ इन्फ्रास्ट्रक्चरको विकास पनि बढ्दै गइरहेको छ । काठमाडौं, पोखरा, बुटवल, चितवन र अन्य प्रमुख शहरहरुमा चार्जिङ स्टेशनहरु स्थापना भएका छन् । तथापि, यो अझै अपर्याप्त छ र ग्रामीण क्षेत्रहरुमा चार्जिङ सुविधा अझै पुग्न सकेको छैन । जसले गर्दा अहिले पनि ग्रामीण क्षेत्रका मानिसले विद्युतीय गाडी किन्दा सोच्नुपर्ने अवस्था विद्यमान छ ।

    पेट्रोलियम पदार्थको आयातमा कमी
    नेपालले पेट्रोलियम पदार्थ धेरै ठूलो मात्रामा आयात गर्छ । अर्बौं रुपैयाँ पेट्रोलियम पदार्थको आयातमा खर्च हुने गरेको छ । यसले देशको व्यापार घाटा बढाउनुका साथै विदेशी मुद्राको भारी माग पनि सिर्जना गर्छ । विद्युतीय गाडीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी ल्याएको छ । नेपालले प्रतिवर्ष करिब १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्छ । यो देशको कुल आयातको एक ठूलो हिस्सा हो । विद्युतीय गाडीले यस निर्भरता कम गर्ने सम्भावना राख्छ ।

    विद्युतीय गाडीको प्रयोग बढेपछि पेट्रोलियम पदार्थको खपतमा केही मात्रामा कमी आएको छ । यसले आयात खर्च घटाउन मद्दत गरेको छ । तथापि, यो कमी अझै नगण्य छ किनभने विद्युतीय गाडीको प्रयोग अझै कम छ । विद्युतीय गाडीले नेपालको ऊर्जा सुरक्षा बढाउन मद्दत गर्छ । यसले विदेशी पेट्रोलियममा निर्भरता घटाउँदै आत्मनिर्भरता बढाउने सम्भावना राख्छ ।


    विद्युतीय गाडीको बढावाका लागि र पेट्रोलियम पदार्थको आयातलाई निरूत्साहित गर्नका लागि चार्जिङ इन्फ्रास्ट्रक्चरको अभावलाई हटाउनुपर्छ । चार्जिङ स्टेशनहरुको अभावले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिन सकिएको छैन । त्यसैले विद्युतीय गाडीको प्रारम्भिक लागत पेट्रोलियम गाडीको भन्दा बढी भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्छ । विद्युतीय गाडीको प्रयोगका लागि अझै पनि जनचेतनाको अभाव पाइन्छ ।

    धेरै उपभोक्ताहरुलाई विद्युतीय गाडीको फाइदा र प्रयोग विधिसम्बन्धी जानकारी छैन । वातावरणीय फाइदा हुने र विद्युतीय गाडीले वायु प्रदूषण घटाउन मद्दत गर्ने, विद्युतीय गाडीको चलाउने लागत पेट्रोलियम गाडीभन्दा कम रहेको कुरा जानकारी तथा सरकारले विद्युतीय गाडी प्रवद्र्धनका लागि नीतिगत व्यवस्थाहरु खुकुलो बनाउँदा नेपालको आयात, निर्यातको बजारलाई नै फरक ढंगले लैजान सकिन्छ ।


    नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै गइरहेको छ र यसले पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी ल्याएको छ । तथापि, यो प्रवृत्ति अझै प्रारम्भिक अवस्थामा छ । चार्जिङ इन्फ्रास्ट्रक्चरको विकास, जनचेतना बढाउने र सरकारी नीतिहरु प्रभावकारी बनाउने गरी विद्युतीय गाडीको प्रयोगलाई अझ बढाउन सकिन्छ । यसले नेपालको ऊर्जा सुरक्षा बढाउनुका साथै वातावरणीय प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

  • संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

    संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद बैठकले भोलिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेको प्रतिनिधिसभा बैठक बस्ने जनाएका छन् । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।

  • औपचारिक विभाजनको संघारमा एनआरएनए-सरकारका दुई रुप, एनआरएनएका दुई गुट

    औपचारिक विभाजनको संघारमा एनआरएनए-सरकारका दुई रुप, एनआरएनएका दुई गुट

    योगेश आदी
    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा बसोबास गर्ने नेपालीहरुलाई संगठित गरी नेपालको विकास र विदेशमा बस्ने नेपालीको हितमा योगदान पु¥याउने उद्देश्यले स्थापना भएको संस्था हो । पछिल्लो समय यस संस्थामा उत्पन्न भएका आन्तरिक विवाद, नेतृत्वगत द्वन्द्व र कानूनी जटिलताले संस्थालाई गम्भीर संकटमा पारेको छ । यसले गर्दा एनआरएनएको एकताको महाधिवेशन आयोजना गर्ने प्रक्रिया अझै पनि अनिश्चितता र विवादको सिकार बनेको छ ।

    सन् २००३ मा स्थापना भएको यो संस्थाको मुख्य उद्देश्य विदेशमा बसोबास गर्ने नेपालीहरुलाई संगठित गर्नु, नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥याउनु, विदेशमा रहेका नेपालीहरुको हकअधिकार र सुविधाका लागि काम गर्नु, नेपालमा लगानी बढाउन प्रोत्साहन गर्नु र विदेशमा रहेका नेपालीहरुको एकता र सहकार्य बढाउनु रहेको छ ।

    गैरआवासीय नेपाली संघले आफ्नो उद्देश्यअनुसार काम गर्दै जाँदा यसको सांगठनिक जीवनका विभिन्न प्रकारका समस्या आएका छन् । नेपालमा विभिन्न मानवीय कार्यमा यसले ठूलो योगदान गरेको थियो । भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा एनआरएनएले उदाहरणीय काम गरेको छ । शिक्षा, स्वास्थ्यलगायत सामाजिक–आर्थिक क्षेत्रमा विभिन्न परियोजनामा लगानी गैरआवासीय नेपालीहरुको रहेको छ । अहिले पनि व्यक्तिगत तथा सामूहिक हिसाबले विभिन्न क्षेत्रमा एनआरएनएको लगानी रहेको छ । नेपालको अर्थतन्त्रका लागि गैरआवासीय नेपालीको योगदान महत्वपूर्ण मानिन्छ । नेपाली कला, संस्कृति र परम्परालाई विदेशमा प्रचारप्रसार गरी नेपालको पर्यटन उद्योगमा पनि गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान छ ।


    निरन्तर उल्लेखित उद्देश्यमा क्रियाशील भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय भने औपचारिकरुपमा विभाजनको संघारमा छ । संघको १०औं र ११औं महाधिवेशनमा उत्पन्न आन्तरिक विवाद, नेतृत्वबीचको मनमुटावपछि उत्पन्न विवादले संस्था विभिन्न समूहमा विभाजन जस्तै बनेको छ । यसले गर्दा संस्थाको एकता र प्रभावकारितामा प्रश्न उठेको छ ।

    त्यसका लागि सबैभन्दा पहिले एनआरएनएमा एकता कायम गर्नुपर्छ । त्यसको पहिलो बिन्दु भनेको सबै पक्षले आफ्नो हठ र दाबी छाड्नुपर्छ । महाधिवेशनका क्रममा हुने निर्वाचनको पारदर्शिता र आर्थिक अधिकारको प्रयोगमा जवाफदेहिता हुन सकेमा भने फेरि पनि एनआरएनएलाई पुरानै अवस्थामा फर्काउन र महत्व स्थापित गर्न सजिलो हुन्छ ।

    विवादको सुरुवात
    एनआरएनएमा विवादको सुरुवात २०७८ सालमा भएको १०औं महाधिवेशनबाट भएको हो । यस महाधिवेशनमा नेतृत्वमा रहेको व्यक्तिहरुबीच द्वन्द्व र मतदान प्रक्रियामा अनियमितताका आरोप उठेका थिए । त्यसबेला कुमार पन्त र विनोद कुँवर दुई फरक समूहका नेतृत्वमा महाधिवेशन आयोजना गरिएको थियो । सर्वोच्च अदालतले २०८० चैत २१ गते १०औं महाधिवेशनलाई अवैधानिक घोषणा गरेको थियो । २०७८ सालदेखि एनआरएनएमा सुरु भएको विवाद अझैसम्म समाधान हुन सकेको छैन ।

    कुमार पन्तको नेतृत्वमा एनआरएनए हुँदा सोही कार्यसमितिले गराउने निर्वाचनका सम्बन्धमा लामो विवाद भएको थियो । सदस्यतासम्बन्धी विवाद समाधानका लागि त्यतिबेला लामो प्रयास भए पनि प्रयास सफल भएन र अन्ततः दुईतिर एकताको महाधिवेशन भएर एनआरएनए विभाजनमा पुग्यो । पूर्वअध्यक्ष शेष घलेको संरक्षणमा होटल याक एण्ड यतिमा महाधिवेशन गरेर विनोद कुँवर अध्यक्ष चुनिए भने अर्कोतर्फ बहुसंख्यकहरु होटल हिमालयमा अर्को महाधिवेशन गरेर सहमतिको नाममा कुल आचार्य, बद्री केसी र रविना थापा गरेर तीन जना अध्यक्ष भए ।

    प्रतिनिधि छनोट प्रक्रियामा विवाद भएपछि तीन अध्यक्ष बनाउनेगरी मध्यमार्गी बाटो खोजिएको थियो । आधिकारिकताको विवाद बल्झिएर अदालतसम्म पुग्यो । सर्वोच्च अदालतले एकताको महाधिवेशन गर्न भनेर परमादेश त जारी गरेको थियो, तर समस्या अझै समाधान हुन सकेको छैन ।

    पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा अदालतले १३ सदस्यीय उच्चस्तरीय समिति नै बनाइदिएको छ भने सोही समितिबाट एकता महाधिवेशनको प्रयास अघि बढ्दै गर्दा संघको बालुवाटारस्थित सचिवालयबाटै काम गर्दै आएका डा. बद्री केसीले सर्वोच्चको पछिल्लो आदेशलाई आधार मान्दै घलेलाई अस्वीकार गर्दै आइरहेका छन् ।


    डा. केसी र उनका पक्षमा लाग्नेहरुले सर्वोच्चको पछिल्लो आदेशले आफूलाई मान्यता दिएकाले घले नेतृत्वको उच्चस्तरीय समितिलाई मान्न नसकिने जिकिर गर्दै आइरहेका छन् । आफूले काम गर्न पाउनुपर्ने माग बोकेर सर्वोच्च गएका केसीलाई अदालतले काम गर्ने बाटो खुला गरिदिएको थियो । अदालतले बाटो खुला गरेपछि आफू नै आधिकारिक भएको जिकिर उनले गर्दै आएका छन् ।

    तर, सर्वोच्चको फैसला आउनुअघि नै ११औं महाधिवेशन भएको थियो र केसीले एकपक्षीय रुपमा आफूलाई अध्यक्ष घोषणा गरेका थिए । जबकि धाँधली भएको भनेर त्यतिबेलाका दुई उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले नतिजा अस्वीकार गरेका थिए । सोही नतिजाको विषयमा सरकारले छानबिन गरेर त्रूटिपूर्ण मात्रै भनेको छैन, यो विषय सर्वोच्चमा पनि विचाराधीन छ । शर्मा र श्रेष्ठ मिलेर शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बनाएर गतिविधि हुँदै आएको छ ।

    सरकार पनि पस्यो विवादमा
    एनआरएनएको विवादमा सरकार र सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाइ पनि पसेको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले घले नेतृत्वको उच्चस्तरीय समितिलाई मे महिनामा महाधिवेशन गर्न निर्देशन दिएको छ । तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने डा. बद्री केसी समूहलाई पक्षपोषण गर्दै आइरहेका छन् ।

    परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले भने घले नेतृत्वको समितिबाटै निकास निकाल्नुपर्ने भन्दै केसी पक्षका कार्यक्रममा अनुपस्थित जनाउँदै आएकी छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफू अनुकूलका व्यक्तिहरुलाई नेतृत्वमा स्थापित गर्ने कसरतका कारण एनआरएनए समस्यामा परेको एक पूर्वअध्यक्षले विश्वसन्देशलाई जानकारी दिए ।


    सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले भने पटक–पटक सर्वोच्चको आदेश कार्यान्वयनका लागि पत्राचार गरेको छ । निर्देशनालयले घले नेतृत्वको उच्चस्तरीय समितिलाई कार्यालय उपलब्ध गराउन, निर्वाचन गर्नका लागि सहज वातावरण बनाउन र अन्य कामकाज नगर्न डा. केसी नेतृत्वको एनआरएनएलाई निर्देशन गरेको छ ।

    डा. केसीले भने सर्वोच्च अदालतमा विवादका विषयहरु विचाराधीन अवस्थामा रहेकाले उक्त निर्देशनलाई कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् । उनले पछिल्लो समय थाइल्याण्ड र कम्बोडियामा विभिन्न भेलाहरु सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गरे भने परराष्ट्रमन्त्रीले निम्ता नै अस्वीकार गरेको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्रीकै आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भने कार्यक्रममा उपस्थित भएका थिए ।


    उच्चस्तरीय समितिले मे महिनामा महाधिवेशनको मिति घोषणा गरिसकेको छ भने त्यसका लागि आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको छ । तर, केसीले पनि आफूलाई आधिकारिक भनेर अक्टोबरमा नियमित महाधिवेशन गर्ने तयारी गरेका छन् । यही विवादबीच एनआरएनएका पूर्वअध्यक्षहरुले एनआरएनएको एकताका लागि पहल थालेका छन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, भवन भट्टलगायतले मध्यमार्गी बाटोबाटै भए पनि एकताका लागि प्रयास गरिरहेका छन् ।

    दुवै पक्षको अडानका कारण फेरि पनि एनआरएनएको एकता प्रक्रियामा गम्भीर संकटमा पर्ने भन्दै उनीहरुले सर्वोच्च अदालतका दुवै आदेशका आधारमा एकता खोजिनुपर्नेमा जोड दिंदै आएका छन् । डा. केसीले सर्वोच्च अदालतको अघिल्लो फैसलालाई पछिल्लो फैसलाले विस्थापित गरिसकेकाले आफूहरुले अक्टोबरमा महाधिवेशन गर्ने र त्यो नै वैधानिक हुने बताएका छन् ।


    सर्वोच्च अदालतबाट दुईवटा फैसला आएसँगै एनआरएनएका राष्ट्रिय समन्वय परिषद् एनसिसीहरु भने अन्यौलमा परेका छन् । सर्वोच्चको पहिलो फैसलाको कार्यान्वयन भन्दै घले नेतृत्वबाट मे महिनामा एकताको महाधिवशेनको मिति घोषणा भएको छ । अर्कोतर्फ डा. केसी नेतृत्वको समितिले अक्टोबर महिनामा नियमित महाधिवेशन गर्ने तयारी गरेको छ । दुवै पक्षबाट एनसीसीहरुलाई पत्राचार गरिएको छ । एनसीसीहरुले कसको कुरा सुन्ने भन्दै अन्यौल परेको बताएका छन् । दुवै पक्ष मिलेर एकताको महाधिवेशन गर्नका लागि वातावरण बनाउनुपर्ने भन्दै आफूहरुले परराष्ट्र मन्त्रालयले पत्राचार गरेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले बताए ।

    गैरआवासीय नेपालीमा निराशा
    संसारका अधिकांश देशमा क्रियाशील विदेशमा बस्ने नेपालीको साझा संस्थामा देखिएको विवादले गैरआवासीय नेपालीहरु भने निराश बनेका छन् । केसी र घले दुवै पक्षले गरेका विभिन्न अन्तरक्रियामा पनि दुवै पक्ष मिलेर निकास दिनुपर्ने सुझाव उनीहरुले दिएका छन् । एनआरएनए एनसीसीहरुले पनि त्यहीअनुसार सुझाव दिएको डा. केसी नेतृत्वको वर्तमान कार्यसमितिका महासचिव गौरीराज जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । एनआरएनएको औपचारिक विभाजनका लागि दुवै पक्षले सर्वोच्च अदालतको आदेशलाई हतियार बनाएका छन् ।

    एनआरएनए माल्टाका अध्यक्ष खनाल भन्छन्, ‘हामी कुनै पनि पक्षका होइनौं । हामीले एनआरएनएको पूर्ण एकताको पक्षमा विभिन्न दबाबमूलक काम गरेका छौं । दुवै पक्षलाई एकताका लागि लचिलो भएर गौरवपूर्ण संस्था बनाउन सुझाव दिएका छौं । यस्तो अवस्थामा कुनै एउटा फैसलालाई आधार मान्ने भन्दा पनि एनआरएनएलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । तर, उक्त निर्णय कार्यान्वयन हुनुपर्छ ।’


    एनआरएनएका ८७ देशमा एनसीसीहरु क्रियाशील छन् । विदेशमा रहेका झण्डै ८० लाख नेपालीको साझा संस्थाका रुपमा रहेको एनआरएनएमा देखिएको विवादले सबैलाई निराश पारेको छ । यस्तो अवस्थामा कुनै एउटा फैसलालाई कार्यान्वयन गर्न नसकिने गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले बताए ।

    उनले विश्वसन्देशसँग भने, ‘पूर्वअध्यक्ष घले नेतृत्वको समितिले गरेको निर्वाचनको मिति घोषणा अवैधानिक छ । पहिलो आदेशलाई सर्वोच्चको अर्को आदेशले खारेज नै गरिसकेको अवस्थामा मे महिनामा महाधिवशेन हुन सक्दैन । एनआरएनएको आफ्नो विधान छ, त्यसैअनुसार अगाडि बढ्छ । आउँदो अक्टोबरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्छ । एकपक्षीयरुपमा एनआरएनएमा हुने राजनीतिक हस्तक्षेप हाम्रा लागि मान्य हुनै सक्दैन ।’ सापकोटाले गैरआवासीय नेपाली संघलाई एकपक्षीय र पूर्वाग्रही ढंगले अगाडि बढाउन नहुनेमा जोड दिएका छन् ।


    परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनएको विवाद समाधान गर्नका लागि घलेसहित उच्चस्तरीय समितिका सदस्यहरुसँग छलफल गरेकी छन् । समितिमा घलेसहित संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, कुमार पन्त, त्यस्तै रामप्रताप थापा, विनोद कुँवर, उमेशकुमार पुडासैनी, जानकी गुरुङ, कुल आचार्य, बद्री केसी र रविना थापा रहेका छन् । घले नेतृत्वको उच्चस्तरीय समितिमार्फत एकताको महाधिवेशन गर्न सर्वोच्चले आदेश दिएपछि परराष्ट्र मन्त्रालयले डा. केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न रोक लगाएर पत्राचार गरेको थियो । उक्त पत्रपछि केसी सर्वोच्च गएपछि सर्वोच्च अदालतले सरकारको पत्रलाई कार्यान्वयन नगर्न र केसीलाई काम गर्ने बाटो खुला गरेको थियो । यही विषयमा समितिमा छलफल भए पनि सबैको एउटै धारणा आएन ।


    सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्ने भएकाले अब मे १९ भित्र नै चुनाव हुनुपर्ने तर्क घलेले छलफलमा व्यक्त गरेका थिए । महाधिवेशन नगरेमा अदालतको मानहानि हुने दाबी उनको रहेको छ । मे महिनामा एकताको महाधिवेशन गर्नका लागि भन्दै घलेले निर्वाचन समिति पनि गठन गरिसकेका छन् । उनले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे संयोजक रहेको समितिमा आशिष उप्रेती, डम्बर घले र परराष्ट्र मन्त्रालयका एक प्रतिनिधि रहेको समिति गठन गरेका हुन् । डा. केसीले भने उच्चस्तरीय समितिमा पनि सहमति नभएकाले उक्त निर्णय पनि कार्यान्वयन नहुने प्रष्ट पारेका छन् ।


    एनआरएनएको उच्चस्तरीय समितिमा सदस्य रहेका संस्थापक अध्यक्ष महतो, पूर्वअध्यक्ष लामिछाने, भट्ट, पन्त र संस्थापक सदस्य थापाले घलेका गतिविधिमा असहमति जनाएका छन् । उनीहरुले दुवै फैसलालाई आधार मानेर एकता खोज्नुपर्ने तर्क गरेका छन् । उनीहरुले घलेलाई आउँदो अक्टोबर महिनामा एकताको महाधिवेशन गर्न सुझाव दिएका छन् । उनीहरुले एनसीसीको निर्वाचन जुलाईमा मात्रै सम्पन्न हुने भएकाले त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् । संस्थापक अध्यक्ष महतोले सबैले आ–आफ्नो हठ त्यागेर मात्रै एनआरएनएको एकता हुने बताएका छन् । पूर्वअध्यक्ष पन्तले उच्चस्तरीय समितिमा पहिलो एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।

    छायामा एजेण्डा
    गैरआवासीय नेपाली संघको स्थापनाको समयमा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ नारा गैरआवासीय नेपालीका लागि प्रिय बनेको थियो । दुई दशक पार गरेको उक्त संस्थाको भविष्य नै अन्योलमा परेको वर्तमान अवस्थामा गैरआवासीय नेपालीका लागि अर्थात् हितका लागि गर्नुपर्ने धेरै कामहरु हुन सकेका छैनन् । नेतृत्वमा देखिएको विवादका कारण यस्ता नाराहरु हराएका मात्र छ्रैनन्, नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारको पनि समुचित प्रयोगमा समस्या आउन थालेको छ ।

    नेपालको संविधान, २०७२ ले व्यवस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन हुने प्रत्याभूत भए पनि गैरआवासीय नेपालीले प्राप्त गर्ने अधिकारका विषयमा सरकारले संकुचन गर्न खोजेको छ । पुरानै नागरिकताकोे निरन्तरताका लागि लड्नुपर्ने एनआरएनएका नेताहरु आफ्नो पदका लागि मात्रै लडिरहेका छन् ।


    गैरआवासीय नेपालीलाई सजिलो र सहज हुने व्यवस्थाका लागि पहल गर्न एनआरएनए नेतृत्व चुकेको छ । राजपत्रमा प्रकाशित गरिएको पछिल्लो नागरिकतासम्बन्धी अध्यादेशप्रति एनआरएनएले औपचारिकरुपमा असन्तुष्टि जनाएको छ । अध्यादेशमा विदेशको नागरिकता लिएका गैरआवासीय नेपालीले नेपाल भ्रमण गर्दा दुई वर्षको मल्टिपल भिसा र नेपाल बसोबास गर्नेको हकमा १० वर्षसम्मको आवासीय सुविधा दिने व्यवस्था गरिएको छ । यसले संविधानले प्रत्याभूत गरेको राजनीतिक अधिकारबाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ । यो नेपालको संविधानको प्रतिकूल रहेको छ । तर, एनआरएनएका नेताहरुले यसको कानूनी उपचारमा जानेसम्मको पहल गरेका छैनन् ।


    विधेयकको मस्यौदामा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपाल प्रवेश गर्दा वैदेशिक मुलुकबाट जारी गरिएको राहदानीसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो । तर, सरकारले ल्याएको पछिल्लो अध्यादेशको व्यवस्थाले ठीक विपरीतको अवस्था ल्याएको छ । सरकारको यो कदमले गैरआवासीय नेपालीप्रति राज्यको हेपाहा नजर झल्किएको छ । राज्यले गैरआवासीय नेपालीका लागि संविधानले प्रत्याभूत गरेको अधिकार खोस्ने काम गरेको छ ।

    सरकारले दुई वर्षको मल्टिपल भिसा र दश वर्षको आवासीय सुविधा लिनेगरी अध्यादेश ल्यायो । यसले अधिकार संकुचित गरेको छ । गैरआवासीय नेपाली संघले सामान्य विज्ञप्ति जारी गरे पनि ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
    विज्ञप्तिमा गैरआवासीय नेपालीहरुप्रति राज्यको अनुदार रबैयाको प्रतीक भन्दै सरकारको आलोचना गरिएको छ । संविधानले दिएको अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्न र गैरआवासीय नेपालीका मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।

    यो विषयमा नेपालको संसद्मा समेत कुरा उठेको छ । प्रमुख प्रतिपक्ष दलका नेतादेखि सत्तारुढ दलले समेत सरकारले ल्याएको अध्यादेश सच्चाउनुपर्ने कुरा उठाएका छन् । गैरआवासीय नेपालीहरुले पनि राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेको सबै अधिकारको समुचित प्रयोगको वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले भिसा व्यवस्था हटाउने र नेपालसँगको भावनात्मक सम्बन्धलाई कायम राख्न गम्भीर बन्नका लागि सरकारलाई आग्रह गरेका छन् ।


    सरकारले ल्याएको अध्यादेशको भिसासम्बन्धी व्यवस्थालाई संशोधनका लागि पहल गर्न एनआरएनए नेतृत्व लाग्नुपर्ने देखिएको छ । गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्ने र नेपालसँग जोड्नेगरी सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।

    गैरआवासीय नेपालीको अधिकार र उनीहरुले नेपालको विकासका लागि गर्न सक्ने योगदानलाई ध्यानमा राख्दै सबै राजनीतिक दलले संवेदनशील भएर यो विषयको सम्बोधनमा चासो दिनुपर्छ । अध्यादेशमा राखिएका विवादित कुराहरुको संशोधान गरेर गैरआवासीय नेपालीका मागलाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन । आफू र आफूपक्षीय नेतृत्व स्थापित गर्न लागिपरेका एनआरएनएका सबै पक्ष पनि यो विषयमा एक ठाउँमा उभिन आवश्यक छ ।

  • पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् ।

    उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे । यो जहाज आज पोखरामै बसेर भोलि ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ । पोखरामा यसअघि चार्टर र नियमित चार्टर उडान भइरहेका थिए । नियमित उडान सुरु हुन सकेको थिएन । यो खडेरी तोकिएको छ ।

  • सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

    सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

    काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

    इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाइ हुन भने आचार्य मामाका छोरा हुन् ।

    उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् । गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको ढकालले जानकारी दिइन् ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो । आयल निगमनका अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँले घटेको छ ।

    यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ । सरकारले भारतबाट आउने मूल्यका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

  • सन्चोमा आगजनीको असर, पुनः उत्पादनको मिति अन्यौल

    सन्चोमा आगजनीको असर, पुनः उत्पादनको मिति अन्यौल

    काठमाडौं । काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो । कम्पनीका महाप्रबन्धक सङ्गीता यादवका अनुसार कार्यालयको भवन, चार गाडी, १४ मोटरसाइकलमा क्षति पुगेको छ । साथै ठुलो परिणाममा औषधीसमेत नष्ट भएको छ । कम्पनीको मुख्य भवन नै पूर्ण रूपमा क्षति हुनका साथै कम्पनीमा रहेको औषधी जलेर नष्ट भएको छ । कति क्षति भयो विवरण सङ्कलनकै क्रममा रहेको उनको भनाई छ ।

    तोडफोडका कारण कम्पनीको उत्पादन बन्द गरिएको छ । कहिलेदेखि सञ्चालन हुने भन्ने पनि अन्योलमै रहेको उनको भनाई छ । कम्पनीका अनुसार आन्दोलनकारीले कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठालगायतमा प्रवेश गरी ढुङ्गामुढाले तोडफोड गरी आगजनी गरेका थिए । आगजनीका कारण कार्यालय हाताभित्र रहेका सानादेखि ठुला रुख बिरुवासमेत जलेर नष्ट भएका छन् ।

    प्लान्टसहित, कच्चा पदार्थ, प्याकेजिङ गर्ने बोतल, बट्टा र प्याकेटसमेत जलेका कारण तत्कालै उत्पादन गर्न सम्भव नभएको कम्पनीले जनाएको छ । कम्पनीले पछिल्लो समयमा विविधीकरण गर्दै १० र पाँच एमएलको सन्चोबाहेक सन्चो बाम, सन्चो शिलाजित, सन्चो जटा हेयर आयल, सन्चो पेन रिलिफ आयल, सन्चो ह्यान्ड स्यानिटाइजर, पाल्मारोसा आयललगायत उत्पादन गर्दै आएको थियो ।

    यस्तै लेमनग्रास आयल, टिमुर आयल, इयुकाल्पटस आयल, मेन्था आयल, तेजपात आयल, च्मोमाइल आयल, सिट्रोनेला आयल, फ्रेन्च वेसिल आयल, जटामसी आयल र सन्चो मह उत्पादन गर्दै आएको थियो । अहिले सन्चो शुद्ध टिमुर बजारमा ल्याउने तयारी भइरहेको थियो । कम्पनीबाट उत्पादन हुँदै आएको सन्चो अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ । स्थानीय जडीबुटी प्रयोग गरेर कम्पनीले विभिन्न प्रकारका सामान उत्पादन गर्दै आएको छ । कम्पनी पछिल्लो समयमा पाँच करोड रुपियाँको लगानीमा अटोमेसन प्रणालीमा गएसँगै मल्टिपल प्याकेजिङ प्रणालीलाई अङ्गीकार गरी शाखा र बजार विस्तारमा लागेको थियो ।

  • गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलन सुरू

    गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलन सुरू

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। युरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं युरोप क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताए।

    ‘नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न कोणबाट विषय प्रवेश भएका छन्। यही संस्थाले अस्ति थाइल्याण्ड र कम्बोडियामा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी हुनुभएको थियो,’ उनले भने, ‘म, नेपाल सरकारकै प्रतिनिधित्व गरेर कार्यक्रममा आएको छु, यति भएपछि यो स्पष्ट छ कि सरकारको बुझाइमा कुनै दुविधा छैन।’

    उनले आफ्नो अस्तित्वको लडाइँको रूपमा नलिएर गैरआवासीय नेपाली संघको आन्तरिक विषयलाई आफैबीच छलफल गरेर समाधान गर्न सुझाव दिए।
    उनले गैरआवासीय नेपालीहरूले नेपालको समृद्धिको लागि खेलेको भूमिकाको प्रशंसा गरे। गैरआवासीय नेपालीहरूले मातृभूमिको लागि केही गर्न खोजेर केही मागहरू राखेकोप्रति सरकार सकारात्मक रहेको उनको भनाइ थियो।

    देशमा प्रतिकूल अवस्थामा पनि गैरआवासीय नेपालीहरूले लगानी गरेको स्मरण गर्दै मुलुक लगानीमैत्री बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले नेपालमा थप लगानीको आवश्यकता रहेको बताउँदै व्यक्तिगत लगानी मात्र नभई सामूहिक तथा संस्थागत लगानी भित्र्याउन अनुरोध गरे।

    गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघको विषयमा भएको सर्वोच्च अदालतको दोस्रो फैसलाले संस्थाका महाधिवेशनहरू स्वायत्त र स्वतन्त्र हुने भन्ने व्याख्या गरेको हुँदा वर्तमान कार्यसमितिको वैधानिकता आगामी अक्टोबर महिनासम्म कायम रहेको बताए।
    उनले गैरआवासीय नेपाली संघको अभियानले विदेशमा बस्ने नेपालीहरूको लागि एनआरएन नागरिकता, सामाजिक सुरक्षाकोष लगायत महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए।

    ‘सामाजिक सुरक्षा कोषमा हाल आबद्ध भएका १६ लाखमध्ये १२ लाख विदेशमा बस्ने श्रमिकहरू छन्। उनीहरूले जम्मा गरेको रकम अहिले १ खर्ब रुपैयाँ पुगेको छ। यो कोषले नेपालको लगानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ केसी भने। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेमराज शर्माले संस्था ठूलो भएपछि विभिन्न पेशा र विचारधाराका मानिसहरू जम्मा हुँदा विवाद देखिनु स्वाभाविक भएको बताए।

    कार्यक्रममा संघका उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघले संस्थाभित्र एकता कायम गर्न एनसिसी माल्टाबाट सिक्नुपर्ने बताए। गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राईले गत महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न अप्ठ्यारो हुँदा पनि भूकम्प तथा प्राकृतिक प्रकोपको बेला सहयोग लगायतका थुप्रै काम भएको दाबी गरिन्। उनले गैरआवासीय नेपाली संघका पदाधिकारीहरू संघका अभियानकर्ता मात्र भएको भन्दै संस्थाभित्र एकताको लागि आह्वान गरिन ।

  • इस्लाम धर्मावलम्बीले द–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

    इस्लाम धर्मावलम्बीले द–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद(उल(फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।

    यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्। इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

  • प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

    प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ ।

    प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेलगायत कार्यसूची छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

  • त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव आज

    त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव आज

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।
    यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो ।

    लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो । यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    इल्क्ट्रोनिक मतदान हुने त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजेसम्म हुनेछ । यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।

  • भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

    भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

    काठमाडौं । प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार गत शुक्रबार दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजाका समर्थक समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेपश्चात् लुटपाटमा सङ्लग्न भइ फरार व्यक्तिलाई खोजतलास गरि काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

    भाटभटेनी सुपरमार्केटबाट ब्ल्याक लेबल मदिरा एक थान, ज्याक ड्यानिल मदिरा एक थानसहित स्थायी घर धनुषा भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने आशिष सिंह पक्राउ परेका छन्। स्थायी घर सर्लाही भइ हाल काठमाडौं कोटेश्वर बस्ने प्रेमकुमार महतो वियरको खाली बोतल चार थानसहित पक्राउ परेका छन्। स्थायी घर भारतको बिहार राज्य पटना हाजिपुर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने रवि रञ्जनकुमार यार्सागुम्बा ब्राण्डको मदिरा एक थानसहित पक्राउ परेका छन्। स्थायी घर नुवाकोट भइ हाल कोटेश्वर बस्ने सुशीला कुमाल हाफ् पाइन्ट ११ थान र ट्राउजर एक थानसहित पक्राउ परेका छन्।

    स्थायी घर धरान भइ हाल काठमाडौँ कोटेश्वर बस्ने एलिसा राई एक थान ट्रे, एक थान क्यारेटसहित, स्थायी घर कोटेश्वरका बालकुमारी कार्की एक थान क्यारेटसहित, स्थायी घर सिन्धुपाल्चोक भइ हाल कोटेश्वर बस्ने निर्मला कार्की फलफूलसहित पक्राउ परेका छन्। स्थायी घर सिन्धुली भइ हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सुस्मिता बराल लिपस्टिक ६९ थान, ऐना एक थान, गाजल २१ थान र अन्य सामान १२ थानसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

  • शुक्रबार राजावादीले हत्यारा सभा गरे : प्रचण्ड

    शुक्रबार राजावादीले हत्यारा सभा गरे : प्रचण्ड

    माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीको ‘हाइट’ र राजावादीको ‘निचता’जनताले प्रस्ट रूपमा देखेको बताएका छन् । सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले चैत १५ गते समाजवादी मोर्चाको सभ्य र कथित राजावादीको आततायी हत्यारासभा भएको जिकिर गरे । ती सभा हिरो र भिलेनको जस्तो भएको उनको टिप्पणी थियो । ‘समाजवादी मोर्चाको सभा नभएको भए त्यस दिन अझ ठूलो बितण्डा राजावादी मण्डलेहरूले गर्न सक्ने भनेर काठमाडौंका जनताले हामीलाई धन्यवाद दिए,’ उनले भने ।

    ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै अध्यक्ष दाहालले अब उनलाई छाडा नछाड्ने चेतावनी दिए ।आफूहरु अभियानमा रहँदा नै प्रतिगमनकारीले मुन्टो उठाउन खोजेकाले विशाल प्रदर्शन गरेर दरो झापड दिएको अध्यक्ष दाहालले सुनाए । वर्तमान सरकार भ्रष्टाचारीको रक्षाका लागि बनेकाले जनतामा निराशा छाएको पनि उनले बताए ।

  • हिंसा भड्काउने उद्देश्यसहित राजावादी सडकमा आएको प्रधानमन्त्रीको आरोप

    हिंसा भड्काउने उद्देश्यसहित राजावादी सडकमा आएको प्रधानमन्त्रीको आरोप

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन् । एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताए । ‘उनीहरुको नियत नै गलत छ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

    तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कारवाही हुने प्रधानमन्त्री ओलीले बताए । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिदैछ । लोकतन्त्र र संविधानलाई उल्लघन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’

  • तीनकुने घटनामा मारिएका पत्रकारबारे भ्रमपूर्ण सामग्री राखे कारवाही गर्ने प्रहरीको चेतावनी

    तीनकुने घटनामा मारिएका पत्रकारबारे भ्रमपूर्ण सामग्री राखे कारवाही गर्ने प्रहरीको चेतावनी

    काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्‍यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रहरीले बताएको छ । तीनकुनेमा भएको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम नभइसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेसन गराउने व्‍यक्तिरसंस्थालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘ ‘१५ चैतमा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ,’ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्‍न सामाजिक सञ्‍जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेसन गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्‍यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने व्‍यहोरा समेत अनुरोध गरिन्छ।’

  • पूर्वराजाले महानगरको जरिवाना सम्बन्धी पत्र बुझ्न नमानेपछि…

    पूर्वराजाले महानगरको जरिवाना सम्बन्धी पत्र बुझ्न नमानेपछि…

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेसँगै महानगरको टोली फिर्ता भएको छ । शुक्रबार तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको छ । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको हो । अब पत्र हुलाकमार्फत पठाउने तयारी महानगरले गरेको हो ।

  • रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    काठमाडौं । तीनकुने हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो । रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै सञ्चारमाध्यले लेखेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

  • सिंहदरबारमा सर्वदलीय बैठक, प्रचण्ड र माधव नेपालले दोस्रो तहका नेता पठाए

    सिंहदरबारमा सर्वदलीय बैठक, प्रचण्ड र माधव नेपालले दोस्रो तहका नेता पठाए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल भने सहभागी छैनन् । उनीहरुले दोस्रो तहका नेता पठाएका छन् । राजावादीहरुले हिंसात्मक आन्दोलन गरेसँगै गणतन्त्रवादीको बैठक बस्न लागेको हो । बैठकमा राप्रपालाई बोलाइएको छैन ।

  • म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु

    म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु

    बैंकक । म्यानमार भूकम्पमा परी अहिलेसम्म १६ सय ४४ जनाको ज्यान गएको छ । घाइतेका संख्या ३४ सय ८ पुगेको सैनिक अधिकारीहरुले बताएका छन् । भूकम्पको केन्द्रविन्दु शहर मांडलेमा मात्र ६९४ जनाको शव भेटिएको छ । राजधानी शहरमा भने ९४ जनाको ज्यान गएको छ । म्यानमारमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसको झट्का थाइल्याण्डसम्म भएको थियो । थाइल्याण्डमा ६ जनाको ज्यान गएको पाइएको छ । १ सय जना वेपत्ता छन् । थाइल्याण्डमा ३० तले निर्माणाधिन भवन भत्किएको थियो । अहिले म्यानमारमा विश्वभरबाट सहयोग पु¥याउने क्रम जारी छ ।

  • ढोरपाटनमा शिकार याम सुरु, कहाँबाट आउँछन् पर्यटक ?

    ढोरपाटनमा शिकार याम सुरु, कहाँबाट आउँछन् पर्यटक ?

    काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्।

    फागुन २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख)का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन्। अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उनले बताए । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ।

    यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए। उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन्। त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए। रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन्। उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए।

    नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन्। यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन्। ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन्। यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिए।

    उनका अनुसार एउटा झारलको आठ लाख, नाउराको ६ लाख २५ हजार ५ सय तोकिएको छ। यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए। दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उनले बताए। सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ। ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ। पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ। (रासस)

  • ज्ञानेन्द्रको सुरक्षामा खटिएको सुरक्षा बलको सेट नै फेरियो

    ज्ञानेन्द्रको सुरक्षामा खटिएको सुरक्षा बलको सेट नै फेरियो

    काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीको सेट नै परिवर्तन गरेको छ। पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको छ । त्यहाँ सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली थियो। उक्त टोलीलाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको गृह स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए।

    शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान समेत गयो। पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनको कमान्डर भएका थिए। उनकै नेतृत्वमा आन्दोलन भएको थियो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहे पनि उनी फरार छन्।

  • म्यानमार भूकम्पमा ज्यान गुमाउने संख्या १ हजार माथि, नेपाली भाषी कति ?

    म्यानमार भूकम्पमा ज्यान गुमाउने संख्या १ हजार माथि, नेपाली भाषी कति ?

    काठमाडौं । म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बताएका छन्। सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा १७ जना नेपालीभाषी पनि रहेको त्यहाँस्थित एकजना नेपालीभाषी साहित्यकारले बीबीसीलाई बताएका छन् । ‘म्यान्डलेमा एक दाहाल परिवारका सातजनाको दुःखद मृत्यु भएको हामीले खबर पाएका छौँ, बीबीसी न्यूज नेपालीसँग याङ्गुनबाट लक्ष्मण न्यौपानेले भनेका छन् । त्यसबाहेक अरू १० जनाको भूकम्पमा परी ज्यान गएको उनले बताए।

    भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंसको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन्। त्यस क्षेत्रमा मात्रै सात सय जनाको हाराहारीमा मृत्यु भएको बताइएको छ। हताहत हुनेहरूले अस्पतालहरू खचाखच भरिएका छन्। सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन्। तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ।

  • रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

    रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।

    मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।

    बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ निर्णय सार्वजनिक गर्दै लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे । ‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भनेका छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,’ उनले भने ।

  • कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

    कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे ।

    ‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो । त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने ।

    एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ । ‘यसको सम्पूर्ण पूर्वराजा, जसको आयोजनामा यो समिति गठन भयो र यसले यो आयोजना गर्‍यो,’ उनीहरू जसरी प्रस्तुत हुन्छौं भनेका थिए त्यसको विपरित अराजकतामा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्य देखियो । त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ ।’

  • पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

    पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो ९शुक्रबार० तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

    सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । जरिवानाको पत्र आइतबार निर्मल निवास पठाउने तयारी रहेको बताइएको छ । बालेनले यसअघि एमाले र राप्रपाको प्रदर्शना पनि जरिवाना तिराएका थिए ।

    यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
    १. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    २. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ७. महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
    ८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
    ९. तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

  • राजावादी आन्दोलनपछि ५१ जना पक्राउ

    राजावादी आन्दोलनपछि ५१ जना पक्राउ

    काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म प्रहरीले ५१ जनालाई पक्राउ गरिसकेको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले राप्रपाका उच्च तहका नेता रविँन्द्र मिश्र, धवल शमसेर राणासहितका व्यक्तिलाई पक्राउ गरेको छ । आन्दोलनका मूख्य नाइके दुर्गा प्रसाई भने फरार छन् । उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेसँगै आन्दोलनको कमाण्डर बनाइएको थियो । सोहीकारण घटनामा पूर्वराजालाई समेत जिम्मेवार बनाइएको छ ।

  • आज काठमाडौंमा घोडेजात्रा

    आज काठमाडौंमा घोडेजात्रा

    काठमाडौं । चैत्र कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

  • म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४

    म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४

    काठमाडौं । म्यानमारमा महाभूकम्प गएको छ । भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना–साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।

    भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किंदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ । भूकम्पका कारण ऐतिहास संरचनामा क्षति पुगेको छ । माण्डले दरबार, पुरानो घण्टाघर र ९० वर्ष पुरानो अवा ब्रिज पनि भत्किएको छ । भूकम्पले अन्य सडक, पुल, घरहरुमा भत्किएका छन् । त्यहाँ मानिसहरुको उद्धार, राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय रेडक्रसले चिन्ता व्यक्त गरेको छ ।

  • काठमाडौंको कर्फ्यु हटाइयो

    काठमाडौंको कर्फ्यु हटाइयो

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

    रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार) बिहान ७ बजेसम्मका लागि थपिएको थियो । शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए । शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

  • मध्यराती बसेको मन्त्रिपरिषद् बैठकले के गर्यो निर्णय ?

    मध्यराती बसेको मन्त्रिपरिषद् बैठकले के गर्यो निर्णय ?

    काठमाडौं । मन्त्रिपरिषदको शुक्रबार राति बसेको आकस्मिक बैठकले आज भएको हिंसात्मक घटनाको छानबिन गर्ने निर्णय गरेको छ। राजावादीहरूबाट शुक्रबार आयोजित क्रममा भएको हिंसात्मक घटना, लुटपाट, तोडफोड र आगजानीका घटनाको निन्दा गर्दै त्यससम्बन्धी सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

    यो घटनामा संलग्नहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यस्तै, शुक्रबारको घटनामा घाइते भएकाहरूको निस्शुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ। काठमाडौंको तीनकुनेमा शुक्रबार आयोजित राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद बैठक बसेको हो।